औद्योगिक व्यवसाय नियमावली,२०७८ 

औद्योगिक व्यवसाय नियमावलीको उद्देश्य स्वस्थ प्रतिस्पर्धा, उत्पादक उद्योग र आयात प्रबन्ध गर्दै निर्यात प्रवर्द्धन वरिपरि केन्द्रित बलियो अर्थतन्त्रलाई बढावा दिनु थियो | यसको उद्देश्य घरेलु उत्पादन लाई बढवा दिनुका साथै स्वदेशी उत्पादनले रोजगारीका अवसरहरू सृजना गर्छ, औद्योगिक विकासलाई सहज बनाउँछ र प्राकृतिक, भौतिक र मानव श्रोतको प्रभावकारी उपयोग गरी लगानी मैत्री वातावरण बनाइनेछ |
Building permit abstract concept vector illustration. Official approval, contractor service, property remodeling project, house blueprint, application form, real estate business abstract metaphor.

नेपाल सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६७ बमोजिम औद्योगिक व्यवसाय नियमावली, २०७८ लागू गरेको छ । यो नियमावली २१ चैत्र २०७८ देखि लागु भएको थियो | 

औद्योगिक व्यवसाय नियमावलीको उद्देश्य स्वस्थ प्रतिस्पर्धा, उत्पादक उद्योग र आयात प्रबन्ध गर्दै निर्यात प्रवर्द्धन वरिपरि केन्द्रित बलियो अर्थतन्त्रलाई बढावा दिनु थियो | यसको उद्देश्य घरेलु उत्पादन लाई बढवा दिनुका साथै स्वदेशी उत्पादनले रोजगारीका अवसरहरू सृजना गर्छ, औद्योगिक विकासलाई सहज बनाउँछ र प्राकृतिक, भौतिक र मानव श्रोतको प्रभावकारी उपयोग गरी लगानी मैत्री वातावरण बनाइनेछ |

तपाईंले आफ्नो सबै उद्योग दर्ता गर्न आवश्यक छ |

अनुलग्नक १ मा उल्लेख गरिए अनुसार आवेदनको साथमा निम्न कागजातहरू जम्मा गर्नुपर्छ :

  • नेपालको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा विदेशी नागरिक भामा राहदानीको प्रतिलिपि, 
  • निवेदक फर्म भएमा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि वा कम्पनि भएमा कम्पनि दर्ताको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
  • निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भएमा सोको अख्तियारी पत्र,
  • विदेशी लगानीमा उद्योग संचालन गर्ने भएमा विदेशी लगानी स्वीकृति भएको पत्र, 
  • साझेदारीमा उद्योग स्थापना गर्न चेको भएमा साझेदारबीच भएको सम्झौताको प्रतिलिपि, औद्योगिक व्यवसाय नियमावली,२०७८ को अनुसूची-१ मा उल्लिखित उद्योगको हकमा बोर्डबाट प्राप्त अनुमति पत्र |

 

यदि सबै नियम अनुसार भयो भने  आवेदकलाई उद्योग दर्ता प्रमाणपत्र प्रदान दिइनेछ |

उजुरी गर्न सक्ने :

विभागले उद्योग दर्ता गर्न अस्वीकार गरेको निर्णयउपर चित्त नबुझ्ने पक्षले मन्त्रालयमा उपनियम-१ बमोजिम उजुरी दिँदा देहायका कागजात समेत संलग्न गर्नु पर्नेछ:-

  • विभागले गरेको निर्णयको प्रतिलिपि,
  • उद्योग दर्ताको लागि विभागमा पेश गरेको विवरण र कागजातको प्रति,
  • आफ्नो उजुरीको व्यहोरा पुष्टि गर्ने अन्य प्रमाण कागजात |

 

उद्योग स्थानान्तरण गर्ने स्वीकृतिको लागि निवेदन दिँदा देहायका कागजात र विवरण सहित निवेदन दिनु पर्नेछ:-

  • अघिल्लो आर्थिक वर्षसम्मको लेखापरीक्षण प्रतिवेदन,
  • अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,
  • वातावरणीय अध्ययन प्रतिवेदन पर्ने उद्योगको हकमा प्रचलित कानूनबमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन,
  • उद्योग संचालन गर्दा ऐन वा प्रचलित कानून बमोजिम कुनै छुट, सुविधा वा सहुलियत प्राप्त गरेको भए त्यस्तो छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निकायको सहमति,
  • अनुसूची-२ बमोजिमको परियोजनाको अद्यावधिक विवरण |

 

कुनै उद्योगले आफ्नो विद्यमान पूंजी वृद्धि, क्षमता वृद्धि वा उदेश्य थप वा परिवर्तन गर्नको लागि देहायका कागजात र विवरणसहित दर्ता गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ:- 

  • अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, 
  • अधुल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, 
  • अनुसूची-१३ बमोजिमको उद्योगको अद्यावधिक विवरण,
  • उद्योगको पूंजी वृद्धि, क्षमता वृद्धि वा उदेश्य थप वा परिवर्तन गर्ने सम्बन्धमा सम्बन्धित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेको भएमा सोको प्रतिलिपि,
  • साझेदारी फर्म भए साझेदार बिचको सम्झौताको प्रतिलिपि,
  • प्रचलित कानून बमोजिम कुनै निकायको सिफारिस आवश्यक पर्ने भए सम्बन्धित निकाको सिफारिस पत्र,
  • वातावरणीय अध्ययन प्रतिवेदन आवश्यक पर्ने उद्योगको हकमा प्रचलित कानून बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन |

 

उद्योगको दर्ता खारेजीका लागि देहायको कागजात र विवार्ण संलग्न गरि निवेदन दिनु पर्नेछ:-

  • लिक्विडेटर नियुक्त गरेको भए त्यस्तो लिक्विडेटर पेश गरेको उद्योगको खारेजी सम्बन्धि प्रतिवेदन,
  • लिक्विडेटर नियुक्त नगरेको भए मान्यता प्राप्त मुल्यांकनकर्ताबाट तयार गरिएको उद्योगको जायजेथा मूल्यांकन प्रतिवेदन तर एक करोड रुपैयाँसम्म स्थिर पूंजी भएको उद्योगको हकमा उद्योगले पेश गरेको जायजेथा मुल्यांकन प्रतिवेदन मान्य हुनेछ |
  • उद्योगमा कार्यरत श्रमिक लगायतका सम्पूर्ण कर्मचारीप्रतिको दायित्व फरफारख गरेको प्रमाणित हुने विवरण वा कागजात,
  • उद्योगले सरकारी दायित्व तथा अन्य दायित्व फरफारख गरेको प्रमाणित हुने विवरण वा कागजात,
  • अघिल्लो आर्थिक वशको कर चुक्ता प्रमाणपत्र,
  • उद्योग दर्ता प्रमाणपत्रको सक्कल प्रति,
  • अघिल्लो आर्थिक वर्षसम्मको लेखा परिक्षण प्रतिवेदन र 
  • उद्योगको विरुद्द कुनै अदालत वा न्यायिक निकायमा मुद्दा विचाराधीन नरहेको भनि सम्बन्धित उद्योगले गरेको स्व:घोषणा |

 

महिला उद्यमीको लागि थप सुविधा: व्यवसायको वित्तीय स्थितिको आधारमा महिला उद्यमीलाई देहायबमोजिमको निर्यात कर्जा बैंकिङ प्रणाली मार्फत उपलब्ध गराउन सकिनेछ:-

  • लघु उद्यमको लागि पाँच लाख रुपैयाँसम्म,
  • घरेलु उद्योगको लागि प्रन्ध लाख रुपैयाँसम्म,
  • साना उद्योगको लागि बिस लाख रुपैयाँसम्म,
  • मझौला उद्योगको लागि तिस लाख रुपैयाँसम्म,
  • ठुला उद्योगको लागि पचास लाख रुपैयाँसम्म |

 

थप सुविधा तथा सहुलिय उपलब्ध गराउन सक्नेछ:-

  • कुल कामदारमध्ये कम्तिमा पचास प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति कामदार रहेको, 
  • कम्तिमा असी प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने,
  • पूर्ण रुपमा हरित उर्जाको प्रयोग गर्ने |

 

विदेशी लगानीमा स्थापित उद्योगले विदेशस्थित मूल कम्पनीबाट उत्पादित वस्तु आयातको लागि अनुमति लिने देहायको विवरण खुलाई विभागमा निवेदनमा दिन सक्नेछ:-

  • आयात गर्ने वस्तुको प्रकृति, परिणाम र समयावधि,
  • आयात हुने वस्तुबाट नयाँ वस्तुको उत्पादन, बजार विकास तथा प्रवर्द्धनमा पुग्ने योगदान |

 

आफुलाई आवश्यक पर्ने जग्गा आफैले खरिद गर्न नसकेमा त्यस्तो जग्गा खरिद वा जग्गा उपलब्ध गराउनको लागि समन्वय र सहजीकरण गरिदिन उद्योग दर्ता गर्ने निकायमा लिखित रुपमा अनुरोद गर्नु पर्नेछ:-

  • राष्टिय प्राथमिकता प्राप्त उद्योग,
  • आफ्नो उत्पादनको कम्तीमा साथि प्रतिशत उत्पादन निर्यात गर्ने उद्योग,
  • अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्रमा स्थापना हुने मझौला र ठुला उद्योग,
  • कम्तिमा पाँच सयजना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उद्योग,
  • दश अर्ब रुपैयाँभन्दा बढी स्थिर पूंजी लगानी भएको उद्योग,
  • कम्तीमा पचास प्रशित स्वदेशी कच्चा पदार्थमा आधारित वा आयातित कच्चा पदार्थ भए कम्तिमा पचास प्रतिशत मूल्य अभिवृद्धि हुने मझौला र ठुला उद्योग |

 

उद्योग दर्ता गर्ने निकायले त्यस्तो अनुरोद मनासिब ठानेमा त्यस्तो उद्योगलाई जग्गा उपलब्ध गराउने कार्यमा एकल बिन्दु सेवा केन्द्रमार्फत सम्बन्धित जग्गा धनि, स्थानीय तह वा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहजीकरण गरि दिनेछ |

रुग्ण उद्योगको वर्गीकरण:

 पूर्ण रुग्ण उद्योग 

१.पछिल्ला तीन वर्षदेखि लगातार घाटामा संचालन भई उद्योगको पूंजी सत्तरी प्रतिशतभन्दा बढीले कमि भएको,

२.पछिल्ला तिन वर्षसम्म लगातार जडित क्षमताको बिस प्रतिशतभन्दा कम क्षमतामा संचालनमा रहेको,

३.अन्य कुनै कारणले पछिल्ला तिन वर्षसम्म उद्योग पूर्ण रुपमा बन्द रहेको, 

४.ऐन तथा यस नियमावली बमोइम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलिय दिँदा पाँच वार्शबित्रमा नाफामा संचालन हुन् सक्ने देखिएको |

(ख) रूग्ण उद्योग  

१.पछिल्ला तीन वर्षदेखि लगातार घाटामा संचालन भई उद्योगको पूंजी पचास प्रतिशतभन्दा बढीले कमि भएको,

२.पछिल्ला तीन वर्षसम्म लगातार जडित क्षमताको पच्चीस प्रतिशतभन्दा कम क्षमतामा संचालनमा रहेको,

३.नियतवश वा व्यवस्थापकीय कमजोरीको कारणबाहेक अन्य कुनै कारणले पछिल्ला दुई वर्षसम्म उद्योग पूर्ण रुपमा बन्द रहेको,

४.ऐन तथा यस नियमावलीबमोजिम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलिय दिँदा तीन वर्षभित्रमा नाफामा संचालन हुन सक्ने देखिएको |

 

रुग्ण उन्मुख उद्योग 

१.पछिल्ला तीन वर्षदेखि घाटामा संचालन भई उद्योगको पूंजी तीस

 प्रतिशतभन्दा बढीले कमि भएको,

२.पछिल्ला तीन वर्षसम्म लगारतार जडित क्षमताको तीस

 प्रतिशतभन्दा कम क्षमतामा संचालनमा रहेको,

३.अन्य कुनै कारणले पछिल्लो एक वर्षदेखि उद्योग पूर्ण रुपमा बन्द रहेको,

४.ऐन तथा यस नियमावलीबमोजिम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलिय दिँदा बढीमा दुई वर्षभित्रमा नाफामा अन्चालन हुन् सक्ने देखिएको |