प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ (१९५८)

निजि/ एकल स्वामित्व फर्म कसरि स्थापना गर्ने? दर्ता: उद्यमीहरूलाई एकल स्वामित्व/निजी फर्म दर्ता गरी व्यापार गर्ने अधिकार प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ ले दिएको छ। यस ऐन अन्तर्गत darta गर्दा ऐनले व्यापारिक नाम समेत प्रदान गर्दछ।    कसले स्थापना गर्न सक्ने? एकल स्वामित्व रहेको फर्मको व्यवासय एकल व्यक्तिको स्वामित्व र व्यवस्थापनमा रहन्छ। यस्ता फर्महरु सामान्यतया […]

Image by Freepik

निजि/ एकल स्वामित्व फर्म कसरि स्थापना गर्ने?

दर्ता: उद्यमीहरूलाई एकल स्वामित्व/निजी फर्म दर्ता गरी व्यापार गर्ने अधिकार प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ ले दिएको छ। यस ऐन अन्तर्गत darta गर्दा ऐनले व्यापारिक नाम समेत प्रदान गर्दछ। 

 

कसले स्थापना गर्न सक्ने?

एकल स्वामित्व रहेको फर्मको व्यवासय एकल व्यक्तिको स्वामित्व र व्यवस्थापनमा रहन्छ। यस्ता फर्महरु सामान्यतया व्यापारिक गतिविधिहरुमा संलग्न (खुद्रा विक्रेता, पसल, आयातकर्ताहरु साथै वकिल र लेखापाल जस्ता व्यावसायिक सेवा प्रदायकहरु) व्यक्तिहरुले सञ्चालन गर्ने गर्दछन्।

 

प्राईभेट फर्म/एकल स्वामित्वमा भएका फर्मको विशेषताहरु

कानूनी पहिचान नहुने – कुनै छुट्टै कानुनी पहिचान हुँदैन, व्यवसायीको पहिचान नै यस्तो फर्मको पहिचान हुन्छ।

दायित्व – निजी फर्मको र सो फर्मको मालिकको दायित्व असीमित हुन्छ।

 

एकल व्यवसायको फाईदाहरु

स्वायत्तता – व्यक्तिसँग व्यवसायको पूर्ण नियन्त्रण रहन्छ।

मुनाफा – व्यापारबाट आर्जिएको पूर्ण नाफा स्वयंम व्यक्तिको मात्र हुन्छ।

कम सञ्चालन (स्टार्ट अप) लागत – एकल व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक लगानी सामान्यतया न्यून हुन्छ।

गोपनीयता – सार्वजनिक रुपमा वित्तीय जानकारी खुलासा गर्न आवश्यक नहुने भएकाले एकल व्यवसायले अधिकतम गोपनीयता प्रदान गर्दछ।

सरल सञ्चालन – एकल व्यावसाय स्थापना र सञ्चालनमा न्यूनतम जटिलता साथै यो सरल र सीधा हुन्छ।

लचिलोपन – परिवर्तनशील परिस्थितिहरुको प्रतिक्रियाको रुपमा एकल व्यवसायको कानूनी संरचना परिवर्तन गर्न अपेक्षाकृत रुपमा सजिलो हुन्छ।

खारेजी – आवश्यकता अनुसार बिना कुनै अवरोध व्यवसाय बन्द वा खारेज गर्न सकिन्छ।

 

एकल व्यवसायको बेफाईदाहरु

असीमित दायित्व – एकल व्यवसायीको व्यक्तिगत र व्यापारीक सम्पत्तिबीच कुनै कानूनी भिन्नता हुँदैन जसकरण व्यवसायीले व्यापारीक ऋणको असीमित दायित्व बहन गर्नुपर्छ।

सीमित पूँजी – ठूला व्यापारिक संरचनाहरुको तुलनामा एकल व्यापारीले पूँजी जुटाउन थुप्रै चुनौतीहरुको सामना गर्नुपर्छ।

एकल निर्णय – दैनिक व्यापारिक निर्णयहरु गर्ने जिम्मा एक जना व्यक्तिको काँधमा सीमित रहन्छ।

कर्मचारी अवधारण – सीमित श्रोत र सीमित फाइदाका कारणले उच्च क्षमताका कर्मचारीहरुलाई आकर्षित गर्न र अवधारण गर्न समस्या हुन्छ।

सीमित बिदा – व्यवसायको सफलता र सञ्चालन एकल व्यवसायीको उपस्थितिमा निर्भर हुनेभएकाले  एकल व्यवसायीले व्यापारबाट बिदा लिनु चुनौतीपृर्ण हुन्छ।

व्यक्तिगत कर – एकल व्यवसायीलाई व्यक्तिको रुपमा कर लगाईन्छ, जसले गर्दा व्यक्तिगत वित्तमा प्रभाव पार्न सक्छ।

सीमित अवधि – व्यक्तिमा निर्भर रहने र उत्तराधिकार सम्बन्धी योजनाका आउन सक्ने सम्भवत चुनौतीहरुका कारण  एकल व्यापारिक व्यवासायको आयु सीमित हुनसक्छ। 

 

एकल व्यवसायको दर्ता खारेजी

उद्यमीले निम्न दुई तरिकाहरु मध्य कुनै एकद्वारा एकल स्वामित्वको फर्मको दर्ता खारेज गर्न सक्छ

क. स्वैच्छिक वा व्यक्तिगत खारेजी 

ख. नियामक प्राधिकरणद्वारा खारेजी

 

क. स्वैच्छिक खारेजी वा रद्द

अन्तर्राष्ट्रिय व्यापार सम्बन्धित एकल स्वामित्वको फर्म वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग (DOCSCP) मा दर्ता खारेज  गरिन्छ। सोका लागि निम्न बमोजिमको प्रकृया पुरा गर्नुपर्छ।

 

चरण प्रकृया

टिप्पणि

आफ्नो user ID हालेर DOCSCP मा log in गर्नुहोस्।

उद्यमीले DOCSCP मा login ID बनाउनु पर्छ वा पहिले नै बनाईसकेको भएमा login गर्दा सो login ID को प्रयोग गर्नु पर्छ।

Login गरीसकेपछि “Cancellation” मा थिच्नुहोस्। 

Cancellation थिचिसकेपछि, तपाईले आफ्नो र आफ्नो एकल व्यवसायको केही कागजातहरु उपलब्ध गराउनु पर्ने हुन्छ।

त्यसपछि त्यो detail save गर्नुहोस्।

यसपछि, तपाईँको अनुरोध forward गरिनेछ। त्यसपछि प्रकृया बढाउन उद्यमी स्वयमं DOCSCP मा उपस्थित हुनुपर्नेछ।

लगत्तै DOCSCPले एकल स्वामित्व भएको व्यवसायको कुनै शुल्क, जरिवाना वा दस्तुर बाँकी छ छैन जाँच गर्छ।  

 

देहाय बमोजिमका कागजात फर्म दर्ता खारेज गर्न चाहने उद्यमीले पेश गर्नुपर्नेछ।

 

क्रम सं

कागजात

एकल व्यावसाय दर्ताको सक्कल प्रमाणपत्र

सक्कल नागरिकता सहित उद्यमीको भौतिक उपस्थिति

PAN/VAT को प्रमाणपत्रको प्रतिलिपि

अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

लेखा परिक्षण प्रतिवेदन (५० लाख भन्दा बढी पुँजी भएमा)

उद्यमीको मृत्यू भएमा अंसीयारको स्वीकृतिको कागज

नाताकायम र मृत्युदर्ता प्रमाणपत्र (उद्यमीको मृत्यु भएको अवस्थामा)

 

ख. नियामक प्राधिकरणद्वारा खारेजी

  • वाणिज्य व्यवसायसम्बन्धी प्राइभेट फर्मले तोकिएको अवधिभित्र नवीकरण नगराएमा,
  • एउटै व्यक्तिको नाममा एउटै उद्देश्य भएको एकल स्वामित्व द्ता भइसकेको पाइएमा,
  • सम्बन्धित विभागले माग गरेको विवरण सम्बन्धित प्राइभेट फर्मले तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा,
  • उद्योगसम्बन्धी प्राइभेट फर्मले कार्य सञ्चालन गरी सम्बन्धीत विभागलाई जानकारी दिई वा नदिई उद्योग बन्द गरेमा,
  • उद्योगसम्बन्धी प्राइभेट फर्मले नवीकरण गर्ने म्याद समाप्त भएको मितिले तोकिएको अवधिभित्र नवीकरण नगराएमा वा, 
  • नविकरण गराएपनि इजाजतको शर्त बमोजिम उद्योग स्थापना र सञ्चालन गर्नको लागि कारखाना निर्माण, मेशिनरी औजार वा उपकरणका खरीद वा उद्योग सञ्चालनको लागि आवश्यक कार्य गरेको लिखित प्रगति विवरण सम्बन्धित विभागमा नदिएमा,
  • प्राइभेट फर्मले यो प्राईभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी अन्य कुनै कार्य गरेमा।

 

माथि उल्लिखित आधार अनुसार फर्मको दर्ता खारेज गर्नु अघि, सम्बन्धित विभागले प्राइभेट फर्म खारेज गर्नु अघि सम्बन्धित प्राइभेट फर्मलाई सफाईको सबूद पेश गर्ने उचित अवसर दिनु पर्नेछ। 

यदि कुनै प्राइभेट फर्मको माथि उल्लिखित आधार बमोजिम दर्ता खारेज गरिएको छ भने, सो उद्यमीले समान उद्येश्य भएको अर्को प्राइभेट फर्म पुन: दर्ता गर्न रवक लगाइनेछ।