डिशहोम गोका ग्राहकहरूका लागि नेपाली चलचित्र सेन्टीभाइरस, डेसान र सर्टफिल्म दुई–चार दिन उपलब्ध भएका छन्।
चुनावी माहोल, दाउपेच र हास्यरसले भरिएको सेन्टीभाइरस ले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्छ भने सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा पर्ने प्रभावलाई चित्रण गरेको डेसान ले दर्शकलाई सोचमग्न बनाउँछ।
यी चलचित्रहरू पुराना भए पनि सिनेमाघरमा हेर्न छुटाएका दर्शकहरूका लागि डिशहोम गोले पे–पर–भ्यु सेवामार्फत हेर्न सकिने सुविधा ल्याएको छ। साथै, नेपाली सर्टफिल्महरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहे पनि स्वदेशी दर्शकहरूका लागि सहज रूपमा उपलब्ध नहुँदै आएको अवस्थामा डिशहोम गोले नेपाली सर्टफिल्महरूलाई पनि समेट्दै आएको छ।
यी दुई चलचित्रसँगै भिनेश राज मौर्य निर्देशित सर्टफिल्म दुई–चार दिन पनि दर्शकहरूले डिशहोम गोमार्फत हेर्न सक्नेछन्।







