Nep
Eng
Nep
Eng

This post is also available in: English

भरतपुर महानगरपालिकामा हरेक हप्ता रैथाने बजार सञ्चालन हुने

हरेक शुक्रबार सञ्चालन हुने गरी सुरु गरिएको रैथाने बजारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै किसान र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्कलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।
तस्बिर: रेनु दाहाल। X

भरतपुर महानगरपालिका२२, पटिहानीमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यलेरैथाने बजारसञ्चालनमा ल्याइएको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख गते, सोमबार एक औपचारिक कार्यक्रमबीच महानगर प्रमुख रेनु दाहालले बजारको उद्घाटन गर्नु भएको थियो। कार्यक्रम वडाध्यक्ष विष्णुराज महतोको सभापतित्वमा सम्पन्न भएको थियो।

वडा नम्बर २२ को कार्यालय परिसर क्षेत्रमा सञ्चालनमा ल्याइएको यो बजारले स्थानीय कृषक साना उद्यमीलाई आफ्ना उत्पादन सिधा उपभोक्तासमक्ष पुर्‍याउने अवसर दिनेछ। बजारको मुख्य उद्देश्य किसान उपभोक्ताबीच प्रत्यक्ष कारोबारको वातावरण बनाउँदै बिचौलियाको भूमिकालाई हटाउने रहेको जनाइएको छ।

कार्यक्रममा दिइएको जानकारी अनुसार रैथाने बजार हरेक हप्ता शुक्रबार दिउँसो बजेदेखि साँझ बजेसम्म सञ्चालन हुनेछ। बजारको प्रारम्भिक चरणमा २२ वटा स्टल राखिनेछ जसमा तरकारी, दुग्धजन्य पदार्थ, हस्तकला सामग्री, घरेलु खाना लगायत विविध स्थानीय उत्पादनहरू बिक्री गरिनेछ।

विज्ञापनहरू

स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौंभन्ने नारासहित सञ्चालनमा ल्याइएको यो बजारले स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मेयर रेनु दाहालले पनि रैथाने बजारले उत्पादनको बजारीकरणमा उल्लेखनीय भूमिका खेल्ने बताउँदै अन्य वडाहरूले पनि यस्ता पहललाई अनुकरण गर्न सक्ने धारणा व्यक्त गर्नु भएको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरूले बजारको दीर्घकालीन सम्भावनाबारे धारणा राखेका थिए। यस्तो बजारले स्थानीय पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुर्‍याउने उनीहरुको भनाइ थियो। साथै, कृषि उत्पादनमा वृद्धि त्यसको स्थायीत्वका लागि समेत रैथाने बजार महत्त्वपूर्ण आधार बन्ने आशा व्यक्त गरिएको थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रेनु दाहाल। X