तपाईंको व्यवसायको लागि लगानी कहाँबाट ल्याउने? 

"आफ्नो व्यवसायको लागि किन लगानी चाहिएको, कति रकम कति समयको लागि, कहाँ खर्च गर्ने हो पहिले नै सोच्नुहोस। आफ्ना विकल्प र लागत जान्नुहोस्। व्यापार योजना बनाउनुहोस्।"
Funding for businesses | Source: Image by rawpixel.com on Freepik

व्यवसाय सुरु गर्दै हुनुहुन्छ? वा विस्तार गर्दै?

कोष सायद पहिलो कुरा हो जुन दिमागमा आउँछ, र अक्सर तपाईंलाई निराश पनि येसैले  बनाउँछ। तपाईंसँग पैसा छैन त्येसैले आफ्नो सोचलाई वास्तविकता बनाउन निराश महसुस गरिराख्नु भएको हुनसक्छ। तर निरुत्साहित नहुनुहोस् किनकि सबै कुरालाई धैर्यता र प्रयास चाहिन्छ र कसिलो व्यापार योजनाको साथ (तपाईले यहाँ व्यापार योजना टेम्प्लेट डाउनलोड गर्न सक्नुहुन्छ), तपाइँ आफूँलाई आवश्यक कोष प्राप्त गर्न सक्नुहुन्छ।

तपाईं आर्थिक रूपमा सुरक्षित हुनुहुन्न वा तपाईंको परिवारमा ट्रस्ट कोष छैन भने तपाईंले वित्त प्राप्त गर्न निश्चितनै प्रयास गर्न आवश्यक छ।

अन्यथा, तपाईंले या त आफ्नै व्यक्तिगत बचतहरू प्रयोग गर्नुपर्नेछ, उधारो लिनुपर्छ वा लगानीकर्ता खोज्नुपर्छ।

वित्तापोषणका पाँच विकल्पहरूका साथसाथै व्यवसायहरूको लागि बनाईएको विशेष ऋण उत्पादनहरूबारे जानकारी यहाँ दिईएको छ। ल हेरौ!

 

१. बुटस्ट्र्यापिङ / स्व-वित्तपोषण

बुटस्ट्र्यापिङ, जसलाई स्व-वित्तपोषण वा व्यक्तिगत लगानी पनि भनिन्छ, स्टार्टअपलाई वित्तपोषण गर्न सकिने एउटा सफल विधि हो, विशेष गरी जब तपाइँको व्यवसाय भर्खरै मा उत्रिरहेको बेलामा। यदि तपाईंले भविष्यमा व्यापार ऋणको लागि आवेदन गर्नुभयो भने लगानीकर्ताहरुले तपाईंलाई अस्वीकार गर्ने कारण हुनेछैन किनभने तिनीहरूले तपाईंको व्यवसायको स्थिरतालाई कमजोखिम कारकको रूपमा देख्नेछन्।

धेरै व्यवसायहरूले वित्तापोषणको प्राथमिक स्रोतको रूपमा बचत वा व्यक्तिगत लगानीलाई प्रयोग गर्छन्। तपाइँको व्यवसाय बुटस्ट्र्याप गर्नु अघि आउँदा केहि वर्षहरुको अनुमानित नगद प्रवाह र बहिर्वाह देखाउने बजेट योजना बनाउन आवश्यक छ ।

तपाईंको व्यापार योजनाको सम्भावित लगानी प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट, ROI), नाफा, र दीर्घकालीन दिगोपन मूल्याङ्कन गर्नुहोस्। यसबाहेक, सम्भावित जोखिमहरू र लाभ विश्लेषण गर्नुहोस् र आवश्यक भएमा तपाईंलाई उपयुक्त निर्णयहरू लिन मद्दत गर्न  सुझाव खोज्नुहोस्।

 

२. नातागोताहरुबाट ऋण र इक्विटी

तपाईंको सफलतामा तपाईंको नजिकका साथी र परिवारको व्यक्तिगत चासो रहन्छ। विशेष गरी सुरुवाती चरणमा तपाईंको व्यवसायमा लगानी गर्न उनीहरूको रुचि बढ्न सक्छ।

तपाईंको एमएसएमईको लक्ष्यहरू, बजार अनुसन्धान, वित्तीय अनुमानहरू, र ऋण तिर्ने योजना प्रष्ट्याउने एउटा बलियो व्यापार योजना तयार पार्नुहोस् जसेल उनीहरुलाई विश्वस्त पार्न सक्छ।

सबै प्रासंगिक नियम र सर्तहरू समावेश भएको ऋण वा इक्विटी सम्झौता बनाउनुहोस्। ऋण रकम, ब्याज दर, भुक्तानीको लागि समय सीमा, र कुनै आवश्यक धितो वा ग्यारेन्टीहरू जस्ता मापदण्डहरू निर्धारण गर्नुपर्ने हुन्छ। पारदर्शी हुनुहोस् र आफ्नो लगानिकर्ताहरूसँग खुल्ला हुनुहोस् र सुनिश्चित गर्नुहोस् कि सबैले एकअर्कालाई बुझेर र सम्झौतामा आउन सक्छन।

 

३. बैंक तथा वित्तीय संस्थाबाट ऋण

वित्तपोषणका लागि उद्यमीहरूले हेर्ने पहिलो विकल्प बैंक तथा वित्तीय संस्थाहरू (BFIs) हुन्। बैंकिङ संस्थाहरूले व्यवसायका लागि वित्तपोषणका रूपमा कार्यशील पुँजी (वोर्किङ्ग क्यापिटल लोन) र अवधि दुई प्रकारका ऋण दिन्छन्। बैंकबाट ऋण प्राप्त गर्ने सामान्य प्रक्रियामा व्यवसाय योजना, तीन वर्षको वित्तीय अनुमान र धितोपत्र जस्ता कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

तुलनात्मक रूपमा कम ब्याजदरका कारण बैंक तथा वित्तीय संस्थाहरू विजयी भएका छन् ।

लक्ष्मी बैंकको “साना ब्यावसायी कर्जा”, ग्लोबल आईएमई बैंकको “ग्लोबल स्मॉल बिजनेस लोन,” नबिल बैंकको “नबिल सजिलो एक्सप्रेस कर्जा,” र “नबिल इको-फ्रेन्डली बिजनेस लोन” केही यस्ता बैंकिङ ऋण योजनाहरू हुन् जसले स्टार्टअपहरुलाई कोल्याटरल को परवाह नगरी रकम प्रदान गर्दछ।

त्यसैगरी, अधिकांश बैंकहरूले महिलाको व्यवसायिक पुँजीको आवश्यकता परिपूर्ति गर्न र उनीहरूलाई व्यवसाय गर्न प्रोत्साहित गर्न महिला केन्द्रित उद्यमशीलता ऋण योजनाहरू सुरु गरेका छन्।

यद्यपि, कर्जा आवेदन, स्वीकृति र वितरणको लागि प्रक्रिया र समय अवधि बैंक अनुसार फरक हुन सक्छ।  भुक्तानी अवधि तपाईंको व्यवसाय बाँच्नको लागि पर्याप्त हुने सुनिश्चित गर्नुहोस्। साथौ ब्याजदर र किस्तहरूमा पनि सम्झौता गर्नुहोस् । साथै ऋण योजना तपाइँको व्यवसायको आवश्यकता अनुसारको बनाउन सकिने सम्भावित तरिकाहरुबारे बैंकहरु संग बुझ्नुहोस्

यहाँ तपाईंको लागि एउटा मस्यौदा प्रस्ताव छ।

 

४. लघुवित्त र सहकारी

लघुवित्त संस्था र सहकारीहरूबाट ऋण प्राप्त गर्नु नेपालमा तपाईंको साना व्यवसायलाई लगानी गर्नको लागि व्यावहारिक विकल्प हुन सक्छ। स्टार्ट-अप र साना उद्यमहरूलाई, विशेष गरी दुर्गम मा स्थित, वित्तीय सेवा प्रदान गर्नु लघुवित्तहरुकोको प्राथमिकता हुन्छ। तिनीहरू प्राय: वित्तीय समावेशिकरणलाई प्राथमिकता दिन्छन् र लचिलो भुक्तानी व्यवस्था भएको साना ऋण रकमहरू दिने गर्छन्। लघुवित्त संस्थाहरूबाट ऋण लिन न्यूनतम कागजात आवश्यकताहरू भएकाले वित्तीय सेवाहरूको अत्यधिक आवश्यकता भएका साना उद्यमहरूको लागि यो उपयुक्त हुन्छन्।

अर्कोतर्फ, सहकारीहरूले प्रायः स्थानीय समुदायहरूमा ध्यान केन्द्रित गर्दै प्रतिस्पर्धात्मक ब्याजदरमा ऋण दिने गर्छन्। बैंक वा वित्तीय संस्थाको कडा सर्तहरू पुर्याउन नसक्नेहरूका लागि लघुवित्त र सहकारीहरूबाट ऋणको लागि आवेदन दिनु लाभदायक निर्णय हुन सक्छ। तर, नेपालको आजको आर्थिक परिदृश्यमा भरपर्दो लघुवित्त र सहकारीहरूको अनुसन्धान र पहिचान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

 

५. निजि (प्राइभेट) ईक्विटि र भेन्चर क्यापिटल

वित्तपोषणका यी स्रोतहरुले व्यवसायहरूलाई चल्नका लागि आवश्यक पूँजी मात्र नभई व्यवस्थापन र परिचालन विशेषज्ञता पनि प्रदान गर्छन् जसले व्यवसायको वृद्धिमा मद्दत गर्न सक्छ।

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल नेपालमा तुलनात्मक रूपमा नयाँ अवधारणा हुन्। सन् २०१९ मा, स्टक एक्सचेन्ज बोर्डले सार्वजनिक रूपमा PEVC लाई पूंजीका रूपमा स्वीकार गर्यो।

वाणिज्य बैंकहरूसँग भन्दा वृद्धिको सम्भावना रहेको PEVC सँग कारोबार गर्नु नेपालका एमएसएमईहरूका लागि बढी लाभदायक हुन सक्छ। सरकारले निजी इक्विटी र भेन्चर क्यापिटल सञ्चालन गर्न सहज बनाउँदै उद्यमी र नवीन सोचलाई प्रोत्साहन गर्ने योजना पनि सार्वजनिक पनि गरेको छ ।

नेपालमा धेरै संस्थागत लगानी फर्महरू छन्, जस्तै अध्यन्त फण्ड म्यानेजमेन्ट, बिजनेस अक्सिजन (बिओटु), ग्लोबल इक्विटी फण्ड प्राइभेट लिमिटेड (जीईएफ), वन टु वाच (ओटिडब्लु), डोल्मा इम्प्याक्ट फण्ड, र अन्य धेरै। यहाँ सूची हेर्नुहोस्:

बिजनेस अक्सिजन (बिओटु) नेपालको पहिलो निजी इक्विटी कोष हो। २०१५ र २०१७ को बीचमा, एसएमई भेन्चर इनिसिएटिभको एक भागको रूपमा, यसले अन्तर्राष्ट्रिय वित्त निगम (आईअफसि) बाट लगानी प्राप्त गर्यो।

त्यस्तै, डोल्मा इम्प्याक्ट फण्डले व्यवसायी र प्रवर्द्धकहरूसँग जोखिम सन्तुलनमा राख्दै उपयुक्त लगानी गर्छ। यसले लगानी खोज कम्पनीको व्यापार योजनाहरूको दिगो सामाजिक र वातावरणीय प्रभाव समावेश गर्दछ। उपयो कार्गो, फुडमाण्डु, सजिलो सेवा, सस्तो डिल जस्ता कम्पनीले विभिन्न संस्थागत लगानी फर्मबाट रकम प्राप्त गरेका छन् ।

तसर्थ, माथि उल्लिखित विधिहरू मध्ये एउटा न एउटा तपाईंको एमएसएमई व्यवसायको लागि कोष प्राप्त गर्न उपयोगी हुनेछ।

 

तपाइँको एमएसएमईको लागी ऋण योजना के हो?

साना नेपाली व्यवसायहरूको विस्तार र विकासमा मद्दत गर्न ऋण एक आवश्यक वित्तीय साधन हो। यी ऋणहरू तपाईंको साना र मझयौला व्यवसायहरूको विशेष आवश्यकताहरू पूरा गर्न, तिनीहरूलाई बढ्न मद्दत गर्न र नयाँ व्यापार सम्भावनाहरूको फाइदा लिन सिर्जना गरिएको हुन्छ।

नेपालका वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरू मुख्य रूपमा एमएसएमई ऋण उपलब्ध गराउन जिम्मेवार छन्। यी वित्तीय प्रदायकहरूले तपाइँको व्यवसायको विशेष आवश्यकताहरू पूरा गर्न सिर्जना गरिएका सुविधाहरू सहित विभिन्न किसिमका ऋण विकल्पहरूको दिन्छ।

नेपालमा एमएसएमई ऋणका लागि विभिन्न वित्तीय संस्थाहरूको विभिन्न आवश्यकता र सर्तहरू हुन सक्छन्। व्यवसायको वित्तीय स्थिरता, क्रेडिट स्ट्यान्डिङ, र ऋण रकम सहित धेरै कारकहरूले कति रकम लिन सकिने निर्धारण गर्छ।

ऋणको सुरक्षाको रूपमा मुख्यत ऋणदाताहरूले प्राय:  जग्गा र भवन जस्ता स्थिर-सम्पत्ति धितो राख्न माग गर्छन्।

तर यदि तपाइँको माग उच्च छ र तपाइँसँग व्यवसाय सुरु गर्नका लागि लागी कोषको कुनै अन्य स्रोत छैन भने बिअफआईमार्फत ऋण वित्त पोषण तपाईंको लागि उत्तम विकल्प हुन सक्छ।

विशेष रूपमा व्यवसायहरूको लागि विभिन्न ऋण यूजना छन्। यो हेरौँ:

 

टर्म लोन

वित्तीय संस्थाहरुले एमएसएमईहरूलाई प्रदान गर्ने एक प्रकारको ऋणलाई “टर्म लोन” हो। यसले सुरुमै एकमुष्ट रकम प्रदान गर्छ जुन निश्चित अवधिमा निश्चित ब्याजदरमा फिर्ता गरिनुपर्ने हुन्छ। यदि तपाईं उपकरणहरू खरिद गर्न, थप ठाउँ निर्माण गर्न वा नयाँ कदम चाल्न जस्ता दीर्घकालीन प्रतिबद्धताहरूका लागि पूँजी खोज्दै हुनुहुन्छ भने अवधि ऋणहरू उपयुक्त हुन्छन्। तपाइँको विशेष व्यवसायिक आवश्यकताहरू पूरा गर्न ऋण रकम, भुक्तानी तालिका, र तपाइँको वित्तीय क्षमता भित्र मिल्ने  गरिको ब्याज दर छनोट गरेर ऋण लिन सक्नुहुन्छ। यसबाहेक, तपाइँ आफुले चाहेअनुरुपको मासिक, त्रैमासिक, वा अरु कुनै विशेष भुक्तानी व्यवस्था सम्झौता गर्न सक्नुहुन्छ। यसरी, अवधि ऋणहरूले एमएसएमईहरूलाई उनीहरूको नगद प्रवाहमा हस्तक्षेप नगरी ठूला व्यवसायिक योजनाका लागि वित्तपोषण गर्ने हुन्छन्।

 

चालु पूंजी कर्जा

तपाईंको एमएसएमई व्यवसायको तात्कालिक वित्तीय आवश्यकताहरू पूरा गर्नको लागि चालु पूंजी कर्जा दिने गरिन्छ। यसले तपाईंको व्यवसायलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न, सञ्चालन खर्चहरू पुर्याउन र स्वस्थ नगद प्रवाह कायम राख्न मद्दत गर्दछ। तपाईंले पाउनुहुने चालु पूंजी कर्जाको विवेकशील प्रयोगहरू मध्ये हालको र आगामी उपभोक्ता अनुरोधहरू सन्तुष्ट गर्नको लागि तपाईंको मालसामान पुन: भण्डारण गर्नु एक हो। जब तपाईंको सूची भरिएको हुन्छ, तपाईं थप बिक्री प्रोत्साहन गर्न छूटहरू दिन पनि सक्नुहुन्छ। यदि तपाइँ मौसमी व्यवसाय चलाउनुहुन्छ भने तपाईले राजस्वमा गिरावट वा भुक्तानीमा ढिलाइ हुने हुन्छ। अफ-सिजनमा बाँच्नको लागि, एक चालु पूंजी कर्जाले तपाईंलाई भाडा, तलब, र आपूर्तिकर्तालाई भुक्तानी सहितका आफ्ना सबै नियमित खर्चहरू पुर्याउन मद्दत गर्न सक्छ। चालु पूंजी कर्जाले तपाईंको वित्तीय स्थिति सहयोग पुर्याउँछ, तपाईंको नगद प्रवाह आवश्यकताहरू पूरा गर्दछ, र तपाईंको व्यवसायको विकासलाई बढावा दिन्छ।

 

ओभरड्राफ्ट सुविधा

ओभरड्राफ्ट सुविधा यस्तो किसिमको ऋण हो जसले एमएसएमईहरूलाई उनीहरूको बैंक खातामा रहेको भन्दा बढी पैसा निकाल्न सुविधा दिन्छ। यसले क्रेडिटको लचिलो स्रोत प्रदान गर्दछ, प्रयोग गरिएको रकममा मात्र ब्याज लागू हुन्छ।

तपाईंको नगद प्रवाह ढाँचाहरूमा आधारमा लिन सकिने अधिकतम रकम र चुक्ता तालिका निर्धारण गरेर तपाईं आफ्नो व्यापारिक आवश्यकताहरू पूरा गर्न आफ्नो आवश्यकता अनुरूपको ओभरड्राफ्ट सुविधा बनाउन सक्नुहुन्छ। यसबाहेक, तात्कालिन कोष कठिनाइहरू सामना गर्नको लागि पर्याप्त लचिलोपन हुनेगरी तपाईले ओभरड्राफ्ट सीमालाई निर्धारण गर्न वार्ता गर्न सक्नुहुन्छ। एमएसएमईहरुलाई जटिल ऋण आवेदन वा धितो राख्नुपर्ने आवश्यकता नहुनाले तिनीहरूले आवश्यक पर्दा सरल रूपमा कोष प्राप्त गर्न सक्छन जसले वित्तीय अवरोधहरूको जोखिम कम गर्दै र कुशल सञ्चालनहरू कायम राख्न सक्छन।

बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने केहि व्यापार ऋण आवश्यक कागजातहरू
पहिचान र फर्म सम्बन्धित धितो सम्बन्धि आय सम्बन्धित 
सवारीसाधन ऋण

माग ऋण

ट्रस्ट रसिद ऋण

व्यापार वित्त

बैंक ग्यारेन्टी

व्यापार धितो ऋण

व्यापार निरन्तरता ऋणप्री-शिप्मेन्ट लोन/ पोस्ट-शिप्मेन्ट लोन

उधारकर्ता र जमानतकर्ताहरूको व्यक्तिगत पहिचान

उधारकर्ता र ग्यारेन्टरको फोटो

सम्बन्धित स्थानीय अधिकारीबाट परिवार विवरण

फर्म दर्ता प्रमाणपत्र

प्यान प्रमाणपत्र

साझेदारी पत्र (साझेदारी फर्मको लागि)

जग्गा स्वामित्व प्रमाणपत्रभूमि राजस्व रसिद

राजिनामा/बकसपत्र/अंशबन्डा पत्र

वार्ड नक्सा र धितोको फाइल नक्सा

चार सिमाना (चारकिल्ला)

स्थानीय प्राधिकरणबाट स्वीकृत घर नक्सा

निर्माण सम्पन्ना / अभिलेखिकरण पत्र

गत वर्षको लेखा परीक्षित वित्तीय रिपोर्ट र आगामी तीन वर्षको अनुमानित वित्तीय रिपोर्ट (अहिलेको फर्मको लागि)

यदि तपाईं नयाँ फर्म हुनुहुन्छ भने मात्र अनुमानित वित्तीय रिपोर्ट

स्टक, ऋणी, र लेनदारहरूको विवरण

यीअर-टु-डेट  (YTD) खरिद/बिक्री

व्यापार योजना

 

तपाईंले चाहनुभएको ऋण र बैंक तथा वित्तीय संस्थाहरूको प्रकृति अनुसार आवश्यक पर्ने अन्य कागजातहरू भिन्न हुन सक्छन्:

याद राख्नुस्, बैंक तथा वित्तीय संस्थाबाट ऋण सहजै आउँदैन । तपाईंले ऋण प्राप्त गर्न केन्द्रीय बैंकले तोकेका केही शर्तहरू/कागजातीय आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ। यो एक कागजात-भारी प्रक्रिया हो र त्यसैले तपाइँ संगठित र तपाइँको व्यवसाय प्रारम्भिक वर्ष देखि कानूनअनुरूप हुनुपर्छ। यसले तपाईको धैर्यताको परीक्षा लिनेछ।

यसबाहेक प्रादेशिक र स्थानीय सरकार सहित नेपाल सरकारले पनि अनुदान कोष, सहुलियतपूर्ण ऋण र अन्य आर्थिक लाभहरू प्रदान गरेर एमएसएमईहरूलाई समर्थन गरिरहेको हुन्छ। त्यसैले यसमा पनि खोजनुसंधान गर्नुहोस्।