फिनल्याण्डको एक गैरसरकारी संस्था—फिन चर्च एडले ‘आरोही’ नामक कार्यक्रमको घोषणा गरेको छ। छ महिनाको यस कार्यक्रमले आफ्नो व्यवसाय सुरु गर्न वा वा विस्तार गर्न १८ वर्ष र सोभन्दा माथिका महिला उद्यमीहरूका लागि तयार पारिएको हो। आरोही सांस्कृतिक अवरोध र लैङ्गिक असमानताहरू पार गर्दै महिलाहरूलाई सशक्त बनाउन, उनीहरूलाई आत्मविश्वासका साथ नेतृत्व गर्न, सुझाव अँगाल्न र अन्तर्दृष्टिलाई कार्यमा परिणत गर्न सक्षम हुने गरि तयार गरिएको छ।
कार्यक्रमले समावेशीकरणमा बलियो जोड दिदैं सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई प्राथमिकता दिने छ। कार्यक्रमका लागि ३० जना उद्यमीहरू छनोट गरिनेछ, जसको लागि प्रति महिना १५-२० घण्टाको प्रतिबद्धता आवश्यक पर्नेछ।
काठमाडौं क्षेत्रमा आधारित हुने यो कार्यक्रमको लागि दर्ता गर्ने अन्तिम मिति बैशाख १७, २०८२ हो। सबै आवेदकहरूले दर्ताको समयमा नागरिकता वा राहदानी पेश गर्नुपर्छ।
कार्यक्रमले के प्रदान गर्नेछ?
यो कार्यक्रमले सहभागीहरूलाई अनुभवी सल्लाहकारहरूबाट व्यक्तिगत मार्गदर्शन प्रदान गर्छ, जसअन्तर्गत एक-एक परामर्श सत्रहरू उपलब्ध गराइन्छन्।
कार्यक्रम भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट सञ्चालन हुनेछ, जसमा उद्यमशीलताको आधारभूत पक्ष, कानुनी अनुपालन, नेतृत्व विकास, नवप्रवर्तन र व्यवसाय विस्तार (स्केलिङ) रणनीतिहरूमा केन्द्रित चार एकीकृत मोड्युलहरू समावेश छन्।
यसका अतिरिक्त, प्रयोगकर्ता-मैत्री डिजिटल पोर्टलमार्फत गाइड, भिडियो सामग्री, ब्लग, र केस स्टडीहरूजस्ता सजिलो र उपयोगी श्रोतहरू उपलब्ध गराइनेछ, जसले प्रशिक्षण अनुभवलाई अझ प्रभावकारी बनाउनेछ। यो प्लेटफर्मले वित्तीय पहुँच, प्रशासनिक प्रक्रिया सरल बनाउने, र सरकारी योजनाहरूलाई चरणबद्ध रूपमा बुझ्न सहयोग पुर्याउने उद्देश्य राख्दछ।
‘आरोही’ फिनल्याण्डको गैरसरकारी संस्था फिन चर्च सहायता (एफसिए) द्वारा सुरु गरिएको कार्यक्रम हो, जसलाई नेपालमा फिनल्याण्डको दूतावास र फिनिश महिला नेतृत्वको विकास कोष, नाइस्टेन पङ्की (महिला बैंक) बाट वित्तीय सहयोग प्राप्त छ।
कार्यक्रमको लागि दर्ता लिंक लिङ्क तल दिइएको छ: