पास्ताको बढ्दो आयात र निर्यात

विश्वव्यापी रूपमा प्रख्यात ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण भएता पनि स्थानीय रूपमा उत्पादित पास्ताको गुणस्तर र यसको मागले पर्याप्त बजार प्रदान गर्दछ।
Photo by Jorge Zapata on Unsplash

काठमाडौंका धेरैजसो गल्लीहरू साना पास्ता व्यवसायी र उनीहरूका साना पसलहरुले भरिएका छन्। विश्वव्यापी रूपमा प्रख्यात ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण हुनसक्ने भएपनि स्थानीय रूपमा उत्पादित पास्ताको गुणस्तर र यसको मागले राम्रो लाभ दिन सक्छ।

प्रतिव्यक्ति, नेपाल तयारी चाउचाउको विश्वका ठुला उपभोक्ता मध्ये एक हो – दक्षिण कोरिया र भियतनाम भन्दा मात्र पछि परि चीन, जापान र भारत जस्ता देशहरूलाई समेत उछिन्ने गरि। तयारि चाउचाउ र नपकाएको पास्ता दुवै प्रतिको रुचिका कारण पास्ता/नूडल्स वरिपरि तपाईंलाई उद्दयम गर्ने राम्रो अवसर रहेको छ।

आयात परिमाण र मूल्यहरूको छानबिन गर्ने हो भने नेपालमा रहेको यसको मार्केट ग्याप निकट भविष्यमा एमएसएमईहरूले ओगट्न सकिने देखिन्छ।

नेपालको पास्ता उपभोग प्रवृत्ति र निर्यात बजार विस्तृत रूपमा बुझ्न पास्ताको आयात र निर्यात तथ्याङ्क हेरौं।

 

माथिको पास्ता व्यवसाय तथ्याङ्कमा यी पर्दछन् i) अण्डायुक्त नपकाईएको, नभरिएको पास्ता,
ii) अण्डा रहित नपकाईएको, नभरिएको पास्ता iii) पकाईएको वा नपकाईएको, वा अरु कुनै प्रकारले तयार पारिएको भरिएको (स्टफ्ड) पास्ता, र iv) भन्सार विभागको डाटासेटमा वर्गीकृत अन्य पास्ता।

ड्राई पास्ता, सूप स्पेगेटी, चिप्स र म्याकारोनीका स्थानीय उत्पादकहरू मध्ये एक – बरारी – पनि एकपल्ट हेर्नुहोस्।