Nep
Eng
Nep
Eng

This post is also available in: English

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

अध्यक्ष मनबहादुर रोकाका अनुसार, स्याउखेतीमा रु १.५ लाख लगानी भएको छ भने अनुदानमा बिरुवा पाएकाले धेरै खर्च भएको छैन। यस वर्ष करिब ४ क्विन्टल स्याउ उत्पादन भएको छ।
तस्बिर: रासस

 


 

ढोरपाटन (बागलुङ), ३० साउनः छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ।

रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन्। प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो।    जातका स्याउको बिरुवा लिएर लगाउनुभएका रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन्। उहाँको बगान चार रोपनीमा फैलिएको छ। उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ। अध्यक्ष रोकाले भन्नुभयो, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु।”

स्याउखेतीका निम्ति उहाँले रु एक लाख ५० हजार लगानी गरेको बताउनुभयो। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन। यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो।

विज्ञापनहरू

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउनुहुन्छ। ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ। जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले  बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताउनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस