Nep
Eng
Nep
Eng

चितवनको विष्णु तरकारी कृषि फार्म

विदेश फर्के पश्चात् फर्म दर्तागरी मौसमी तरकारीहरु उत्पादन र विक्री गर्दै आएका विष्णु बहादुर गुरुङ्गले वार्षिक ७-८ लाखको कारोबार गरी ४ लाख खुद नाफा कमाउँछन्
Vegetable farm | Source: Image by gpointstudio on Freepik | For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा १२ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

४५ वर्षिया विष्णु बहादुर गुरुङ्ग वि.सं. २०५१ देखि २०५६ सम्म कतार जस्तो मुलुकमा ड्राईभिङ्ग काम गरी हाल भरतपुर म.न.पा.२२, पटिहानी, चितवनमा बस्छन् ।

विदेश गएर फर्की पूनः कृषि पेशामा लागेका गुरुङ्गले जि.कृ.वि.का, चितवनबाट विषादि व्यवस्थापन तथा तरकारी खेती सम्बन्धि तालिम लिई विष्णु तरकारी कृषि फर्म दर्ता गराई व्यवसायिक तरकारी खेती गरेका छन् ।

विज्ञापनहरू

उनका अनुसार साविक जि.कृ.वि.का, चितवनबाट अनुदानमा प्राप्त ६० हजार र स्वयंको ३-४ लाख लगानि रहेको यस व्यवसायमा उनले आफ्नै १८ कठ्ठा र आफन्तको १२ कठ्ठा जग्गा लिई सिजन अनुसार मूला, टमाटर, घिरौला, करेला, भण्टा लगायत सबै तरकारीहरु (३००-४००  क्विन्टल) उत्पादन गरी काठमाण्डौ तथा नारायणगढ जस्ता बजारमा विक्री गर्दै आएका छन् जसबाट उनले वार्षिक ७-८ लाखको कारोबार गरी ४ लाख खुद नाफा कमाउँछन्  ।

३ जना परिवार सदस्य संलग्न यस व्यवसायमा २ जनालाई दैनिक र ८-१० जनालाई आंशिक रोजगारीको अवसर प्रदान भएको छ । यसरी एक सफल कृषक बन्नुभएका गुरुङ्ग भरतपुर म.न.पा. बाट राम्रो कृषकको रुपमा सम्मानित पनि भईसकेका छन् ।

यस क्षेत्रमा उनीले विचौलियाहरुको समस्य र बजार व्यवस्थापन तथा कलेक्सन केन्द्र निर्माण जस्ता आवश्यकता महसुश गरेका छन् ।यसका अलवा आगामी दिनहरुमा उनीले जग्गा थप गरेर अझ धेरै जग्गामा व्यवसाय विस्तार गरी अघि बढ्ने सोच राखेका छन् ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Vegetable farm | Source: Image by gpointstudio on Freepik | For Illustration Purpose