Nep
Eng
Nep
Eng

This post is also available in: English

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो।
तस्बिर: रासस

 


 

मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ। ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो। किबीखेती गर्न इच्छुक गाउँपालिकाभित्रका किसानबाट आवेदन माग गरी प्राप्त आवेदनका आधारमा बिरुवा खरिद गरेर वितरण गरिएको छ। उहाँका अनुसार किसानलाई आवश्यकता र उपलब्धताका आधारमा ३० देखि १०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ। किबीखेतीका लागि ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबै किसानलाई बिरुवा वितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो। उहाँले किवीका बिरुवा प्राप्त गर्ने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने पनि स्पष्ट पार्नुभयो। वितरण गरिएका बिरुवाको नियमित अनुगमन गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत गाउँपालिकाले उपलब्ध गराउने उहाँले बताउनुभयो।

विज्ञापनहरू

त्यसैगरी, किसानले लगेको बिरुवाको उचित स्याहार सुसार नगरेमा वा समयमै नरोपेमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गर्न सकिने पनि उहाँले बताउनुभयो। किसानले उत्पादन गरेको फलफूलको बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष वनेमले जानकारी दिनुभयो। यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस