Nep
Eng
Nep
Eng

This post is also available in: English

तराईको कृषि सहकारीलाई अनुदानको अवसर

धनुषा र महोत्तरीका २० साना तथा ठूला कृषि सहकारीले ‘कोइका–जीजीजीआई जलवायु मैत्री कृषि परियोजना’ मार्फत २०,००० र ४९,५०० डलर अनुदान पाउन सक्ने छन् ।
तस्बिर: विकिमिडिया

विश्वव्यापी हरित वृद्धि संस्था (जिजिजीआई) नेपालले कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोईका) सँगको सहकार्यमा ‘तराई कृषि व्यवसाय र उद्यम चुनौती कोष’ को च्याम्पियनसिप चरण सुरु गरेको छ|आवेदन ७ बैसाख, २०८२ सम्म खुला रहने छ। 

यो पहल मधेश प्रदेश, विशेष गरी धनुषा र महोत्तरी जिल्लामा रहेका कृषि सहकारी संस्थाहरूलाई समावेशी र जलवायु-मैत्री कृषि व्यवसाय मोडलहरू विस्तार गर्न सशक्त बनाउने उद्देश्यले ल्याइएको हो।

अनुदान तथा मापदण्ड

यो पहल अन्तर्गत २० वटा कृषि सहकारी संस्थाहरूलाई अनुदान प्रदान गरिनेछ, जस अन्तर्गत १० वटा साना तथा उदाउँदा सहकारीहरूले २०,००० डलरको अनुदान पाउनेछन् भने १० वटा ठूला सहकारीहरूले ४९,५०० डलरको अनुदान प्राप्त गर्नेछन्।

विज्ञापनहरू

अनुदान पाउनका लागि केही मापदण्ड तथा योग्यताहरू पुरा गर्नु आवश्यक छ।

योग्यता

१. नेपाल सरकारको सहकारी ऐन अन्तर्गत दर्ता भएको उत्पादक सहकारी हुनुपर्ने।

२. मधेश प्रदेशको धनुषा वा महोत्तरी जिल्लाभित्र सञ्चालनमा रहनुपर्ने।

३. न्यूनतम ४०% सह-लगानी क्षमता हुनुपर्ने।

४. कृषि व्यवसाय/मूल्य श्रृंखला सम्वर्धन गतिविधिमा संलग्न भइसकेको वा हाल संलग्न हुनुपर्ने।

५. सशक्त प्रशासनिक र वित्तीय प्रणाली भएको हुनुपर्ने।

अपेक्षित प्रभाव

यो अनुदान केवल आर्थिक सहायता मात्र होइन, यसले ग्रामीण जीवनस्तर सुधार, बजार पहुँच विस्तार र दिगो रोजगारीको सिर्जना जस्ता बहुआयामिक सामाजिक-आर्थिक उद्देश्यहरू पूरा गर्न सहयोग पुर्‍याउनेछ।

आवेदन पेश गर्ने जानकारी

रुचि भएका सहकारी संस्थाहरूले आवश्यक सबै कागजातहरू सहितको आवेदन निम्न लेखित इमेलमा पठाउन सक्नुहुन्छः
[email protected]

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: विकिमिडिया