दाना पदार्थ नियमावली, २०४१

The Feed Rules of 2041 in Nepal establish regulations and standards for the production and distribution of animal feed to ensure its quality and safety.
Image by Freepik

तपाईँ दाना पदार्थ ऐनको व्यवसायमा हुनुहुन्छ ?

दाना पदार्थ भन्नाले पशु, पंक्षी र माछाले खाने पिउने चीज वा चीजहरुका संमिश्रइबाट बनेको अरु कुनै खाने पिउने चिज हो।

 

के तपाईँ दाना पदार्थको उत्पादन तथा विक्रि वितरणको व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ ?

यसका लागि तपाईँले निम्न बमोजिमको कार्यविधि अपनाई अनुज्ञापत्र लिनुपर्ने हुन्छ;

  • दाना पदार्थ बिक्री वितरण गर्न चाहने व्यक्तिले पाँच रुपैयाँ दस्तूर तिरी सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट अनुज्ञापत्र लिनु पर्दछ।
  • त्यस्तो अनुज्ञापत्र स्थानीय अधिकारी वा निजले तोकेको कर्मचारी वा दाना जाँचकीले खोजेको बखत देखाउन सक्ने गरी विक्री स्थलमै राख्नु पर्दछ।
  • दाना पदार्थको वितरण गर्नको लागि अनुज्ञापत्र दिएपछि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले त्यसको जानकारी केन्द्रीय खाद्ध अनुसन्धानशालालाई दिनु पर्दछ।

 

दाना पदार्थ उत्पादन उद्योगको अनुज्ञापत्र

  • दाना पदार्थ उत्पादन गर्न चाहने व्यक्तिले उद्योग स्थापना गर्न उद्योग विभागमा निवेदन दिनुभन्दा अगावै केन्दीय खाद्ध अनुसन्धानशालाको सिफारिश लिनु पर्दछ।
  • सिफारिश लिन चाहने व्यक्तिले स्थापना गर्न चाहेको उद्योगको सम्बन्धमा देहायका कुराहरु खुलाई योजना तयार गरी केन्द्रीय खाद्ध अनुसन्धानशालामा दरखास्त दिनु पर्दछ;
    • उद्योगको किसिम,
    • उद्योगको लागि चाहिने मेशीनरी,
    • प्राविधिक सीप,
    • सरसफाईको व्यवस्था,
    • कच्चा पदार्थको किसिम र श्रोत,
    • दाना पदार्थको प्याकिंग गर्दा एउटा पोकोको दोहोरो उपभोग गरिने भएमा त्यस्तो पोकामा कीटाणुनाशक औषधि छर्ने व्यवस्था। 
  • त्यसपछि केन्द्रिय खाद्ध अनुसन्धारशालाले आवश्यकतानुसार प्रस्तावित दाना उद्योगको योजनामा हेरफेर गरी सो अनुसार गर्न कबुलियत गराई दाना उद्योग स्थापना गर्न अनुमति दिनको लागि सिफारिश गर्नेछ।
  • दाना उद्योग स्थापना गरिसकेपछि दाना पदार्थको उत्पादन कार्य शुरु गर्नुभन्दा अघि बीस रुपैयाँ तिरी केन्द्रीय खाद्ध अनुसन्धनशालाबाट अनुज्ञापत्र लिनु पर्नेछ।
  • अनुज्ञापत्र स्थानीय अधिकारी वा निजले तोकेको कर्मचारी वा दाना जाँचकीले खोजेको बखत देखाउन सक्ने गरी उद्योग स्थाल मै राख्नु पार्दछ।
  •  
  • एक ठाउँभन्दा बढी ठाउँहरुमा दाना पदार्थ उत्पादन वा बिक्री वितरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रत्येक ठाउँको लागि छुट्टाछुट्टै दरखास्त दिई अनुज्ञापत्र प्राप्त गर्नु पर्दछ।

अनुज्ञापत्र प्रत्येक वर्ष आषाढ मसान्तसम्म बहाल रहनेछ र बहाल रहने अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र अर्को आर्थिक वर्षको निमित्त बीस रुपैयाँ नवीकरण दस्तुर बुझाई अनुज्ञापत्र दिने अधिकारीबाट अनुज्ञापत्रको नवीकरण गराउनु पर्दछ।

 

अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तले पालन गर्नुपर्ने शर्तहरु

  • दाना पदार्थ उत्पादन गर्ने, जम्मा गर्ने वा विक्री गर्ने काममा सरुवा वा संक्रामक रोगबाट पीडीत वा फोहरी व्यक्तिलाई लगाउन हुँदैन।
  • दाना पदार्थ उत्पादन गर्ने, सञ्चय गर्ने वा बिक्री गर्ने ठाउँ सँधै सन्तोषप्रद रुपले सफा सुग्घर राख्नुपर्छ। चर्पी, पिसाबखाना र फोहर वा बेकम्मा मालसामान थुपारी राख्ने ठाउँको अलत व्यवस्था गर्नु पर्नेछ।
  • उत्पादक वा थोक विक्रेताहरुले आफूले उत्पादन गरेको दाना पदार्थको मात्रा, दाना पदार्थ विक्री वितरणको लागि पठाएको मात्रा र सो दाना पदार्थ कुन कुन ठाउँमा विक्री वितरण गरिएको हो सो कुरा दर्ता किताबमा उल्लेख गरी राख्नु पर्दछ।