गरिबी अन्त्यका लागि नविन र दिगो समाधानहरू विकास गर्ने विश्वव्यापी गैर-नाफामूलक संस्था आइडीई नेपाल (iDE Nepal)ले ‘डिजिटल उद्यमशीलता पुरस्कार २०२५’ का लागि आवेदन खुलाएको छ। संस्थाले नेपालभरिका स्टार्टअप, उद्यमी तथा नवप्रवर्तकहरूलाई आह्वान गर्दै डिजिटल प्रविधि मार्फत देशको कृषि र खाद्य प्रणालीमा क्रान्ति ल्याउन सक्ने समाधान विकास गर्न आग्रह गरेको छ।
प्रतियोगिताको उद्देश्य प्रविधि प्रयोग गरी उत्पादन, प्रशोधन, बजार पहुँच, वित्तीय सुविधा र दिगोपन सुधार गर्ने उद्यमहरू पहिचान गरी उनीहरूलाई समर्थन गर्नु हो। यसले किसान र स्थानीय समुदायमा वास्तविक र स्थायी प्रभाव पार्न सक्छ।
प्रतियोगितामा किन सहभागी हुने?
डिजिटल नवप्रवर्तनले किसानहरूको काम गर्ने तरिका, जडान र उत्पादन प्रक्रिया बदल्दैछ। स्मार्ट फार्मिङ उपकरण, बजार पहुँच प्लेटफर्म वा जलवायु मैत्री प्रविधि विकास गर्ने उद्यमहरूले किसान र समुदायमा प्रत्यक्ष प्रभाव सिर्जना गरिरहेका छन्। यस प्रतिस्पर्धाले यी समाधानहरूलाई विस्तार गर्न पुँजी, प्राविधिक सहयोग र मार्गदर्शन प्रदान गर्नेछ।
मुख्य क्षेत्रहरू:
- कृषि-प्रविधि: प्रेसिजन फार्मिङ, तथ्याङ्क–आधारित सल्लाह, डिजिटल इनपुट प्रणाली
- बजार पहुँच: ई–कमर्स प्लेटफर्म, डिजिटल सहकारी, बजार जडान उपकरण
- वित्तीय समावेशीकरण: डिजिटल वित्त, कृषि–बीमा, फिनटेक समाधान
- जलवायु–मैत्री: दिगो श्रोत उपयोग, अनुकूलन प्रविधि, कार्बन–स्मार्ट कृषि
- खाद्य प्रणाली नवप्रवर्तन: पोषण, ट्रेसबिलिटी, प्रशोधन, मूल्य संवर्धन समाधान
कसले दिन सक्छन् आवेदन:
नेपालको कृषि–खाद्य क्षेत्रमा स्केलेबल डिजिटल समाधान दिने स्टार्टअप, उद्यम र टोलीहरू। दर्ता भएका व्यवसाय र नवीन पाइलट परियोजनाहरू दुवैलाई आवेदन दिन प्रोत्साहित गरिएको छ।
छानिएका सहभागीहरूले पाउने लाभ:
- पुँजी सहयोग र प्राविधिक मार्गदर्शन
- क्षेत्रीय विशेषज्ञहरूसँग व्यक्तिगत परामर्श
- प्रमुख सरोकारवालाहरूसँग समाधान प्रस्तुत गर्ने विशेष अवसर र दृश्यता
आवेदनको अन्तिम मिति: २० मङ्सिर २०८२
अहिले आवेदन दिनुहोस्: [लिङ्क यहाँ]









