Nep
Eng
Nep
Eng

This post is also available in: English

प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३

निष्पक्ष प्रतिस्पर्धा प्रवर्धन गर्न प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३ लागू गरिएको हो।   यस ऐनको उद्देश्य के हो ? बजारलाई अवाञ्छित रुपमा हस्तक्षेप हुनबाट संरक्षण प्रदान गर्ने, एकाधिकार तथा नियन्त्रित व्यापारिक अभ्यासलाई नियन्त्रण गर्ने, व्यापारिक अभ्यासमा हुन सक्ने सम्भावित अस्वच्छ प्रतिस्पर्धालाई निवारण गर्ने।   यस ऐनले तपाईंको सुरक्षा कसरी गर्दछ ? ऐनले देहायको […]

निष्पक्ष प्रतिस्पर्धा प्रवर्धन गर्न प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३ लागू गरिएको हो।

 

यस ऐनको उद्देश्य के हो ?

  • बजारलाई अवाञ्छित रुपमा हस्तक्षेप हुनबाट संरक्षण प्रदान गर्ने,
  • एकाधिकार तथा नियन्त्रित व्यापारिक अभ्यासलाई नियन्त्रण गर्ने,
  • व्यापारिक अभ्यासमा हुन सक्ने सम्भावित अस्वच्छ प्रतिस्पर्धालाई निवारण गर्ने।
विज्ञापनहरू

 

यस ऐनले तपाईंको सुरक्षा कसरी गर्दछ ?

ऐनले देहायको कार्यका आधारमा तपाइँको सुरक्षा गर्दछ।

  • प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न रोक लगाउने,
  • प्रभुत्वशाली हैसियताको दुरुपयोग गर्न नहुने,
  • प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने,
  • बोलपत्रदाताले एकै किसिमको मूल्य वा अन्य विवरण उल्लेख गरी, बोलपत्रदाताहरुबीच बोलपत्र दाखिला गर्नु अघि बोलपत्रमा खुलाउनु पर्ने सुचना वा अन्य कुराहरु एक अर्कालाई जानकारी गराएर, ग्राहकलाई निश्चित सामान खरिद गर्न बाध्य पार्ने गरी बोलपत्रमा अनियमितता गर्न नहुने,
  • भ्रमपूर्ण विज्ञापन गर्न नहुने,
  • एकलौटी कारोबार गर्न नहुने।

 

कस्ता व्यवसायहरुमा यो ऐन लागू हुँदैन?

देहाय बमोजिमको क्षेत्रमा आबद्ध कुनै व्यवसाय भएमा यो ऐन अधिनमा सो व्यवसायहरुमा  लागू हुँदैन; 

  • औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिमका लघु तथा घरेलु अद्योग सम्बन्धी व्यवसाय,
  • तोकिए बमोजिमका साना किसानबाट उत्पादित कृषि उत्पादन तथा कृतिजन्य सहकारी व्यवसाय,
  • कच्चा पदार्थको खरिद कार्य,
  • निर्यात व्यवसाय,
  • सामूहिक सौदाबाजीको श्रमिक अधिकारको लागि गरिने कार्य,
  • अनुसन्धान तथा विकास सम्बन्धी कार्य,
  • व्यवस्थापन सम्बन्धी सहकार्य,
  • व्यापारिक क्षमता अभिवृद्धिको लागि गरिने सङ्गठनात्मक र प्रक्रियागत सुधारका लागि गरिने सहकार्य।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू