नेपालको हालै प्रकाशित बृहत आर्थिक सूचकहरुका केहि झलक

यी सूचकहरुले कमजोरी र सम्भावित अवसरहरूको बीचमा लाभको सम्भावना पनि रहेको दर्साउछ ।

सेप्टेम्बर २०२४ को तथ्याङ्क अनुसार मुद्रास्फीति तीव्र रूपमा घटेको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिटेन्स प्रवाह नयाँ उचाइमा पुगेको गत भाद्र मसान्तकोको तथ्यांकले देखाउँछ । यसले नेपालको अर्थतन्त्रमा सुधारको संकेत दर्साउछ ।

तर, यी उपलब्धिहरू दीर्घकालीन आर्थिक सुधारको संकेत नभएर अस्थायी पनि हुनसक्छन् ।  साथै अझै पनि फराकिलो व्यापार घाटा र रेमिट्यान्समा अत्यधिक निर्भरता जस्ता चुनौतिहरूकायमै रहेको छ । 

यद्यपि व्यवसाय र लगानीकर्ताहरूको लागि अवसरहरू पनि प्रस्तुत गर्ने सम्भावना राखेको छ ।

तीव्र रूपमा घट्यो मुद्रास्फीति

उपभोक्ता मूल्य मुद्रास्फीति अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८.१९% बाट घटेर हाल ३.८५% रहेको छ । विशेष गरी गैर-खाद्य वस्तुहरूको मुद्रास्फीति घट्नुले उपभोक्ताहरूलाई राहत दिएको छ र मूल्य स्थिरतामा सुधारको संकेत गरेको छ ।

 

सुदृढ वैदेशिक मुद्रा सञ्चिति 

नेपालको वैदेशिक मुद्रा सञ्चिति ५.५% ले वृद्धि भई अहिले १६ महिनाभन्दा बढीको आयात धान्न सक्ने स्थितिमा पुगेको छ । कुल विदेशी मुद्रा सञ्चिति रु २१५२.५३ अर्ब र अमेरिकी डलरमा १६.०४ अर्ब रहेको छ । यसले मुद्रा उतार-चढावका विरुद्ध मजबुत सुरक्षा प्रदान गर्ने र देशको वित्तीय स्थिरतामा बल पुर्याउने काम  गरेको छ ।

 

व्यापार प्रदर्शनमा मिश्रित परिणाम

आयात १.१% ले बढ्दा निर्यातमा ५.१% ले गिरावट आएको छ, जसले निर्यातको आधार फराकिलो बनाउन आवश्यक रहेको देखाउँछ । व्यापार घाटा १.८% ले बढेको छ, जसमा मुख्यतः यातायात उपकरण र दूरसञ्चार सामग्रीको उच्च परिमाण आयात रहेको छ ।

 

रेमिटेन्स प्रवाहमा वृद्धि

रेमिटेन्स प्रवाह १५.२% ले बढेर २६३.१४ अर्ब रुपैयाँ पुगेको छ, जसले चालु खाता बचतमा थप समर्थन प्रदान गरेको छ ।

 

भुक्तानी सन्तुलन (BOP) मा सरप्लस

भुक्तानी सन्तुलन (BOP) १०१.७७ अर्ब रुपैयाँको बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा यो ५५.१ अर्ब रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरको हिसाबमा भुक्तानी सन्तुलनको स्थिति  ७५.७ करोड डलरको बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४१.७ करोड डलर थियो ।

 

व्यवसाय र लगानीकर्ताका लागि प्रभाव
यी सूचकहरूले अवसर र चुनौतीहरूको मिश्रण प्रस्तुत गर्दछ। मुद्रास्फीति घट्नु र विदेशी मुद्रा सञ्चिति वृद्धि हुनुले स्थिर आर्थिक वातावरण प्रदान गर्दछ । 

यद्यपि, बढ्दो व्यापार घाटा र रेमिट्यान्समा निरन्तर निर्भरताले निर्यात वृद्धि र घरेलु औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने नीतिहरूको आवश्यकता देखाउँछ । साथै आन्तरिक उत्पादनमा प्रशस्त अवसर रहेको पनि दर्साउछ ।

व्यापार र लगानीकर्ताहरूको लागि, निर्यात विविधीकरणमा ध्यान केन्द्रित गर्दै, साथै बढ्दो वित्तीय तथा पूँजी बजारको फाइदा उठाउँदै, दीर्घकालीन वृद्धिका लागि मार्गहरू प्रदान गर्न सक्छ । त्यसैगरी, आयातमा निर्भरता घटाउन सक्ने क्षेत्रहरूमा नवप्रवर्तन र लगानीको आवश्यकता पनि बढ्दो आवश्यकता छ ।