‘शिक्षा’द्वारा ‘कृषि उद्यमशीलता १.०’ पाठ्यक्रम संचालन हुँदै

४ वटा मोड्युलमा डिजाइन गरिएको यो कोर्स ५ घण्टामा पूरा गर्न सकिन्छ जसमा कानूनी विचार, नेटवर्किङ र प्रमाणीकरणको अन्तिम घण्टा रहेको छ । साथै यो कोर्स अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपशीर्षक सहित उपलब्ध छ ।

शिक्षा — शैक्षिक स्रोतहरू उपलब्ध गराउन समर्पित एक अनलाइन प्लेटफर्म — ले ‘कृषि उद्यमशीलता १.०’ पाठ्यक्रम सुरु गरेको छ । 

३५१ विद्यार्थीहरू भर्ना भइसकेको यो स्व-गतिको पाठ्यक्रम नवीन तरिका मार्फत बाली उत्पादन, पशुपालन, र कृषि-व्यवसाय प्रबन्धनमा उद्यमशील सिद्धान्तहरूको एकीकरण अन्वेषण गर्ने इच्छुक व्यक्तिहरूका लागि तयार गरिएको हो । पाठ्यक्रमले कर्णाली प्रदेशमा हरित बजार, जलवायुमैत्री कृषि खाद्य प्रणाली र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

पाठ्यक्रमले निम्न सिकाइ उद्देश्यहरू समेटेको छ :

  • नेपालको उद्यमशीलताको वर्तमान अवस्था ।
  • नेपालको कृषि क्षेत्र र यसको वर्तमान स्थितिको अन्वेषण ।
  • परम्परागत र आधुनिक प्राविधिक ज्ञान र यसको वर्तमान अनुप्रयोगको संयोजनको महत्त्व ।
  • प्रविधिमा ध्यान केन्द्रित गर्दै नेपालमा कृषि उद्यमशीलताका अवसरहरूको पहिचान ।
  • कृषिमा उद्यमीहरूको दृष्टिकोणमा अन्तरदृष्टि ।

 

४ वटा मोड्युलमा डिजाइन गरिएको यो कोर्स ५ घण्टामा पूरा गर्न सकिन्छ जसमा कानूनी विचार, नेटवर्किङ र प्रमाणीकरणको अन्तिम घण्टा रहेको छ । साथै यो कोर्स अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपशीर्षक सहित उपलब्ध छ ।

यो पाठ्यक्रममा सहभागी हुनका लागि कुनै पूर्व ज्ञान वा अनुभवको आवश्यकता पर्दैन ।

यो कार्यक्रम GIZ को ग्रेप कार्यक्रम अन्तर्गत युथ इनोभेसन ल्याब र वेल्थङ्गरहिल्फद्वारा कार्यान्वयन गरिएको ‘कर्णालीमा सुदृढ स्थानीय कृषि-खाद्य प्रणालीको लागि व्यावसायिक इन्क्युबेशन’ परियोजनाको एक हिस्सा हो ।

कार्यक्रमको लागि साइन अप गर्न : https://shikshya.org/signup