Nep
Eng
Nep
Eng

This post is also available in: English

बन्दीपुरको ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा

बन्दीपुर गाउँपालिकाले दुई लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’ घोषणा गरेको छ। पहल दिगो पर्यटन, समुदायको संलग्नता र स्थानीय अर्थतन्त्रलाई बढावा दिनमा केन्द्रित छ।
Source: Nepal Tourism Board (NTB)

बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ। पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको यस् कार्यक्रमले बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने र लगानी आकर्षण गर्ने लक्ष्य सहित योजना अघि बढाउने जनाएको छ।

योजना अन्तर्गत २०२५ मा दुई लाख पर्यटक — डेढ लाख आन्तरिक र पचास हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य कार्यक्रमले लिएको छ। भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँको लक्ष्य रहेको छ।

खबर अनुसार आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर भित्र्याउने लक्ष्य सहित आगामी वर्ष’ बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको हो।

विज्ञापनहरू

बन्दीपुरमा हाल ७५ होटल र चार वटा होमस्टे संचालनमा छन् भने पुरै बन्दीपुर गाउँपालिका भरि १२० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन्।

जसले दैनिक १,७०० आगन्तुकलाई अटाउने क्षमता राख्छ।

पर्यटकको उमेर र रुचि अनुसारको प्याकेज निर्माण गर्ने र यसमा गाउँवासीको सहभागितालाई प्रोत्साहन गर्ने योजना गाउँपालिकाले लिएको छ।

गाउँपालिकाका अनुसार भ्रमण वर्षकालागि लगभग साढे चार करोड खर्च हुने अनुमान छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Source: Nepal Tourism Board (NTB)