एक कप कुराकानी — नवीन देवकोटा र उनको अप्रत्याशित लुम्ले कफी पसल

पोखराको भीडभाडबाट गाडीमा करिब ४५ मिनेट यात्राको दूरीमा पोखरा-बागलुङ राजमार्ग सँगसँगैको एक लेन सडकको छेउमा एउटा असामान्य र चिटिक्क परेको कफी पसल यात्रु र कफी प्रेमीहरूलाई पर्खिरहेको हुन्छ। यसकै छेउमा रहेको परिवार संचालित एउटा सामान्य कफी फार्म —लुम्ले कफी इस्टेट अहिले आफ्नो पहिलो फसलको पर्खाइमा छ। यस उद्यमशील यात्रा पछाडिको व्यक्ति नवीन देवकोटा हुन्, र […]

Lumle Coffee Estate | Photo by Nabin Devkota

पोखराको भीडभाडबाट गाडीमा करिब ४५ मिनेट यात्राको दूरीमा पोखरा-बागलुङ राजमार्ग सँगसँगैको एक लेन सडकको छेउमा एउटा असामान्य र चिटिक्क परेको कफी पसल यात्रु र कफी प्रेमीहरूलाई पर्खिरहेको हुन्छ।

यसकै छेउमा रहेको परिवार संचालित एउटा सामान्य कफी फार्म —लुम्ले कफी इस्टेट अहिले आफ्नो पहिलो फसलको पर्खाइमा छ।

यस उद्यमशील यात्रा पछाडिको व्यक्ति नवीन देवकोटा हुन्, र उनलाई साथ दिने उनकी आमा दुर्गादेवी देवकोटा, जो अहिले खेती सञ्चालन निरीक्षण गर्दै हुनुहुन्छ।

हामीले आठ रोपनी भाडाको जग्गामा बिरुवा खरिद गर्न, फार्म लेआउट, सिँचाइ व्यवस्थापन र पारिश्रमिकका लागि तीन लाख लागतका साथ सुरु गरेका थियौँकतारबाट फर्किएर २०१९ मा आफ्नो गाउँ लुम्लेमा फार्म सुरु गरि कफी व्यवसायमा हाम फलेका नवीनले भने। उच्च पहाडी क्षेत्रमा अवस्थित लुम्लेको पनि आफ्नै इतिहास र विशेषताहरू छन्।

कृषि क्षेत्र लुम्लेमा धान, मकै, गहुँ लगायतका थुप्रै बालीनाली र तरकारी खेति गरिन्छ। तर यसको कृषि महत्व भने अझ धेरै छ। सन् १९६८ मा बेलायती सरकारले सेवानिवृत्त गोर्खा सैनिकहरूलाई कृषि, पशुपालन र उत्पादकत्व बारे शिक्षा दिने मूल उद्देश्यका साथ लुम्लेमा कृषि तालिम केन्द्र स्थापना गरेको थियो।

यो केन्द्र पछि नेपाल कृषि अनुसन्धान परिषद् (एन.ए.आर.सी) को पश्चिमी क्षेत्रीय शाखामा परिणत गरिएर आजको लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (एल.आर.ए.आर.सी) बन्न पुगेको हो। साथै बाली, पशुपालन, र प्राकृतिक स्रोत व्यवस्थापनको अनुसन्धान केन्द्रका रूपमा स्थापित हुनेगरी यसका उद्देश्य पनि पुनर्संरचना गरिएको थियो।

अनुसन्धान केन्द्रमा चिया बगान, बाली र तरकारी बारी, र खरायो, भेडा र भैंसी पाल्ने फार्महरू छन् जुन आगन्तुक सबैका लागि खुला छन्। यी बारी र फार्महरू वनस्पति वा प्राणी उद्यान वा बेच्नका लागि नभएर खोजअनुसन्धानका लागि बनाईएका हुन्।

धेरै वर्षा हुने पहाडी गाउँ लुम्ले निकै हरित छ। नेपालका अन्य कुनै पनि क्षेत्रको तुलनामा सबैभन्दा बढी वार्षिक वर्षा हुने भएकाले यसलाई ‘नेपालको चेरापुञ्जी’ पनि भनिने कुरा सायद थोरैलाई मात्र थाहा छ। यहाँ हुने पर्याप्त वर्षाले पनि यस क्षेत्रको वनस्पति र वान्यजन्तुमा विविधता ल्याएको छ। र कफी खेति यस गाउँमा एउटा नयाँ प्रयास हो।

कफी उत्पादनको लागि अनुकूल उचाइ, तापक्रम र वर्षा जस्ता पूर्वावश्यकताहरुको उत्तम समायोजन भएको हुनाले यो लुम्लेको अर्को महत्त्वपूर्ण कृषि कार्य हुन सक्छ“, लुम्लेको कफी सम्भावनाको बारेमा नवीन बताउँछन्।

एक प्रवासी बारिस्टाबाट कफी किसान तथा उद्यमी – नवीनलाई के ले प्रेरित गर्यो?

दिगो र जैविक खेती विधिहरू प्रयोग गरी उच्च गुणस्तरको अरेबिका कफी बीन्स उत्पादन गर्न प्रतिबद्धित कफी किसान-उद्यमी नविनलाई पहिले कफीको बारेमा खासै ज्ञान थिएन।

उनले कतार जाने निधो गरेपछि उनका बुबाले राम्रो पैसा कमाई हुने भएकाले बारिस्टा तालिम लिन उनलाई सुझाव दिनुभयो।

१० दिनको तालिम लिएर नबिन कतार गए जहाँ उनले सुरुमा क्याफेहरूमा कफी र आइसक्रिम सर्भरको रूपमा काम गरे। उनको रुचि आफ्नो बारिस्टा सीप फराकिलो बनाउनमा थियो तर उनले गरिरहेको काममा भने त्यसका लागि अवसर थिएन।

फुल-टाईम बारिस्टा रोजगारी खोज्दै गर्दा एक सम्भावित रोजगारदाताले अन्तर्वार्ताको क्रममा उनलाई विभिन्न कफी प्रोसेसरहरूबारे प्रश्न गर्दा उनले स्पेसलटि कफीको संसारबारे थाहा पाए। यसबारे भने उनलाई त्यो समयमा खासै ज्ञान थिएन।

कफी नै कसरी उत्पादन हुन्छ भन्ने बारे कहिल्यै नसोचेका नवीनलाई स्पेसलटि कफीको संसार – यसको खेती, फसल, रोस्ट गर्ने प्रक्रिया र यसको आकर्षक अन्तर्राष्ट्रिय बजारबारे जिज्ञासा भयो।

मैले कतारमा विभिन्न कफी आउटलेटहरूमा गएर, र मेरा बारिस्टा प्रशिक्षकलाई पनि सबै प्रकारका प्रश्नहरू सोध्दै स्पेसलटि कफीमा आफ्नो अनुसन्धान सुरु गरें।”

एउटा क्याफेमा, नबिनले एक कप ग्रीन बीन केमेक्सलाई ३५ कतारी रियाल तिरे जबकि एउटा सामान्य एस्प्रेस्सो १० रियालमा पर्ने हुन्छ

यो खुलासा मेरो लागि मार्गदर्शक भयो।”

एक जानकार नवीन कतार छाडी आफ्नो नयाँ सपना पूरा गर्ने प्रयत्नमा आफ्नो थलो लुम्ले फर्किए। “यो एउटा कठिन निर्णय भएपनि सही हो भन्ने थाहा थियो”

र उनि सहि थिए। 

 

स्थिर र ध्यानपूर्ण विस्तार; ग्राहक अनुभव संवर्धन

लुम्ले कफी एस्टेट अहिले १२ रोपनी जग्गामा आफ्नै बीउ नर्सरीसहित फैलिएको छ। यसमा लगानी १९ लाख पुगेको छ भने नविन आफ्नो कफी आउटलेटमा ‘लुम्ले कफी एस्टेट’ ब्रान्ड अन्तर्गत स्थानीय कफी प्रशोधन र प्याकेज पनि गर्छन्।

यो सबै भन्दा पहिले नविनले कतारबाट फर्केपछि कास्की जिल्लामा अनुसन्धान सुरु गरे। उनले कफी खेतीमा अनुभव भएका तर बजार सम्पर्कको अभावका कारण यसको खेति छाडेका किसानहरूलाई भेटे र उनीहरूमध्ये केहीलाई कफी खेतीमा फर्कन राजी गराए।

त्यसपछि नविनले आफ्नै खेत सुरु गरे र स्थानीय क्षेत्रमा कफीको बीउ अंकुरण गर्न बीउ नर्सरी स्थापना गरे। यसका साथै उनले परीक्षण आधारमा त्यहिँका स्थानीय किसानहरूबाट पनि कफी स्रोतण गर्न थाले। पहिलो वर्ष उनले करिब ६५० किलो ताजा चेरी सङ्कलन गरे। तर पोखराका कफी प्रशोधकहरू भने उनको प्रशोधित कफीको उचित मूल्य तिर्न तयार थिएनन्।

यसले मलाई मेरो आफ्नै आउटलेट र आफ्नै ब्रान्ड सुरु गर्न उत्प्रेरित गर्यो।”

आज, नवीन आफ्नो उत्पादन कफी उत्साही र मुस्ताङ र कुश्मा जाने दिवा-यात्रीहरूलाई, पोखराका स्थानीय कफी पसल र क्याफेहरू र कहिलेकाहीं काठमाडौंका उपभोक्ताहरूलाई कुरियरहरू गरि बेच्छन्। उनको आउटलेटमा परम्परागत एस्प्रेसो आधारित पेयहरू, पोर ओभर र ब्रिउ लगायतका विभिन्न प्रकारका कफी पेयहरू पाउन सकिन्छ।

घरमै कफी बनाउनु एक रमाइलो र सन्तोषजनक अनुभव हुन सक्छ जसमा कफीको त्यो उत्कृष्ट कप बनाउने सर्वोत्तम तरिका खोज गर्न परिक्षण गर्नु आवश्यक हुन्छ, नविन त्यही उत्साहका साथ हामीलाई बुझाउँछन् जुन केही समयअघि ठाउँमा अचानक पुगेको हाम्रो टोलीका केही सदस्यहरूलाई सुनाएका थिए।

आफ्नो आउटलेटमा नबिन जोस र धैर्यता साथ ग्राहकहरूलाई विभिन्न रोस्ट र ब्रिउ गर्ने विधिहरू र कफी स्वाद लिने तरिकाहरू सिकाउँछन्जुन ग्राहकहरूको मन जित्ने एक रणनीतिक कदम पनि हो। “दुई वर्षमा, मैले ४० जनालाई कफी बनाउने विधि र संस्कृतिबारे तालिम दिएर उनीहरूलाई बुद्धिमानीपूर्वक कफी छनोट गर्न र घरमै आफैंले कफी बनाउन सक्षम बनाउन मद्दत गरेको छु।”

उनले आफ्नो लुम्ले समुदायका युवाहरूलाई बारिस्टा तालिम पनि दिन्छन्।

 

मात्रा र दक्षता को लागी योजना

कुनै पनि किसानको लागि, उसको पहिलो फसल आफ्नो खेती करियरको महत्त्वपूर्ण क्षण हुन सक्छ – महिनौंको कठिन श्रम, आर्थिक प्रयास, र स्वस्थ फसलको अपेक्षा। नविनले आफ्नै बगैंचाबाट फसल काट्न/टिप्न बाँकी छ र आफ्नो हातमा ताजा चेरीहरू महसुस गर्न उनि उत्साहित छन्।

यसको मतलब उनले अझै आफ्नो उत्पादन मात्रा बाढाउन बाँकी छ। यस बीचमा, उनले पहिले नै सङ्कलन व्यवसायमा उतारचढाव देखिसकेका छन्।

दोस्रो वर्षको उनको सङ्कलन मात्र ५०० केजी थियो। “त्यस वर्ष अप्रत्याशित जलवायु परिवर्तनका कारण बाली नराम्ररी प्रभावित भएको थियो र यस वर्ष पनि फसल राम्रो नहुने कुरा सुनिरहेका छौँ,” नबिनले असहज स्वरमा भने।

तर तेस्रो वर्ष (२०२१) मा दोब्बर भन्दा बढीले बढेर ,६०० केजी ताजा चेरी (रोस्ट गरेपछि सामान्यतया २५% तौल घट्ने भएकाले १,२०० केजी भुटिएको/रोस्टेड बिन्स) सङ्कलन भएको थियो। सन् २०२२ मा उनले २ हजार किलो ताजा चेरी संकलन गर्न सफल भए।

हाल २५० ग्राम कफीको सानो ब्याचमा रु ५०० मा बिक्री हुने लुम्ले कफी नेपालमा सर्वत्र पाइने नेस्काफे जस्ता आयातित घुलनशील पाउडरभन्दा सस्तो छ। हाल पोखरामा रोस्ट गरिदै आएको कफी (जसको भाउ महामारी पछि दोब्बर भएको छ) नविनले आफैँले रोस्ट गर्न सकेमा उनि थप दक्षता हासिल गर्न सक्षम हुन सक्छन्। रोस्टिङ मेसिन नहुँदा नबिनले आफ्नो रोस्टिङ प्रोफाइल पाउन/बनाउन सकेका छैनन्।

व्यावसायिक रोस्टिङका लागि चाहिने उपकरणको लागत १४ लाखदेखि १८ लाखसम्म हुन्छ, जुन उनीजस्ता साना उत्पादकहरूको लागि ठूलो खर्छ हो। “कर मिनाहा भएमा त्येही उपकरण रु आठ लाख हाराहारीमा पर्ने हुन्छ,” नविन भन्छन्।

 

सरकारको ‘सहयोग’ र किसानको दुविधा

उच्च मूल्य नगद बाली कफीलाई नेपालको तेस्रो पुस्ताको व्यापार रणनीति नेपाल व्यापार एकीकरण रणनीति (एनटिआईएस २०१६) मा सम्भावित निर्यात क्षेत्र मध्ये एक मानिएको छ। गुणस्तरीय कफी चेरीको समग्र उत्पादन बढाउन र गुणस्तर सुधार गर्न सहकारिहरुका लागि समर्थन क्षमता विकास गर्न २०१७–२०२२ को बीचमा पाँच वर्षे राष्ट्रिय क्षेत्र निर्यात रणनीति(नेशनल सेक्टर एक्सपोर्ट स्टराटेजी) लागू गरिएको थियो। नविनको आफ्नै नर्सरी पनि गुल्मीमा रहेको राष्ट्रिय कफी अनुसन्धान केन्द्रले सञ्चालन गरेको नर्सरी विकास र व्यवस्थापन कार्यक्रमको परिणाम हो।

सरकारको प्रयासको बावजुद, किसानहरू र युवा पुस्तामा नगदे बालिका रूपमा कफिबरे अनभिज्ञता निम्त्याउने चेतना अभावरहेको नविन देख्छन्। “म विश्वस्त छु कि माथिल्लो तहमा सरकार र प्रशाशनबीच कफीको सम्भावनाको बारेमा बारम्बार कुराकानी हुने गर्छ, तर के त्यो चेतना बाहिर जाने युवा पुस्ता लगायत किसानहरुमा दिईएको छ?” नविन प्रश्न गर्छननेपालको सम्भावना र थुप्रै सरकारी सहयोग कार्यक्रमहरुका बावाजूत उत्पादनको मात्रा किन कम छ भनेर सोध्दा। 

विद्यमान सरकारको सहायता कार्यक्रमहरूमा एउटा समस्या के छ भने तिनीहरू व्यक्तिगत किसानहरूको वास्तविक आवश्यकताहरूमा आधारित हुनु भन्दा माथि देखि तल मोडेलका छन्। नीतिहरू सबै समेट्न खोज्ने फराकिला छन् जबकि किसानहरूको आवश्यकताहरू भने व्यक्तिगत हुन्छन्, नविन थप प्रस्ट्याउँछन्।

धेरै खास किसानहरू नियोजित सरकारी सहयोगबाट वञ्चित छन् भनेर नविन महसुस गर्छन्, र वास्तविकता पनि त्येस्तै छ। बरु सत्तासँग जोडिएकाहरु यस्ता सरकारी कार्यक्रमबाट फाइदा लिइरहेका छन्, जसलाई उनी ‘झोलामा फार्म बोकेरा हिड्ने’ भन्छन्, जबकि सरकारको लामो र जटिल नोकरशाही कार्यविधिले वास्तविक किसानहरूलाई बाहिरै चिसोमा छाडेको छ।

नविनका अनुसार स्थानीय ज्ञान केन्द्रबाट आफ्नो फार्म विस्तार र नर्सरी विकासका लागि अनुदान स्वीकृत गराउन मात्रै उनलाई सात महिना लागेको थियो। उनले २ लाख ५० हजार रुपैयाँको बिल पेश गरेपनि २ लाख १५ हजार मात्रै पाउन योग्य भए। लेखापालसँग आफ्नो खर्च पूर्ण स्वीकृत नभएको कारण सोध्दा आफ्नो इन्जिनियर प्रमाणीकरण गर्न उपलब्ध नभएको जवाफ नविनले पाए।

म बुझ्छु कि सरकारी कार्यक्रमहरूलाई कडा निगरानी चाहिन्छ। तर साना किसानहरूका लागि यो केवल धेरै फलो-अप, टाउको दुखाइ झन्झट हो भनेर उनि विलाप गर्छन्। “सरकारी कार्यक्रमहरू साना किसान र उद्यमीहरूका लागि हुनुपर्ने जति सीधा र सरलीकृत छैनन्।”

नबिन जस्ता किसान-उद्यमीहरूका लागि जटिल र बदलिँदो वातावारणमा संचालित रहन अप्ठ्यारो छ जहाँ खेती र प्रशोधन लागत बढी र यन्त्रीकरण कम हुँदा कृषि अझ जोखिमपूर्ण बन्दै गएको छ।

अझ, कृषकहरू जानकारी र चेतनाको कमीले गर्दा नगदे बालीप्रती उनीहरूको धैर्यता मरेको र कफी उप-क्षेत्रको वृद्धिमा पनि अवरोध खडा गरेको कुरामा उनि विश्वस्त छन्। “कफी खेती गर्न धैर्यता चाहिन्छ किनकि फसल काट्न/टिप्न वर्षौं लाग्छ, र किसानहरूसँग त्यो विलासिता हुँदैन।”

आवश्यकताहरू तात्कालिक हुने र कफीबाट नगद प्रवाह उत्पन्न हुन वर्षौं पर्खन नचाहेर नविनको आफ्नै परिवार र समुदाय पनि सुरुमा हिचकिचाएका थिए। “कृषकहरूलाई खाद्य बाली छाडी कफी खेति गर्न मनाउन गाह्रो छ। यो एक पटकको लगानी हो तर हाम्रो जस्तो क्षेत्रहरूमा चिसो मौसमबाट बच्न नियमित हेरचाह भने चाहिने हुन्छ।”

लुम्लेमा अवस्थित सहकारी र कफी कृषकहरू र बीच समन्वय र समझदारीको कमीको कारण उत्पन्न भएको केही नराम्रो अनुभवहरुले पनि कृषकहरूमा थप अनिच्छुकता निम्त्यायो।

पहिलो, कफीको गुणस्तर मापन कसरि गरिन्छ र प्रशोधक र उपभोक्ताहरूका लागि यसको महत्त्वबारे किसानहरू अनभिज्ञ थिए। दोस्रो, ग्रेडिङले गर्दा, सङ्कलनकर्ताहरूले राम्रो कफी मात्र सङ्कलन गरे जसले गर्दा किसानहरूले बाँकी कफीमा कमाई गर्न सकेनन्। परिणामस्वरूप यसले किसान र सहकारी बीच वैमनस्यको भावना सिर्जना गर्यो। तेस्रो, भुक्तानी प्रायः असामयिक र आंशिक हुने गर्थ्यो।

एक उद्यमीको रूपमा नविनले आफ्नो व्यवसाय विस्तारको लागि यही समाधान गर्न खोजिरहेका छन्। गुणस्तरीय कफी उत्पादनका लागि थप किसानहरू सामेल गराउनु पनि आउँदा दिनहरूमा उनको सबैभन्दा ठूलो चुनौती हुनेछ। “कृषकहरूलाई उत्प्रेरणा चाहिन्छ, र मलाई लाग्छ कि बजार प्रोत्साहन र चेतना मार्फत मैले उनीहरुलाई त्यो दिएको छु। गुणस्तरीय कफी बिन्सको महत्वबारे र गुणस्तर कसरि सुधार गर्न सकिन्छ भनेर सिकाउन पनि म जारि राख्नेछु।”