महको बजारीकरणकालागि कर्णालीमा ‘प्रथम प्रादेशिक मह प्रदर्शनी मेला-२०८१’

प्रदर्शनी मेलामा मह उत्पादन, बजारीकरण र यसको मूल्य र महत्वको बारेमा चेतना जगाउने उद्देश्यले कर्णालीका १० जिल्लाका मह प्रदर्शन गरिनेछ।
तस्बिर: नेपाल मौरीपालक महासंघ

महको बजारीकरणकालागि कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला-२०८१ संचालन भैरहेको छ। 

नेपाल मौरीपालन कृषक महासङ्घ र कर्णाली प्रदेशको सहकार्यमा सो मेला माघ १ मङ्गलबारदेखि सुरु भएको हो र माघ ३ मा समापन हुनेछ।

राष्ट्रिय समाचार समितिका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाद्य, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याट लगायत सामग्री प्रदर्शनमा राखिएका छन्।

विज्ञापनहरू

मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्व र यसको पहिचानमा टेवा पुग्ने आशा गरिएको छ। उक्त मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको छ।

यसैगरि केहि समय अघि चितवनमा पनि मह महोत्सव आयोजना गरिएको थियो जहाँ चिउरी, रुडिलो, तोरी, लिची, जामुन र फापरको मह नि:शुल्क चाख्न राखिएको थियो। सो महोत्सव प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत आयोजना गरिएको थियो।

काठमाडौँमा पनि २०८१ को वैशाख २६ गते पाँचौं राष्ट्रिय मह मेला आयोजना भएको थियो। पाँच दिने उक्त मेला मह तथा मौरीपालनबारे सूचना प्रदान गर्ने र स्थानिय महको बजारीकरणका साथै भिर, खागो पुट्का र थौरी प्रजातिहरू सहित स्थानीय र स्वदेशी मौरीहरूको बिक्री र वितरण उदेश्य सहित आयोजना गरिएको थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
तस्बिर: नेपाल मौरीपालक महासंघ