Nep
Eng
Nep
Eng

This post is also available in: English

अर्थतन्त्र सुधार गर्न ‘आर्थिक क्षेत्र सुधार आयोग’ गठन

सरकारले बजारको माग वृद्धि, ऋण लगानी सुधार र बैंकिङ क्षेत्रको तरलता अभिवृद्धि गर्न र लक्षित व्यवहारिक समाधान विकास गर्न आयोगको स्थापना गरेको छ। यसैगरि अर्थ मन्त्रालयले पनि देशमा व्यवसायमैत्री वातावरणको लागि प्रयास गरिरहेको छ।
Source: Ministry of Finance/Facebook

लामो समयदेखि मन्दी सामना गरिरहेको नेपाली अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायमैत्री नीतिहरू सरकार कसरतमा छ। 

यसै अन्तर्गत सरकारले बजारको माग वृद्धि, ऋण लगानी सुधार र ऋण योग्य बैङ्क पुँजी अभिवृद्धि गर्न सहितका आर्थिक सुधार र समाधानहरू प्रस्ताव गर्न पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगको गठन गरेको छ।

आयोगको नेतृत्व पूर्व अर्थ सचिव रामेश्वर खनालले गर्ने छन्, जसमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, नेपाल राष्ट्र बैंकका अधिकारी तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठ र ख्यातिप्राप्त अर्थशास्त्रीहरू डा. बिश्वास गौचन र डा. कल्पना खनाल सदस्य रहेका छन्।

विज्ञापनहरू

हालैको बजार मन्दी, विशेषगरी परम्परागत रूपमा व्यस्त रहने दशैं पर्वको समयमा पनि उत्साहको कमीले आयोगको आवश्यकतालाई उजागर गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउन आयोगले सरोकारवालाहरूसँग परामर्श गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा जोड दिए।

पौडेलको अनुसार “यो आयोगले सबै सम्बद्ध सरोकारवालासँग परामर्श गरी अर्थतन्त्रलाई सही दिशा दिन सिफारिसहरू प्रदान गर्नेछ…” 

यसैगरी, विभिन्न समाचार अनुसार अर्थ मन्त्रालयले देशमा व्यवसाय र उद्योगमैत्री वातावरण बनाउन थप कदमहरू चाल्ने तयारी गरिरहेको छ।

अर्थमन्त्री पौडेलले मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई पुँजी परिचालन र लगानी वृद्धिलाई प्रवर्द्धन गर्न र देशमा व्यवसायमैत्री वातावरण सृजना गर्न ध्यान केन्द्रित गर्न निर्देशन दिएको बताइएको छ। साथै, उनले सम्बन्धित निकायहरूलाई राजस्व संकलन र पुँजीगत खर्चमा आफ्नो प्रयास तीव्र पार्न निर्देशन दिएका छन्।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Source: Ministry of Finance/Facebook