साझेदारी ऐन, २०२०

यो ऐनले साझेदारी फर्महरु सम्बन्धी कानूनी व्यवस्था गरेको छ। साना तथा मध्यम वर्गीय फर्महरुको सफलता र अधोन्नतिको सूचक को कससँग साझेदारी गरीन्छ त्यसमा भरपर्ने भएकाले यो ऐन महत्वपूर्ण रहेको छ।    के र कसरी साझेदारी स्थापना गरीन्छ ? कबुलियतनामा – कुनै व्यक्तिहरुले एउटै नाम राखी मुनाफा भाग लगाउने गरी सञ्चालन गरेको व्यवसायलाई ‘साझेदारी फर्म’ भनीन्छ […]

Image by snowing on Freepik

यो ऐनले साझेदारी फर्महरु सम्बन्धी कानूनी व्यवस्था गरेको छ। साना तथा मध्यम वर्गीय फर्महरुको सफलता र अधोन्नतिको सूचक को कससँग साझेदारी गरीन्छ त्यसमा भरपर्ने भएकाले यो ऐन महत्वपूर्ण रहेको छ। 

 

के र कसरी साझेदारी स्थापना गरीन्छ ?

कबुलियतनामा – कुनै व्यक्तिहरुले एउटै नाम राखी मुनाफा भाग लगाउने गरी सञ्चालन गरेको व्यवसायलाई ‘साझेदारी फर्म’ भनीन्छ र आबद्ध व्यक्तिहरुलाई साझेदार ‘भनीन्छ’।

दर्ता – साझेदारी खडा भएको ६ महिना भित्र दर्ता गरीसक्नु पर्छ। दर्ता नगरी सञ्चालन गरीएको कुनै पनि साझेदारी फर्मले कानूनी मान्यता पाउँदैन।

पूँजी – फर्मको लागानी ‘साझेदार’हरु बीच भएको कबुलियत बमोजिम हुन्छ।  फर्मको पूंजी साझेदारहरुले आपसी सहमतिमा वृद्धि गर्न सक्छन् तर अरु साझेदारले माग गरे पनि साझेदारी कबुलियतमा तोकेको अंक भन्दा बढी पूँजी थप्न कुनै साझेदारलाई कर लाग्दैन।

 

साझेदारी बनाउन सक्ने व्यवस्था

न्यूनतम सदस्यहरु – कबुलियतनामा बमोजीम कम्तीमा दुई व्यक्तिहरुद्वारा साझेदारी स्थापना गर्न सकिन्छ।

पारिवारिक साझेदारीमा प्रतिबन्ध – एउटै घरमा बस्ने वा संयुक्त रूपमा पारिवारिक व्यवसाय सञ्चालन गर्ने जहाँ विरासतको हक सबैमा समान हुँदा त्यस व्यवसायलाई साझेदारीको रूपमा स्थापना गर्न मिल्ने छैन।

साझेदार बर्खास्तगी – सबै साझेदारका मञ्जुरीले वा निजहरुका बीचमा भएका कबुलियतबमोजिम साझेदारी बिघटन हुन सक्नेछ।

 

साझेदारीको विशेषताहरु

छुट्टै/अलग पहिचान – यो एक कानूनी व्यक्ति हो र प्राकृतिक व्यक्ति सरह सम्पत्तिको स्वामित्व लिन, सम्झौताहरुको पक्ष हुन सक्छ भने यसको छुट्टै अद्वितीय पहिचान हुन्छ।

साझेदारीको अधिकार – फर्मको कोष प्रयोग गरी वा फर्मको कारोबारको सिलसिलामा प्राप्त गरेको कुनैपनि सम्पत्ति वा जायज्येथा फर्मको हुनेछ। साझेदारीको सम्पत्ति कुनैपनि साझेदारले सो साझेदारीको व्यवसायको गतिविधिहरु बाहेक अन्य उद्देश्यका लागि प्रयोग गर्न मील्दैन। 

बाध्यकारी निर्णय – कबुलियतका अधीनमा रही प्रत्येक साझेदारले फर्मको प्रतिनिधित्व गर्न सक्छन्। व्यवसाय सञ्चालनको क्रममा सो साझेदारले गरेको कुनै पनि कार्य वा निर्णयहरु साझेदारी फर्मका लागि बाध्यकारी हुन्छ।

दायित्व – प्रत्येक साझेदारले साझेदारको रुपमा आफ्नो कार्यकालमा भएको साझेदारीको गतिविधि र दायित्वहरुको लागि व्यक्तिगत दायित्वसँगै संयुक्त दायित्व समेत वहन गर्दछ। साझेदारको दायित्व प्रत्येकले गरेको पूँजीगत लगानीको मात्रा/अनुपातमा निर्भर गर्दछ।

 

नेपालका साना तथा मझौला आकारका फर्महरूका लागि साझेदारीका पक्षहरू बुझ्न महत्त्वपूर्ण छ। साझेदारी स्थापना गर्न, कानूनी आवश्यकताहरूको पालना गर्दै, साझेदारीको अधिकार र सुविधाहरूको लाभ उठाएमा, यस्ता व्यवसायहरूले साझेदारी मार्फत नै सफलताको मार्ग तय गर्न सक्छन्।