Nep
Eng
Nep
Eng

This post is also available in: English

अफ्ठ्यारोमा परेका लघुवित्तका ॠणीहरूकोलागि राष्ट्र बैंकको सहुलियत

परिस्थितिजन्य कारणले ॠण नियमित गर्न नसकिरहेका ॠणीहरूलाई कर्जा चुक्ता गर्न भुक्तानी अवधि बढीमा थप ३ वर्षसम्म थप्न सकिने ।
Image Source: Upakar Microfinance Bittiya Sanstha Limited (ULBSL)

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूकालागि आफ्नो पहिलाको निर्देशनमा केही संशोधनहरू गर्दै लघुवित्त संस्थाहरुलाई ॠण पुनर्संरचना वा पुनर्तालिकाको व्यवस्थाको सहुलियत दिएको छ। 

जस अन्तर्गत परिस्थितिजन्य कारणले ॠण भुक्तानी/नियमित गर्न नसकिरहेका ॠणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गरी आवश्यकता र औचित्यको आधारमा भुक्तानी अवधि बढीमा थप ३ वर्षसम्म थप्न सकिने व्यवस्था गरेको छ।

अद्यावधिक परिपत्रले परिस्थितिजन्य कारणले ॠण भुक्तानी गर्न नसक्ने ॠणीहरूकोलागि एक पटककोलागि सो व्यवस्था गरेको हो। तर, लघुवित्त संस्थाहरूले प्रत्येक ॠणीका लागि यस्ता सिफारिसको आवश्यकता र आधार प्रमाणित गर्नुपर्नेछ।

विज्ञापनहरू

ॠणको पुनर्संरचना वा पुनर्तालिका २०८१ पौष मसान्त भित्र सम्पन्न गर्नुपर्नेछ।

निर्देशनले पुनर्संरचना वा पुनर्तालिका प्रक्रियाको समयमा ॠणीहरूलाई कुनै पनि शुल्क, जरिवाना, वा थप शुल्क लगाउन निषेध गरेको छ।

ॠण पुनर्संरचना वा पुनर्तालिका भएपछि, लघुवित्त संस्थाहरूले ॠणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्नेछ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Image Source: Upakar Microfinance Bittiya Sanstha Limited (ULBSL)