नेपाल विद्युत प्राधिकरण ८०० मेगावाट सौर्य परियोजनाहरूको लागि अघि बढ्दै

छनौट गरिएका कुल ३,४९२.५ मेगावाटका २५९ परियोजनामध्ये ८०० मेगावाटलाई प्रति युनिट ५.९४ रुपियाँको अधिकतम आधार दरमा खरिद सम्झौता दिइनेछ ।
Source: World Bank Nepal/Facebook

नेपाल विद्युत प्राधिकरण (नेविप्रा) ले यस कार्तिक ६ गते प्रतिस्पर्धी ट्यारिफ-आधारित बोलपत्र अन्तर्गत १२७ वटा सौर्य उर्जा विकासकर्ताहरूबाट वित्तीय प्रस्तावहरू खोल्ने तयारी गरेको छ । ८०० मेगावाट सौर्य उर्जा प्लान्ट स्थापना गर्न खोलिएको बोलपत्र आह्वानमा कुल ३,४९२.५ मेगावाटका २५९ परियोजना छनौटमा परेका छन् — यो आह्वान गरिए भन्दा चार गुणा बढी हो।

प्राधिकरणका अनुसार “२५९ परियोजनाहरूका लागि १२७ विकासकर्ताहरू प्राविधिक मूल्यांकनमा उल्लेखनीय रूपमा सबल मानिएका मध्येका हुन्।” 

वित्तीय बोलपत्र खोल्ने तालिका कार्तिक ६ गते तय गरिएको छ।

विद्युत खरिद सम्झौताको अन्तिम चयन प्रतिस्पर्धी मूल्य र सबस्टेशन क्षमतामा निर्भर हुनेछ।प्राधिकरणले सौर्य ऊर्जाको लागि प्रति युनिट रु ५.९४ रुपियाँको अधिकतम आधार दर तोकेको छ|सम्झौता २५ वर्षका लागि हुनेछ। २००, १३२, र ३३ केभी सबस्टेशन नजिक प्रस्ताव गरिएका परियोजनाहरूलाई सम्झौता प्रदान गरिनेछ ।

प्राधिकरणले आगामी दुई वर्षमा ८०० मेगावाटको सौर्य ऊर्जा खरिद गर्ने योजना बनाएको हो, जसमा साना परियोजनाहरू (१० मेगावाटभन्दा कम) ले १८ महिनाभित्र बिजुली उपलब्ध गराउनुपर्नेछ, जबकि ठूलो परियोजनाहरूलाई दुई वर्षभित्र सञ्चालनमा ल्याउनुपर्नेछ। सौर्य परियोजनाहरू सामान्यतया डेढ वर्षमा संचालनमा आउने क्षमता राख्छन्, जसले तिनीहरूलाई दीर्घकालीन जलविद्युत परियोजनाहरूको तुलनामा प्राथमिकता बनाउँछ।

प्राधिकरणको योजना नेपाल सरकारको नवीकरणीय ऊर्जा स्रोतहरू जस्तै सौर्य र वायुलाई प्रवर्द्धन गर्ने योजना अनुसारको रहेको छ, जसले बढ्दो बिजुली मागलाई पूरा गर्न, विशेषगरी जाडो महिनामा, सबै विद्युत खरिद सम्झौता मार्फत कुल स्थापित क्षमताको अधिकतम १०% ऊर्जा मिश्रणमा सीमित गर्ने नीति लिएको छ।

प्राधिकरणका अनुसार सौर्य ऊर्जा क्षेत्रमा विकासकर्ताहरूले देखाएको चासोलाई आधार बनाएर ८०० मेगावाटकालागि बोलपत्र आह्वान गरिएको हो। यसअघि नेविप्राले १०० मेगावाटको सौर्य परियोजनाहरूकालागि बोलपत्र खोलेको थियो। 

गत आर्थिक वर्षमा प्राधिकरणले ९० मेगावाटको कुल क्षमता भएका आठ सौर्य प्लान्टहरूसँग खरिद सम्झौता सम्पन्न गरेको थियो ।

२०८१/२०८२ मा प्राधिकरणले २०५ मेगावाटको सौर्य ऊर्जाका लागि खरिद सम्झौता सम्पन्न गरिसकेको छ, जबकि १०० मेगावाटभन्दा बढी हाल सञ्चालनमा छ, जसमा नुवाकोटमा २५ मेगावाटको प्लान्ट पनि समावेश छ।


 

द_फारसाईट बाट पुन: प्रेसित