व्यवसायहरु सधैं निष्पक्ष नहुन सक्छ जहाँ तपाइले तिनीहरुमाथि धेरै कारणहरुको लागि आशा गर्नुहुन्छ | व्यवसाय बाट बाहिर निस्कने उपाय भनेको बिक्री वा बन्द गरेर हो |
यहाँ व्यवसाय कसरी बिघटन गर्ने राम्ररी बुझ्न सक्छौं |
व्यवसाय बिघटन हुन सक्ने केहि कारणहरु: |
|
|
|
अब एक कम्पनि वा साझेदारीको रुपमा रहेको व्यवसाय बिघटन गर्नको लागि व्यवसायिले पालना गर्नपर्ने बिभिन्न कानूनी कार्यविधि छन् |
व्यवसाय बिघटन गर्दाका चरणहरु:
|
क) साझेदारीको विघटन
साझेदारी ऐन,२०२० अन्तर्गत देहायबमोजिम परिस्थितिहरुमा साझेदारी बिघटन गर्न सकिनेछ:
१) सम्झौताद्वारा बिघटन
सबै साझेदारका मंजुरीले वा निजहरुका बिचमा भएको कबुलियतबमोजिम साझेदारी बिघटन हुन सक्नेछ |
२) लिखित सूचनाद्वारा बिघटन
कुनै साझेदारी अनिश्चित समयका लागी चलाइएको छ भने जुनसुकै साझेदारले लिखित सुचना दिई साझेदारी बिघटन गराउन सक्नेछ |
३) जुनसुकै बखत साझेदारी बिघटन हुने सक्ने, साझेदारमा जुनसुकै व्यहोराको कबुलियत भएको भए कुनै साझेदारले देहायका परिस्थिमा साझेदारी बिघटन गर्न सकिनेछ
- साझेदारी कार्यभार सम्हाल्न असमर्थ भएमा
- वित्तीय दायित्व पूरागर्न नसकेमा
- साझेदारीको मंजुरी बेगर कसैले हक्त छाडीदिएमा
- साझेदारले अदालतबाट कानूनी कारबाहीको सामना गरेमा
- साझेदारले काम कारबाहीमा जालसाज
- साझेदारले कैदको सजाय पाएमा |
४) कार्यकाल पछी स्वत: बिघटन हुने:
यदि कुनै साझेदारी सिमित कालको लागी खडा भएकोमा सो अवधि नाघे पछी स्वत: साझेदारी बिघटन हुनेछ |
५) साझेदारी तुरुन्त बिघटन हुने:
कुनै साझेदार मरेमा वा दामासाहीमा परेमा साझेदारी बिघटन हुनेछ |
उनाउ व्यक्ति प्रतिको दायित्व पूरा गर्नु पर्ने:
साझेदारी बिघटन भएको प्रकाश नगरिएको वा त्यस्तो बिघटनको थाहा जनाकारी उनाउ व्यक्तिलाई नभएमा साझेदारी बिघटन भएपनि उनाउ व्यक्तिप्रतिको दायित्त्व सबै साझेदारले पुरा गर्नुपर्छ |
साझेदारी बन्द हुने प्रक्रियामा साझेदारहरूको भूमिका:
साझेदारले आफु वा आफ्नो वारेशद्वारा साझेदारी बिघटनमा भाग लिन सक्नेछन् |
निरन्तर अधिकार:
साझेदारले शुरु गरेको अपुरो काम पूरा गर्नलाई र साझेदारहरुको दायित्त्व निश्चित गर्ने अधिकार साबिक बमोजिम कायम रहनेछ |
लिक्विडेटर नियुक्ति गर्ने:
हिसाब किताब फर्छ्यौट गर्न नचाहिदो सुस्ती भयो भने लिक्विडेटर नियुक्त गर्न सक्नेछ |
पुनरावेदन गर्न सक्ने:
सम्बन्धित विभागले गरेको निर्णय उपर चित्त नबुझ्ने साझेदारले त्यसको सूचना पाएको पैतिस दिनभित्र सम्बन्धित बिभाग उपर उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ |
ख) यदि तपाई एक कम्पनि हुनुहुन्छ भने, तपाईको ऋणको संरचनामा निर्भर गर्दछ| तपाई यसलाई स्वैच्छिक रुपमा बन्द गर्न छनौट गर्न सक्नुहुन्छ| कम्पनि खारेजी/बिघटन (जब तपाइँ ऋण तिर्न सक्नुहुन्छ) वा अनिवार्य खारेजी मार्फत (जब तपाइँ ऋण तिर्न सक्नुहुन्न)
कम्पनीले आफ्नो ऋण तिर्न सक्ने अवस्थामा कम्पनीको सेयरधनीले निर्णय गर्न सक्छन् | कम्पनि खारेजी प्रक्रिया मार्फत कम्पनि बन्द गर्न सक्ने|
यो एक साधारण बैठकको समयमा एक विशेष प्रस्ताव पारित वा कम्पनिको आधिकारिक कागजातहरु जस्तै कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली वा सर्वसम्मत संझौता गरेर सुरु हुन्छ |
कम्पनीको स्वैच्छिक बिघटनको प्रक्रिया:
सञ्चालक समिति
सञ्चालक समितिले कम्पनीले आफ्नो ऋण/दायीत्व तिर्न राम्रो छ भनि निर्णय गर्छ र लिखित रुपमा प्रस्तुत गर्दछ साथै शेयरधनिहरुसंग साधारण सभा राख्छ |
स्वैच्छिक बिघटनको लागि अनुमति मागिएको छ र शेयरधनिहरुबाट प्राप्त गरिन्छ र कम्पनि दर्ता कार्यालयमा बुझाइन्छ |
लिक्विडेटरको नियुक्ति
अर्को चरण भनेको लिक्विडेटर नियुक्त गर्दा दामासाही सम्बन्धि इजाजतपत्र प्राप्त व्यवसायीले गर्नु पर्छ | लिक्विडेटर नियुक्त गरेको सात दिनभित्र सोको सूचना कार्यालयलाई दिनु पर्नेछ | सूचनामा देहायबमोजिमका उल्लेखित हुनुपर्छ:-
- शेयरधनीहरुको संकल्प सभा
- नियुक्त लिक्विडेटर नाम र सम्पर्क विवरण
- सम्पत्ति र दायित्वको विवरण
- लिक्विडेटर नियुक्ति
लिक्विडेटर कर्तव्य
- लिक्विडेटर नियुक्त भएपछिको प्रत्येक छ महिनामा कम्पनि खारेज गर्ने सम्बन्धमा भएको आम्दानी र खर्चको हिसाब कार्यालय समक्ष प्रस्तुत गर्ने |
- लिक्विडेटर नियुक्त भएपछिको प्रत्येक छ महिनामा कम्पनि खारेज गर्ने सम्बन्धि काम कारबाही को विवरण कम्पनीको शेयरधनीहरुलाई जानकारी गराउने |
- कम्पनीको तर्फवाट प्राप्त गर्नु पर्ने सम्पत्ति वा असुल गर्नु पर्ने सबै रकम असुल गरि कम्पनीको सबै ऋण र अन्य दायित्व चुक्ता गर्ने,
- शेयरधनीहरुलाई कम्पनीको बाकि सम्पत्ति वितरण गर्ने सम्बन्धित प्रस्तावित प्रतिवेदन तथा विवार्ण साधारण सभा बोलाई शेयरधनी समक्ष पेश गर्ने,
- चुक्ता शेयर पुँजीको कम्तिमा पचहत्तर प्रतिशत शेयर लिने शेयरधनिहरुको मंजुरी भएमा सो बमोजिम शेयरधनीहरुलाई रकम बुक्तानी गर्ने,
- खारेजी सम्बन्धी कम कारबाही पुरा भएपछी कम्पनीको असुल उपर गरिएको सम्पत्ति, साहुलाई गरिएका भुक्तानी र शेयरधनीहरुलाई गरिएको वितरणहरुका सम्बन्धमा प्रतिवेदन तयार गरि लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनी खारेजी भएको व्यहोरा प्रमाणित गरि त्यस्तो प्रतिवेदन कार्यालय समक्ष पेश गर्ने |
कम्पनीको खारेजी
लिक्विडेटरले कम्पनि खारेज भएको प्रतिवेदन कार्यालयले प्राप्त गरेपछि त्यस्तो कम्पनि दर्ता किताबबाट हटाई कम्पनीको दर्ता खारेज भएको आदेश जारि गर्नेछ |
के हुन्छ जब तपाइँ आफ्नो ऋण र दायित्व तिर्न सक्षम हुनुहुन्न ?
यदि तपाइँ एक कम्पनि हुनुहुन्छ- के तपाई आफ्नो दायित्व आफ्नो सम्पत्ति भन्दा बढीको अवस्थामा आफ्नो ऋण तिर्न नसकी दामासाही परेमा ?
ऋण तिर्न नसकी दामासाही परेको वा पर्न लागेका चरणमा हुनुहुन्छ जसलाई दामासाही ऐन, २०६३ अनुसार दामासाही भनिन्छ | यति तपाइको कम्पनि दामासाही भयो भने तापको कम्पनि विरुद्द दामासाही समबन्धी कार्यविधि सुरु गर्न सकिन्छ |
दामासाहीको कारबाही गराउन निवेदन दिनु पर्ने: कुनै व्यक्तिले अदालत समक्ष तोकिएको ढाचामा निवेदन दिन सक्नेछ:-
- दामासाहीमा परेको कम्पनि आफै,
- दामासाहीमा परेको कम्पनीका कुल साहुमध्ये कम्तिमा दश प्रतिशत ऋण दिने साहु वा साहुहरू,
- कम्पनीका कुल शेयरधनिमध्ये कम्तिमा पाच प्रतिशत शेयर लिएका शेयरधनी वा शेयरधनीहरु,
- कम्पनीका कुल डिबेन्चरधनीमध्ये कम्तिमा पाच प्रतिशत डिबेन्चर लिएका डिबेन्चरधनी वा डिबेन्चरधनीहरु,
- कम्पनि खारेज गर्नका लागि नियुक्त भएको लिक्विडेटर |
कार्यविधि
१) दामासाहीमा परेको कम्पनी आफैले त्यस्तो निवेदन अदालतमा दिएमा,
२) अदालतले दामासाही सम्बन्धि जाचबुझ गर्छ र तत्काल खारेज गर्नु पर्ने हो वा होइन, यदि खारेज गर्नु पर्ने हो वा होइन भनि स्वीकार गरेमा जाचबुझ अधिकारी नियुक्त गर्न सक्नेछ |
३) जाचबुझ हुन नसक्ने मनासिब कारण देखाई जाचबुझ अधिकारीले सो अवधि बढाउन अदालत समक्ष निवेदन दिएमा अदालतले मनासिब कारण देखाई ठहर गरेमा,
- कम्पनीको जाचबुझ गरि तत्काल लिक्विडेसन चाहिने हो वा होइन,
- कम्पनीको पुनरसंरचना गर्नु पर्ने हो वा होइन,
- कम्पनि दामासाहीमा परिसकेको वा तत्काल पर्न सक्ने सम्भावना छ वा छैन|
४) जाचबुझ अधिकारीले कम्पनीको वित्तीय स्थिति र लेनदेनहरुको प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्छ,
५) जाचबुझ अधिकारीले जाचबुझ गरि अदालतले तोकेको समय अवधिभित्र जाचबुझ प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्नेछ |
६) कुनै पारित प्रस्ताब प्राप्त भएको सात दिनभित्र अदालतलाई उपयुक्त लागेमा देहायका आदेश जारि गर्न सक्ने छ :
- कम्पनि तत्काल खारेज गर्ने,
- कम्पनीको पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने,
- कम्पनि ततकाल खारेज नगरी सुधार हुनसक्ने भएमा तोकेको अवधिभर पर्खने,
- दामासाहीको अवधि बढाउने |
कम्पनीको पुनर्संरचना
अदालतले कुनै कम्पनीको पुनर्संरचना गर्ने आदेश दिएकोमा पुनर्संरचना व्यास्थापकले कम्पनीको पुनर्संरचना कार्यक्रम तयार गर्नु पर्नेछ | पुनर्संरचना कार्यक्रममा देहायका देहायका कार्यक्रम समावेश भएको हुनु पर्नेछ :
- कम्पनीको ऋणलाई पुँजीकरण गरि पुँजीको संरचनामा हेरफेर गर्ने,
- कम्पनीको जायजेथाको कुनै अंश बिक्री गरी साहुको दाबी भुक्तानी गर्ने,
- कम्पनीका साहूहरुको दाबीको प्रकृतिमा परिवर्तन गरी सोबापत धितोपत्र जारि गर्ने,
- कम्पनीका साहूहरुलाई निजको दाबीबापत शेयर जारी गरी पूंजी लगानीमा सहभागी बनाउने,
- कम्पनीलाई कुनै अर्को कम्पनी संग गाभ्ने,
- कम्पनीको व्यस्थापन परिवर्तन गर्ने,
- कम्पनीको पुनर्संरचना गर्न अदालतले उपयुक्त ठानेको आवश्यक अन्य कुनै कार्य गर्ने |
कम्पनीको खारेजी
१) लिक्विडेटरको नियुक्ति,
२) लिक्विडेटरले जायजेथाको नियन्त्रण गर्नु, निर्देशकहरु, जाचबुझ अधिकारीहरु, कर्मचारीहरु आदिलाई राहत दिन्छ र देहायबमोजिमकाको ख्याल गर्छ:
- कम्पनीको तर्फबाट कानूनी कारबाहीहरुको प्रारम्भ वा रक्षा गर्नु,
- कर्मचारी नियुक्त गर्न सक्नेछ,
- कम्पनीको जायजेथा विरुद्द ऋण लिन सक्ने,
- जालसाजी वा ठगीको अनुसन्धान गर्नु,
- जायजेथा बिक्री र आम्दानि वितरण गर्ने,
- कम्पनि खारेजीको लागी आवश्यक कदम चाल्ने,
३) लिक्विडेटर नियुक्त भएको तिन महिना भित्र अदालत समक्ष प्रगती विवरण पेश गर्दछ |
४) लिक्विडेटरले कम्पनीका साहुहरुको बैठक बोलाउनु, लेनदेन समिति गठन गर्नु र ऋणका लागी समयसीमा निर्धारण गर्नु |
५) दामासाही ऐनमा तोकिए बमोजिमका दायित्वहरु तय गरिन्छ |
६) जाचबुझ कार्यालयले खारेजी प्रक्रियाको अत्यमा प्रतिवेदन तयार पारि बरामद सम्पत्ति, लेनदेन भुक्तानी र शेयर वितरण गर्छ |
७) जाचबुझ कार्यालयले कम्पनीको नाम दर्ताबाट हटाउछ, दर्ता रद्द गर्छ र राष्ट्रिय दैनिक पत्रिकामा खारेजीको सूचना प्रकाशित गर्छ |