हसेराको पर्माकल्चर डिजाइन कोर्स सम्बन्धि पाठ्यक्रम सुरु गर्ने तयारी

पर्माकल्चर एक दिगो कृषि अभ्यास हो जसले प्रकृति भित्रको — जस्तै बिरुवा, पशुपन्छी र मानवबिचको — ढाँचा र सम्बन्ध प्रयोग गरी आत्मनिर्भर र बलियो कृषि प्रणाली सिर्जना गर्दछ ।
Image Source: HASERA

हसेरा, एक प्रमाणित पर्माकल्चर सिकाइ केन्द्रले १४ दिने पूर्ण आवासीय पर्माकल्चर डिजाइन सम्बन्धि कार्यक्रम काभ्रेपलाञ्चोकको पातलेखेतमा रहेको आफ्नो फार्ममा सुरु गर्दैछ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम सेप्टेम्बर १७-३० र डिसेम्बर १-१४, २०२४ को लागि योजना गरिएको छ ।

अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा, पाठ्यक्रमका प्रमुख विषयहरूमा पर्माकल्चर सिद्धान्तहरू, एकीकृत फार्म डिजाइन अभ्यास, र नजिकैका पर्माकल्चर परियोजनाहरूमा भ्रमण समावेश छन् ।

पाठ्यक्रम शुल्क $४५० (नेपाली सहभागीहरूका लागि रु ४५,०००) रहेको छ जसमा खानपान, आवास, प्रशिक्षण र सामग्री समावेश छन् । 

पाठ्यक्रम सुरु हुनु भन्दा कम्तिमा एक महिना अगाडि अग्रिम बुकिङ गर्दा १०% अग्रिम भुक्तानीसँगै १०% प्रारम्भिक छुट उपलब्ध छ । एक पटक दर्ता गरिसके पछि सहभागीले रद्द गरेमा अग्रिम भुक्तानी फिर्ता गरिने छैन, तर बाँकी रकम भने चाँही फिर्ता गरिनेछ ।

सहभागीहरूलाई ‘अन्तर्राष्ट्रिय पर्माकल्चर डिजाइन सर्टिफिकेट’ कोर्स पूरा भएपछि प्रदान गरिनेछ ।

इच्छुक व्यक्तिहरूले कार्यक्रमको लागि दर्ता गर्न: https://organichasera.org/permaculture-design-course/