साझेदारी फर्म
साझेदारी फर्म भन्नाले आपसी फाइदाका लागि व्यवसाय सञ्चालन गर्ने उद्देश्यका साथ संयुक्त पूँजी, सीप र क्षमता सहित व्यापार गर्ने दुई वा बढी व्यक्तिहरूको संस्था हो। तिनीहरूले सम्झौतामा तोकिए बमोजिम नाफा, नोक्सान भुक्तानी तथा दायित्व बाँडफाँड गर्छन्। उनीहरूले संयुक्त रूपमा फर्मको उद्देश्य, पूँजीको मात्रा र नाफा नोक्सानको अंश निर्धारण गर्छन्।
साझेदारी फर्महरू साझेदारी ऐन, २०२० को प्रावधान अनुसार दर्ता हुने गर्दछन्।
साझेदारी फर्म दर्ता गर्न आवश्यक कागजातहरू
क्र.सं. | कागजातहरूको सूची |
1. | तोकिएको ढाँचामा आवेदन फारम। |
2. | साझेदारहरू बीचको सम्झौता (साझेदारी पत्र) ३ प्रति |
3. | प्रत्येक साझेदारको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि |
4. | प्रत्येक साझेदारको हालसालै खिचेको पासपोर्ट आकारको फोटो (प्रत्येकको ३ प्रति) |
5. | सम्बन्धित साझेदारहरू सक्कली नागरिकतासहित स्वयं उपस्थित हुनुपर्छ |
साझेदारी फर्म दर्ता गर्न आवश्यक सामान्य प्रक्रियाहरु
चरणहरू | प्रक्रिया |
पहिलो | निम्न विवरणहरू खुलासा गर्दै आवेदन फारम पेश गर्ने:
|
दोस्रो | दर्ता शुल्कको भुक्तानीः आवेदन फारमको साथमा कानूनले तोके बमोजिम सम्बन्धित विभागलाई भुक्तानी गर्नुपर्छ। |
तेस्रो | साझेदारी फर्मको दर्ता प्रमाणपत्र प्राप्ति । |
साझेदारी फर्महरूको दर्ताको लागि दर्ता शुल्क प्रादेशिक कानून अनुसार फरक हुन्छ। साझेदारी ऐन, २०२० अनुसार दर्ता शुल्क निम्नानुसार रहेको छ :
क्र.सं. | पूँजी रकम | दर्ता शुल्क |
1. | एक लाख रुपैयाँ सम्म | रु ६००।– |
2. | एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु २,०००।– |
3. | तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु ४,०५०।– |
4. | पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म | रु ७,५००।– |
5. | दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म | रु १०,०००।– |
6. | पचास लाख रुपैयाँ भन्दा बढी | रु १५,०००।– |
अनलाइन मार्फत साझेदारी फर्मको दर्ता:
1. Enter Webpage: https://www.doc.gov.np/
2. Create a username and ID via https://online.doc.gov.np/onlineuser/Login
३. फर्मको विवरणहरू भर्नुहोस्।
आवेदन फारममा निम्न जानकारी खुलासा गर्न आवश्यक छ:
- साझेदारी फर्मको पूरा ठेगाना
- साझेदारी फर्मको पूरा सम्पर्क विवरण
- साझेदार फर्मको प्रतिनिधित्व गर्ने मुख्य साझेदारको नाम र ठेगाना।
४. उद्यमीको विवरण भर्नुहोस्।
आवेदन फारममा निम्न जानकारी खुलासा गर्न आवश्यक छ:
- नाम, पूरा स्थायी र अस्थायी ठेगाना, लिङ्ग
- नागरिकता प्रमाणपत्र नं., जारी मिति र जिल्ला
- बुबा, हजुरबुबाको नाम र जीवनसाथीको विवरण।
- साझेदार फर्मद्वारा लेनदेन गर्नु पर्ने सामानहरू।
- लगानीको स्रोत
- रोजगारी क्षमता
- शाखा
५. निम्न कागजातहरू अपलोड गर्नुहोस्।
कागजात सूची:
- नागरिकता प्रमाणपत्रको स्क्यान गरिएको प्रतिलिपि
- हालसालै खिचिएको पासपोर्ट साइज फोटो
- साझेदारी सम्झौता
- व्यापार स्वीकृति
नविकरण: फर्मको नवीकरणको लागि ३५ दिन भित्रमा सम्बन्धित विभागमा आवेदन फारम पेश गर्नुपर्नेछ।
साझेदारी ऐन, २०२० अनुसार लागू हुने नवीकरण शुल्क:
पूंजीको दायरा | लागू हुने शुल्क |
एक लाख रुपैयाँ सम्म | रु १००।– |
एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु १२५।– |
तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु १५०।– |
पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म | रु २००।– |
दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म | रु २५०।– |
पचास लाख रुपैयाँ भन्दा बढी | रु ३००।– |