विस्तार हुँदै छुर्पी बजार र प्रस्तावित नयाँ मापदण्ड

हिमालयन छुर्पी — केहि वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कुकुरको आहाराको रूपमा स्थापित भैसकेको छ। नयाँ गुणस्तर मापदण्ड लागू भएपछि यस नेपाली उत्पादनले प्रिमियम विकल्पको रूपमा स्थान बनाउने अपेक्षा गरिएको छ।
Photo: Krish Dulal via Wikimedia Commons

केहि नमुना उत्पादनहरूले लघु, साना तथा मझौला उद्यमकालागि नयाँ अवसरहरू प्रदान गर्छन्।

तीमध्ये हो छुर्पी (वा भनौ हिमालयन छुर्पी) जसको अन्तर्राष्ट्रिय बजार, मुख्यता अमेरिकामा, माग बढ्दै गएको पाइन्छ।

हिमालयन पेट सप्लाईको पहलबाट सुरु गरिएको हिमालयन याक छुर्पीलाई ‘डग च्यु’ (कुकुरले चपाउने आहार) को रुपमा रुपान्तरण भएको धेरै भएको छैन। यस उत्पादन अन्तर्राष्ट्रिय बजारमा लाभदायी उत्पादनको रुपमा स्थापित नै गरिसकेको छ। 

२०८०/८१ मा छुर्पीको नेपालको कुल निर्यात मूल्य रू ३.१८ अर्ब रहेको छ। र यो २६ देशहरूमा विस्तारित भैसकेको छ। यस मध्ये संयुक्त राज्य अमेरिका प्रमुख निर्यात गन्तव्य रहेको छ| जसले कुल निर्यात मात्रा मध्ये ८७.१८% ओगटेको छ। 

यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा भने निर्यात रू ७८.६ करोड पुगिसकेको छ।

 

छुर्पीको निर्यात मूल्य र वृद्धि दर (२०७४/७५-२०/८१)

आर्थिक वर्ष निर्यात मूल्य (अर्बमा) वृद्धि दर (प्रतिशत)
२०७४/७५ ०.८५
२०७५/७६ १.०५ २३.५३
२०७६/७७ १.२३ १७.१४
२०७७/७८ १.९६ ५९.३५
२०७८/७९ २.९१ ४८.४७
२०७९/८० ३.४० १६.८४
२०८०/८१ ३.१८ -६.४७

 

मुख्य निर्यात बजारहरू:

देश परिमाण (किलोमा) निर्यात मूल्य (हजारमा)
संयुक्त राज्य अमेरिका १,४३५,८५३ २,७६१,३९३
क्यानडा १२३,८२२ २६६,३८९
संयुक्त अधिराज्य १६,७१५ ४३,२६७
जापान १४,१११ २८,०२६
हङकङ १०,५६८ ९,६६१
चीन ९,०५० २,००९
कोरिया गणराज्य ८,५७१ १८,०७६
सिंगापुर ४,७२५ १०,४१५
मलेसिया ४,५८६ १०,८३०
चेक गणराज्य ३,५४० २९८

 

आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा  निर्यातमा थोरै गिरावट आएको तथ्याङ्कले देखाए पनि विभिन्न समाचारले जनाए अनुसार यो गिरावट निर्यात मापदण्डको आवश्यकताका कारण भएको हो। तथापि, समग्र वृद्धि हेर्ने हो भने कुकुरको आहाराको विकल्पको रूपमा यसको लोकप्रियता बढ्दो रहेको र बजारमा यसको थप सम्भावना रहेको जनाउंछ।

बढ्दो निर्यात वृद्धिलाई मध्यनजरलाई राखेर खाद्य प्रविधि र गुण नियन्त्रण विभागले पनि यसको लागि गुणस्तर मापदण्ड आवश्यक रहेको महसूस गरेको छ| जसले यो प्रोटीन-समृद्ध उत्पादनले अन्तर्राष्ट्रिय मापदण्ड र फाइटोसेनिटरी नियमहरू पुरा गर्न सुनिश्चित गरोस्।

यसै अनुरूप कृषि र पशुपन्छी विकास मन्त्रालयले छुर्पी सम्बन्धित खाद्य सुरक्षा, उत्पादन प्रक्रिया र प्याकेजिंग गुणस्तर सम्बन्धि महत्त्वपूर्ण रहेका मापदण्डको मस्यौदा विश्व व्यापार संगठन समछ पेश गरिसकेको छ ।

प्रस्तावित मापदण्डमा उल्लेख गरिए अनुसार गाई, चौंरी गाई र भैंसीको प्रशोधित दूधबाट बनाइएका सबै छुर्पीमा निर्दिष्टित चिल्लो मात्रा समावेश हुनुपर्नेछ: उच्च चिल्लो मात्राको छुर्पीमा ५% भन्दा बढी दूधको चिल्लो पदार्थ र कम चिल्लो छुर्पीमा ५% भन्दा कम दूधको पदार्थ हुनुपर्ने (कम चिल्लो बोसोको  मुख्य रूपमा कुकुरले चपाउने आहारका  रूपमा प्रयोग गरिन्छ)।

 

अन्य गुणस्तर मापदण्डहरू यस प्रकार छन्:

गुणस्तर मापदण्ड उच्च चिल्लो छुर्पी कम चिल्लो  छुर्पी
अधिकतम आर्द्रता (%) १४ १४
दूधको कुल प्रोटीन* (सुख्खा  तौलको  आधारमा – न्यूनतम % मा) ६० ६०
कुल भष्म  (सुख्खा तौलको आधारमा- अधिकतम % मा)  ७  ७

*प्रोटीन = नाइट्रोजन x ६.३८

 

यस बाहेक मापदण्ड अनुसार छुर्पीहरू जैविक तथा अजैविक अखाद्य मिलावट, जस्तै: ढुंगा, बालुवा, काँच वा प्लास्टिकका टुक्रा, कपाल, रौ, किरा, फंगस, कीटबाट पूर्ण रुपमा मुक्त हुनुपर्नेछ।