Nep
Eng
Nep
Eng

This post is also available in: English

डिशहोम र ‘डल्ले’ बीच डल्लेका आउटलेटमा विशेष छुट साझेदारी

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर श्री आलोक योन्जोन,डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर, श्री आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

 


 

काठमाडौं, नेपाल—डीटीएच सेवा प्रदायक डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट

यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

डल्लेका प्रबन्ध निर्देशक आलोक योञ्जन र डिशहोमका उप-प्रमुख उत्पादन अधिकारी आदित्य भट्टराई बीच समझधारीमा हस्ताक्षर भएको हो।

लेख सेयर गर्नुहोस्