Nep
Eng
Nep
Eng

This post is also available in: English

अब ड्राफ्ट र टीटी सटही सुविधामा १२० दिनमा वस्तु आयात गर्न पाइने

अघिल्लो नियमअनुसार विदेशी मुद्रा सुविधा प्राप्त गरेपछि ९० दिनभित्र सामान आयात गर्नुपर्ने थियो। राष्ट्र बैंकले यो नियम संशोधन गरी समयावधि १२० दिनसम्म बढाएको छ।

नेपाल राष्ट्र बैंकले व्यवसाय तथा आयातकर्तालाई सहजीकरण गर्न विदेशी विनिमय कारोबार सम्बन्धि केहि व्यवस्थामा संसोधन छ। राष्ट्र बैंकले लेटर अफ क्रेडिट, बैंक ड्राफ्ट र टेलिग्राफिक ट्रान्सफर  मार्फत सामान आयातका लागि विदेशी मुद्रा सुविधा प्रदान गरेपछि सामान र सेवाहरूको आयातको समयावधि थप गरेको हो।

अब ड्राफ्ट र टीटी सटही सुविधा लिएका आयातकर्ताहरुले १२० दिन सम्ममा वस्तु आयात गर्न पाउने भएका छन्। अघिल्लो अवस्थामा सटही सुविधा लिएको ९० दिनमा वस्तु आयात गर्नुपर्ने व्यवस्था रहेको थियो।

तर पटक-पटक (आंशिक रूपमा) सटही सुविधा लिएको तर एकै पटक सामान ढुवानी हुने अवस्थामा पहिलो पटक सटही लिएको १२० दिन भित्र सामान आयात गरिसक्नु पर्ने छ।

विज्ञापनहरू

त्यसैगरि, राष्ट्र बैंकले वस्तु तथा सेवा आयातमा प्रक्रियागत ढिलाइका कारण तोकिएको अवधिमा कागजातहरू पेश गर्न नसकिने विभिन्न चुनौतीहरूलाई ध्यानमा राख्दै सक्कल कागजातहरू पेश गर्ने म्याद पनि थप गरेको छ।

प्रतिलिपि कागजातका आधारमा विदेशी विनिमय नियमित गर्ने फारम भरेको ६० दिनमा सक्कल कागजात पेश गर्न सकिनेछ। अघिल्लो अवस्थामा सो समयावधि ४५ दिन रहेको थियो। 

फारम भरेको ६० दिनमा सक्कल कागजात पेश नगरिएमा सोही आयातकर्तालाई पुनः प्रतिलिपि कागजातका आधारमा अर्को विदेशी मुद्रा विनिमय नियम फारम जारी नगरिने पनि राष्ट्र बैंकले जनाएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू