द स्टार्टअप फेस्टिभल पुष ७ मा हुँदै

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सी.एन.आई.वाई.ई.एफ) को आयोजनामा ‘द स्टार्टअप फेस्टिभल २०२३’ यही पुष ७ गते हुने भएको छ। एक उद्यमीको रूपमा तपाईंका लागि नेपालको स्टार्टअप परिवेश बुझ्नुका साथसाथै तपाईंको सफलताको यात्रामा मद्दत पुर्याउने अमूल्य ज्ञान र अन्तरदृष्टि प्राप्त गर्ने उत्कृष्ट अवसर हुन सक्छ। यस कार्यक्रमको लागि सी.एन.आई.वाई.ई.एफ निम्न ११ कम्पनीहरूसँग साझेदारी गरेको छ। […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सी.एन.आई.वाई.ई.एफ) को आयोजनामा ‘द स्टार्टअप

फेस्टिभल २०२३’ यही पुष ७ गते हुने भएको छ।

एक उद्यमीको रूपमा तपाईंका लागि नेपालको स्टार्टअप परिवेश बुझ्नुका साथसाथै तपाईंको सफलताको यात्रामा मद्दत पुर्याउने अमूल्य ज्ञान र अन्तरदृष्टि प्राप्त गर्ने उत्कृष्ट अवसर हुन सक्छ।

यस कार्यक्रमको लागि सी.एन.आई.वाई.ई.एफ निम्न ११ कम्पनीहरूसँग साझेदारी गरेको छ। यी कम्पनिहरुसँग स्टार्टअपमा लगानी गर्नका लागि कुल रू. २५ अर्ब रहेको भनिएको छ।

  • एन.एम.बि क्यापिटल
  • हिमालय क्यापिटल
  • ग्लोबल इक्विटी फन्ड
  • टिम भेन्चर्स
  • टेलि भेन्चर्स
  • नियोटेरिक
  • लोटस होल्डिंग्स
  • एन.आई.एम.बि एस क्यापिटल
  • अवसर
  • विश्वसनीय नेपाल लाइफ इन्स्योरेन्स
  • आध्यन्त फन्ड म्यानेजमेन्ट

कार्यक्रममा यी गतिविधिहरू हुनेछन्:

  • स्टार्टअपहरूद्वारा प्रस्तुति र पिचिङ
  • प्यानल छलफल र उद्योग नेताहरु द्वारा वक्ता सत्र
  • रोबोट युद्ध
  • ह्याकाथन
  • “बियर डेटिङ”
  • उत्पादन/सेवा प्रदर्शनी

यस कार्यक्रमका लागि तपाईं यहाँ दर्ता गर्न सक्नुहुन्छ।