नेपालमा व्यवसायहरूको लागि कर प्रणाली अन्वेषण

कठिन आर्थिक वातावरणको बीचमा एमएसएमईहरुको विस्तारण सक्षम बनाउने र प्रोत्साहन गर्ने एउटा महत्वपूर्ण उपकरणको रूपमा कर देखा पर्दछ। यस ब्लगमा व्यवसायहरुले अहिलेको प्रतिस्पर्धी बजारमा फस्टाउनको निमित्त करबारे ज्ञान र यसको महत्त्व चर्चा गर्नेछौं
Taxation: Source: Image by macrovector on Freepik

कठिन आर्थिक वातावरणको बीचमा एमएसएमईहरुको विस्तारण सक्षम बनाउने र प्रोत्साहन गर्ने एउटा महत्वपूर्ण उपकरणको रूपमा कर देखा पर्दछ।

यस ब्लगमा व्यवसायहरुले अहिलेको प्रतिस्पर्धी बजारमा फस्टाउनको निमित्त करबारे ज्ञान र यसको महत्त्व चर्चा गर्नेछौं। पढ्नुहोस्!

आफ्नो व्यवसाय गर्दा लाग्ने विभिन्न प्रकारका करहरू (व्यवसाय आम्दानी, भ्याट सङ्कलन, दर्ता कर वा उत्पादन प्लान्ट र मेसिनरी, कच्चा पदार्थमा लाग्ने करहरू) बारे बुझ्नको लागि पढ्नुहोस्:

आयकर

आयकर एक व्यक्तिको आय र व्यापार नाफा दुवैमा लाग्ने एक प्रकारको प्रत्यक्ष कर हो।

नेपालमा एमएसएमई लगायतका व्यवसायहरूले एक आर्थिक वर्षमा कति नाफा कमाउँछन् भन्ने आधारमा आयकर तिर्नुपर्छ। कम्पनीको वार्षिक आम्दानी अनुसार आयकर दरमा फरक पर्ने हुन्छ। नेपालमा मानक कर्पोरेट कर दर २५% raheko chha

२००२ को आयकर ऐन (आईटिए) को धारा २(४), अनुसूची १ अनुसार, बैंकिङ जस्ता केही उद्योगहरुलाई ३०% को कर दर लाग्ने छ भने अन्यलाई (जस्तै जलविद्युत) २०% को रियायती कर दर तोकिएको छ।

एमएसएमईहरूका लागि, आयकर छुट र घटाइएको दरहरू मार्फत सरकारबाट केही सुविधा छन् जसले व्यापार वृद्धि र लगानीलाई प्रोत्साहन दिन्छ।

उदाहरणका लागि, यदि तपाईंको ३० लाख रुपैयाँ सम्मको कारोबार हुने सानो व्यवसाय छभने तपाईंको व्यवसाय साना व्यवसायको लागि अनुमानित करको (प्रिसम्पटिभ ट्याक्सेसन्) लागि योग्य हुनेछ। यसबारेबुझ्न यहाँ पढ्नुहोस्।

मूल्य अभिवृद्धि कर (VAT)

मूल्य अभिवृद्धि कर उत्पादन र वितरण प्रक्रियाको प्रत्येक चरणमा उत्पादन र सेवाहरूको बिक्रीमा लगाइने उपभोगमा आधारित कर हो जसले आपूर्ति श्रृंखला पारदर्शितालाई प्रोत्साहित गर्दछ। यहाँ कसरी पढ्नुहोस्।

नेपाल सरकारले आफ्नो राजस्वको ठूलो हिस्सा आयातित र स्थानीय रूपमा उत्पादित वस्तु तथा सेवाहरूमा लगाइने मूल्य अभिवृद्धि कर (भ्याट)बाट प्राप्त गर्छ। को वार्षिक आय सरकारले तोकेको सीमा भन्दा बढी भएमा भ्याट को लागी दर्ता गर्न आवश्यक छ। भ्याट दर्ताको लागि हालको सिमा रू २० लाख छ। तर यसका साथै अन्य मापदण्डहरू पनि छन्।

भ्याट अन्तिम उपभोग्ताले बेहोर्ने भएकालेसबै व्यवसायहरू भ्याट सङ्कलन गर्न जिम्मेवार हुने सुनिश्चित हुन्छ। एक व्यवसायको रूपमा यदि तपाईं अन्तिम उपभोक्ता होइन भने तपाईंले भ्याट तिर्नु पर्दैन। तर तपाइँle VAT रिटर्नहरू पाउनका लागि भने प्यान (PAN) मात्र नभई भ्याट पनि दर्ता गर्नुपर्ने हुन्छ।

साथै, आफैंमा अन्तिम उपभोक्ता रहेका व्यवसायहरुका लागि पनि सरकारले केहि सिमितउद्योगहरूलाई छुट दिएको छ। त्यसैले आफ्नो व्यवसाय दर्ता गर्दा कर सल्लाहकारसँग परामर्श गर्न नबिर्सनुहोस्।

भ्याट बारे थप जानकारी यहाँ पाउन सक्नुहुन्छ।

अन्तःशुल्क

अन्तःशुल्क स्वदेशमै उत्पादित, आयातित वा बिक्रि हुने केहि निश्चित उत्पादनहरूमा लागु हुने एक प्रकारको अप्रत्यक्ष कर हो। यो प्रायः चुरोट, मादक पेय, र पेट्रोलियम उत्पादन जस्ता उत्पादनहरूमा लागू हुन्छ।

एमएसएमईहरूले एक्साइज योग्य उत्पादनहरू उत्पादन वा बिक्री गर्दा अन्तःशुल्क नियन्त्रण गर्ने नियमहरूको पालना गर्नुपर्ने हुन्छ। अन्तःशुल्क राजस्व सरकारलाई जान्छ जुन विभिन्न विकासात्मक पहलहरुका लागि प्रयोग गरिन्छ। अन्तःशुल्क ऐन, २०५८ (२००१) र यस ऐन अन्तर्गत बनेका नियमहरू अन्तर्गत अन्तःशुल्क कुनै पनि वर्षमा, कुनै पनि उत्पादन वा सेवामा उठाउनु पर्ने हुन्छ। अन्तःशुल्कको दर यस ऐनको दफा ३ मा तोकिएको छ।

भन्सार शुल्क

भन्सार देश भित्रिने सामानमा लगाइने आयात कर हो। प्रत्येक वर्षको बजेटिङ्ग मार्फत ल्याइने वित्तीय नीतिले आयात हुने वस्तुको प्रकृतिका आधारमा दर निर्धारण गरिएको हुन्छ र आयातित वस्तुको मूल्यको आधारमा भन्सार शुल्क मुल्याङ्कन गरिन्छ। भन्सार करको दर वित्त ऐन, २०७७ को अनुसूची १ को दफा १ मा तोकिएको छ।

एमएसएमईहरूले आयातित मेसिनरी, आपूर्ति र अन्य उत्पादनहरूमा भन्सार कर तिर्नुपर्ने हुन्छ। स्वदेशी उद्योगको संरक्षण, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र सरकारलाई राजस्व आर्जन गर्ने सिद्धान्तका आधारमा भन्सार महसुल निर्धारण गरिन्छ।

एक MSME को रूपमा तपाईंलाई प्लान्ट र मेसिनरी (जस्तै, खाद्य प्रशोधन मेसिनरी) चाहिने हुनाले आफ्नो व्यापार योजना बनाउँदा भन्सार शुल्कहरू विचार गर्न नबिर्सनुहोस्।

कर रोक (विद्होल्ड कर)

गैर-आवासीय व्यक्ति वा कम्पनीहरूलाई गरिने केहि निश्चित भुक्तानिहरुमा विद्होल्ड कर तिर्नुपर्ने हुन्छ। गैरआवासीयहरूलाई जारी गरिने लाभांशमा नेपाली संस्थाहरूले ५% कर रोक्का गर्नुपर्ने हुन्छ। त्यसैगरी, नेपाल निवासी संस्थाहरूले गैरआवासीयहरूलाई दिने ब्याज भुक्तानीमा १५ प्रतिशत कर रोक्का गरिन्छ। यो करले गैर-आवासीय व्यक्ति वा संस्थाहरूलाई रकम हस्तान्तरण गर्नु अघि उत्पत्तिको बिन्दुमा आवश्यक करहरू कटौती हुने सुनिश्चित गर्दछ।

अन्य करहरू

यसबाहेक तपाईंले अन्य करहरू पनि तिर्नु पर्ने हुन्छ जस्तै स्थानीय स्तरमा व्यवसाय दर्ता कर र यदि तपाईंको व्यवसायमा मोटर वाहन (दुई पाङ्ग्रे वा चारपाङ्ग्रे सवारी) छ भने सडक कर र सवारी साधन दर्ता कर जस्ता अन्य कारहरु।

व्यवसाय दर्ता करहरू पूँजी लगानीमा निर्भर हुन्छन्।

पुँजी लगानी (नेरू) दर्ता शुल्क (नेरू)
०-१००,००० १०००
१००,००१ – ५००,००० ४५००
५००,००१ – २,५००,००० ९५००
,५००,००१ – १०,०००,००० १६००० 
१०,०००,००१ – २०,०००,००० १९००० 
२०,०००,००१ – ३०,०००,००० २२००० 
३०,०००,००१ – ४०,०००,००० २५०००
४०,०००,००१५०,०००,००० २८०००
५०,०००,००१६०,०००,००० ३१०००
६०,०००,००१७०,०००,००० ३४०००
७०,०००,००१८०,०००,००० ३७०००
८०,०००,००१९०,०००,००० ४००००
९०,०००,००११००,०००,००० ४३०००
१००,०००,००१+ ४३,००० + प्रत्येक रू १००,००० को थपमा रू ३० थप

कर तिर्न असफल भए के हुन्छ?

रेकर्ड राख्न असफल भएमा, रिटर्नहरु पेस नगरेमा वा ढिलो पेस गरेमा, भुक्तान नगरेमा वा कर नतिरेको खण्डमा तोकिएको दरमा ढिलो शुल्क/ब्याज लाग्ने हुन्छ। धोखाधडी वा गलत रिटर्न दाखिल गर्दाको जरिवाना कर घाटाको ५०% देखि १००% सम्म हुन सक्छ। दण्डमा जरिवाना र एक महिनादेखि दुई वर्षसम्मको जेल सजाय पनि हुन सक्छ।

तपाईंको व्यवसाय प्रबन्ध गर्नका लागि करको महत्त्व

नेपालमा एमएसएमईको व्यवस्थापनमा करको महत्त्व प्रस्ट्याउने केही मुख्य कारणहरू यहाँ छन्:

राजस्व सृजना: सरकारको लागि आवश्यक पूर्वाधार, सार्वजनिक सेवाहरू र विकास कार्यक्रमहरूमा लगानी गर्न सक्षम पार्न राजस्वको प्राथमिक स्रोत कर हो। साना उद्यमहरूले कर तिरेर र नागरिक कर्तव्य पूरा गरेर देशको आर्थिक उन्नतिमा योगदान पुर्याऊँदछन्।

कानूनी अनुपालन: उद्यमहरूलाई आँफु निहित राख्ने सरकारको कानूनी ढाँचा करले सुनिश्चित गरेको हुन्छ। व्यवसायहरूले कर कानूनको पालना गरेर र समयमै कर तिर्न समस्याहरूबाट बच्न सक्छन्। यसले व्यवसायहरुको प्रतिष्ठा र मूल्यमान्यता स्थापना गर्दछ, जुन ग्राहक, साझेदार र आपूर्तिकर्ताहरूसँग बलियो सम्बन्ध स्थापना गर्नका बलियो सम्बन्ध स्थापना गर्नका लागि महत्त्वपूर्ण हुन्छ।

सरकारी समर्थनमा पहुँच: नेपालका व्यवसायहरूले विभिन्न सरकारी सहयोग नीति र अनुदानहरूको फाइदा लिन सक्छन्। यी पहलहरू द्वारा साना व्यवसाय विकास, नवप्रवर्तन, र उद्यमशीलतालाई पालनपोषण गर्ने लक्ष्य राखिएको हुन्छ। एमएसएमईहरुले कर तिरेर यसको लागि योग्य हुन सक्छन् जसले व्यावासयाहरुलाई उनीहरूको व्यापार बढाउन मद्दत गर्न सक्ने प्रशिक्षण, कोष, र मेन्टरशिपको व्यवस्था गर्न सक्छ।

व्यापार दिगोपन र वृद्धि: नियमित कर तिर्नेले ठोस वित्तीय व्यवस्थापन र स्थिरता देखाउँछ जसले कम्पनीको प्रतिष्ठालाई बलियो बढाएर नयाँ लगानीकर्ताहरूलाई लोभ्याउन सक्छ। यसले बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट लगानी प्राप्त गर्न सजिलो बनाउन सक्छ। यसबाहेक, आफ्नो आय, लागत, र नाफा हेरेर एमएसएमईहरूले बुद्धिमानी निर्णय लिन र रणनीतिक योजनाहरू विकास गर्न सक्छन्। कर प्रयोजनका लागि सही वित्तीय रेकर्ड कायम गरेर यो सम्भव हुन्छ।

नीति समर्थन: करले एमएसएमईहरूको लागि सहयोगी नीतिहरू बनाउन र कार्यान्वयन गर्न नीति निर्माताहरूलाई ठाउँ प्रदान गर्दछ।

विकास प्रवर्द्धन गर्न, लगानी प्रोत्साहन गर्न र नवप्रवर्तनलाई प्रेरित गर्न सरकारले कर छुट र कटौती प्रदान गर्न सक्छ। कर दर घटौती, कर फाइल गर्ने प्रक्रियाको सुव्यवस्थापन र एमएसएमईहरूका लागि विशेष कटौतीहरू यस्ता नीतिमा पर्न सक्छन्।

तर यदि तपाईंले आफ्नो व्यवसायलाई औपचारिकता दिनुभएन वा ठिक कर रेकर्ड छैन भने तपाईंलाई भविष्यमा सरकारी वित्तपोषण कार्यक्रमहरू वा बैंकहरूबाट ऋण वा लगानी पाउन गर्न गाह्रो हुन सक्छ।

तर यदि तपाइँलाई आफ्नो व्यवसाय वा उद्योगको वृद्धि केहि निश्चित ले अवरोध गरिरहेको लग्छ भने, (जस्तै, कफी प्रोसेसरहरुले कफी बीन प्रशोधन मिसिनहरुमा उच्च भन्सार करले उनीहरुलाई प्रतिस्पर्धामा पछि पार्छ भनेर अक्सर तर्क गर्छन्), तपाइँ सामूहिक पहल मार्फत सरकारको ध्यानाकर्षण गर्न सक्नुहुन्छ।

तसर्थ, राम्रोसँग बनाईएको र प्रभावकारी रूपमा व्यवस्थित कर प्रणाली एमएसएमईहरूले फस्टाउन र नेपालको आर्थिक विकासलाई सहयोग गर्न सक्ने वातावरण सिर्जना गर्न महत्त्वपूर्ण छ।