Nep
Eng
Nep
Eng

This post is also available in: English

डिभी एक्सेलसमा आध्यन्ताको २ करोड लगानी

'खेती' कृषि वित्त-प्रविधि प्लेटफर्मको विकासमा लगानी परिचालन गरिनेछ

डिभी एक्सेलस (DV Excellus) प्रा. लि.ले आफ्नो प्रमुख कृषि वित्त-प्रविधि प्लेटफर्म ‘खेती‘ को थप विकासको लागि आध्यन्ता कोषबाट रू २ करोड लगानी प्राप्त गरेको छ

कम्पनीले आफ्नो लिङ्कडइन पोष्टमा उल्लेख गरे अनुसार संयुक्त अधिराज्यको वैदेशिक सहायक निकाय – युकेएड (UKAid) नेपालको कासा (CASA) कार्यक्रमसँगको यो सहकार्य किसानहरूलाई धितो-रहित ऋण र आवश्यक कृषि सामग्रीहरूमा सहज पहुँच प्रदान गरेर नेपालको कृषि इकोसिस्टमलाई रूपान्तरण गर्ने उदेश्य अन्तर्गत पर्छ।

साना किसानहरूलाई सशक्त बनाउन तयार गरिएको ‘खेती’ प्लेटफर्मले हालसम्म नेपालभरका १५,००० भन्दा बढी कृषकहरूसम्म पुगिसकेको छ र कृषकहरूलाई उनीहरूको जीविकोपार्जन सुधार गर्न र उत्पादकत्व वृद्धि गर्न मद्दत गर्दै रू १५ करोड ऋण वितरण गरिसकेको छ, कम्पनीले बताएको छ।

विज्ञापनहरू

यस नयाँ कोषको साथ, डिभी एक्सेलसले आफ्नो ‘खेती’ प्लेटफर्मलाई अझ बलियो बनाउने योजना बनाएको छ, जसले एनएमबी बैंकसँगको साझेदारीमा रू दुई लाख सम्म धितो-रहित ऋण उपलब्ध गराउंदै आएको छ।

‘खेती’ एपले किसानहरूलाई उनीहरूको उत्पादकत्व र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्न एक-स्टप प्लेटफर्म बन्ने परिकल्पना बोकेको छ जसले किसानहरूलाई विभिन्न प्रकारका कृषि तथा वित्तीय सेवा, कृषि सम्बन्धि गुणस्तरीय समान तथा औजारहरु र व्यावसायिक खेतीमा रुपान्तरणको लागि मार्गनिर्देशन प्रदान गर्नेछ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू