Nep
Eng
Nep
Eng

This post is also available in: English

म्याग्दीमा रु ३३.४६ करोडको सुन्तला बिक्री

यस आर्थिक वर्ष म्याग्दीमा सुन्तला उत्पादन फस्टाएको छ—जिल्लामा ४,७८१ मेट्रिक टन सुन्तला कटनी भइसकेको छ।
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पर्ने धवलागिरी गाउँपालिका-७, धारापानीस्थित सुन्तला खेती। पृष्ठभूमिमा गुर्जा र चुरेँ हिमालहरु। तस्बिर: कमल खत्री | रासस

म्याग्दी जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भइसकेको छ

उहाँका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो। यस वर्ष जिल्लाका छवटै स्थानीय तह गरि ४,७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष ३,६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो।

जिल्लामा ८२० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकामा ४२५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र रु ६ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ। जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। 

विज्ञापनहरू

किसानको बगैँचाबाट प्रतिकिलो रु ६० देखि १२० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्। दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताउनुभयो। जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पर्ने धवलागिरी गाउँपालिका-७, धारापानीस्थित सुन्तला खेती। पृष्ठभूमिमा गुर्जा र चुरेँ हिमालहरु। तस्बिर: कमल खत्री | रासस