डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय ब्रान्ड “हाई फ्युचर” का स्मार्ट ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट घोषणा गरेको छ। प्रविधिमैत्री जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको यो अफर डिशहोम इन्टरनेट वा टिभी सेवा ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ।
अफर अन्तर्गत उपलब्ध ग्याजेटहरूमा समावेश छन्:
- सोनिक एयर एयरबड्स – रु. १,७४९ (खुद्रा मूल्य: रु. ३,४९९)
- जोन २ स्मार्टवाच – रु. २,७४९ (खुद्रा मूल्य: रु. ५,४९९)
- भोकल स्पिकर – रु. ४,४९९ (खुद्रा मूल्य: रु. ८,९९९)
डिशहोमले यो योजनालाई नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू गरेको छ। साथै, सबै हाई फ्युचर उत्पादनमा प्रोमो कोड “CHILLFI15″ प्रयोग गरी अतिरिक्त १५% छुट समेत प्राप्त गर्न सकिनेछ।
उक्त अफर आजैदेखि लागू भएको छ र डिशहोमको वेबसाइटमार्फत ग्याजेट खरिद गर्न सकिनेछ।