नेपालमा फोहोरबाट जैविक उत्पादनको प्रचुर सम्भावना

नेपालमा बायोमासको रूपान्तरणबाट करिब १७ देखि ५० लाख टन पेलेट/ब्रिकेट र बायोचार, १.७ देखि ५१ लाख टन फिड ब्लक, १२.९ देखि ३८.७ करोड घनमिटर बायोग्यास र ६ देखि १९ लाख लाख टन मल उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) द्वारा गरिएको फोहोर व्यवस्थापन आधारभूत सर्वेक्षण २०२० ले वार्षिक करिब ६० लाख टन फोहोर उत्पादन हुने अनुमान गरेको छ। उत्पादन हुने फोहोरको ५४% जैविक सामग्री हो । यी जैविक फोहोरहरू अप्रयुक्त स्रोतहरू हुन्, जसलाई खजानाको नयाँ रूप पनि मानिन्छ।

बायोमास भनेको के हो?

फोहोरमा रहेको जैविक पदार्थ जसलाई इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ, त्यसलाई बायोमास भनिन्छ। बायोमास वन अवशेष, कृषि बाली अवशेष, शहरी/नगर फोहोर र पशुधन फोहोर जस्ता स्रोतहरूबाट आउँछ।

यति धेरै मात्रामा उत्पादन हुने फोहोरको बावजुद मल र पुन: प्रयोगको लागि थोरै अंश मात्र पुन: प्रयोग गरिन्छ। बहुसंख्यक या त फ्याँकिन्छ, जलाइन्छ वा वातावरणमा बेवास्ता गरेर छोडिन्छ।

प्रचुर मात्रामा कृषि र जैविक फोहोरले उद्यमीहरुकोलागि बायोमासको व्यावसायिक रुपान्तरण एक विशाल संभावना हो जस मार्फत ईन्धन, मल, पशु आहार र बायोग्यास सकिन्छ। यसले ऊर्जा उत्पादनको महत्त्वपूर्ण स्रोत मात्र नभई फोहोर व्यवस्थापनका समस्याहरूलाई पनि सम्बोधन गर्दछ।

माथि उल्लेखित आधारभूत सर्वेक्षणले नेपालमा जैविक उत्पादनको सम्भावनालाई प्रत्यक्ष रूपमा नदर्शाए पनि हालैको अर्को अध्ययनले यस उदीयमान अवसरमा प्रकाश पारेको छ।

अध्ययनले नेपालले वार्षिक रूपमा ८९ मेट्रिक टन फोहोर बायोमास उत्पादन गर्ने अनुमान गरेको छ, जसको लगभग २३.५% — वा २१ मेट्रिक टन — इन्धन, दाना र मल जस्ता मूल्यवान उत्पादनहरू उत्पादन गर्न प्रयोग गर्न सकिन्छ। यस अध्ययनले कृषि बाली अवशेष, शहरी वा नगरको फोहोर, र पशुधन र मानव फोहोरहरू सहित फोहोर जैविक स्रोतहरूको दायरालाई समेट्छ, जसले  उद्यमहरूको लागि महत्त्वपूर्ण अप्रयुक्त स्रोतलाई दर्शाउँछ।

उपलब्धताका आधारमा नेपालमा देहायका जैविक उत्पादनहरू तोकिएको परिमाणको दायरामा उत्पादन गर्न सकिन्छ भन्ने अनुमान गरिएको छ-

 

तालिका १: नेपालमा जैविक उत्पादनको सम्भावना

जैविक उत्पादनहरू

एकाइहरू

उत्पादन मात्रा (लाख मा)

पेलेट/ब्रिकेट र बायोचार

टन 

१७ देखि ५०

पशुपक्षीको आहारा (डिटीएमआर फिड ब्लक)

टन 

१७ देखि ५१

मल

टन 

६ देखि १९ लाख

बायोग्यास

घनमिटर

१२.९ देखि ३८.७ करोड 

पेलेट र ब्रिकेट (जुन घनत्व बायोमास इन्धन हो), पशुपक्षीको आहारा (डिटीएमआर फिड ब्लक) र बायोचार मुख्यतया कृषि अवशेषबाट उत्पादन गर्न सकिन्छ।

जबकि नगरपालिकाको फोहोर, पशुधनको फोहोरलाई बायोग्यास र मल र मानव फोहोरलाई बायोग्यासमा परिणत गर्न सकिन्छ।

यसले उद्यमहरूकालागि बायोमासमार्फत वातावारण-मैत्री उत्पादनहरू जस्तै ईन्धन पेलेटहरू, ब्रिकेटहरू, पशुपक्षीको आहारा, बायोग्यास र जैविक मलहरूमा व्यावसायिक रूपान्तरण गर्न सकिने सम्भावना देखाउँछ। यी उत्पादनहरूले कोइला र एलपीजी ग्यास जस्ता परम्परागत इन्धनहरू प्रतिस्थापन गर्न, कार्बन उत्सर्जन घटाउन र देशको जलवायु लक्ष्यहरूमा योगदान पुर्‍याउन सक्छ।

अनुसन्धानले फोहोरको सामूहिक संरचनाको स्रोत, भूगोल र प्रदेशगत वितरणबारे पनि अनुमानित तथ्याङ्क दिएको छ।

 

तालिका २: कुल फोहोर बायोमास उत्पादनको श्रोतगत संरचना

श्रोत 

रचना (% मा)

कृषि बालीको अवशेष

३०.२

पशुधन, चरा र मानव फोहोर

६८.२

शहरी/नगरपालिका फोहोर

१.७

बायोमासका लागि बालीहरूमध्ये ४३.७२% धानबाट, २४.१०% मकै र १४.३% गहुँबाट अवशेष निस्किने गरेको अध्ययनले देखाएको छ — त्यस्ता अवशेषमध्ये ५९.३५% तराईबाट, २४.१% पहाड र ५.१% हिमालबाट निस्कने गरेको छ ।

सबैभन्दा बढी कृषि बालीको अवशेष मधेश प्रदेशमा (२३.२३%) उत्पन्न हुन्छ, त्यसपछि कोशी (२१.४९%) सबैभन्दा कम उत्पादन सुदूरपश्चिम (८.९२%) र कर्णाली प्रदेशमा (४.९७%) हुन्छ।

त्यसैगरी नेपालमा दैनिक ६,९६३ टन नगरपालिकाको फोहोर उत्पादन हुन्छ (जुन २.५४ मेट्रिक टन/वर्ष हो), जसमध्ये ५७.७% (४,०१६ टन/दिन) फोहोर जैविक हो, जसलाई धेरैजसो जलाइन्छ वा खुल्ला रूपमा फालिन्छ।

उत्पन्न हुने जैविक फोहोरको ५१.१७% हिस्सा तराई क्षेत्रको पर्दछ र काठमाडौं जिल्लामा लगभग ११% (४४०.०८ टन/दिन) त्यसपछि मोरङमा ४.२% (१६६.९९ टन/दिन) हुन्छ।

 

तालिका ३: कुल फोहोर बायोमास उत्पादनको प्रदेशगत संरचना

प्रदेश

हिस्सा (% मा)

कोशी

२१.४

लुम्बिनी

१७.९

मधेस

१७.९

बागमती

१७.३

सुदूरपश्चिम

९.५

गण्डकी

९.१

कर्णाली

६.९

 

तालिका ४: भौगोलिक क्षेत्र अनुसार फोहोर बायोमास संरचना

प्रदेश

हिस्सा (% मा)

तराई 

४८.९

पहाडी

४२.३

हिमाली

८.९

 


 

तपाईंले “नेपालमा फोहोरको बायोमासलाई इन्धन, दाना र मलमा परिणत गर्ने सम्भावना र चुनौतीहरू” अध्ययन पत्र यहाँ पाउन सक्नुहुन्छ। यस पत्रका अनुसन्धानकर्ताहरु हुन् : सागर काफ्ले, मनोज ज्ञवाली, सुशील अधिकारी, जुर्गेन पी. क्रप र प्रजल प्रधान ।

 


 

आर्थिक वर्ष २०७७/७८ मा तयार पारिएको १५औं आवधिक योजनामा ​​नेपालले स्वच्छ ऊर्जा अवलम्बनमा महत्वपूर्ण फड्को मार्ने लक्ष्य राखेको थियो।

योजनामा ​​२००,००० घरेलु बायोग्यास (DBG) प्लान्टहरू स्थापना गर्ने परिकल्पना गरिएको थियो र ४०,००० टन लिक्विफाइड पेट्रोलियम ग्यास (LPG) प्रतिस्थापन गरी ५०० ठूला बायोग्यास (LBG) प्लान्टहरू स्थापना गर्ने रणनीति थियो।

यसलाई नेपालको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले पनि अनुमोदन गर्दै २०२५ सम्ममा थप २,००,००० घरेलु बायोग्यास प्लान्टहरू र ५०० ठूला बायोग्यास प्लान्टहरू स्थापना गर्ने प्रतिबद्धता जनायो।

तर, आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा मुलुकमा ४ लाख ४९ हजार ३३८ घरेलु बायोग्यास प्लान्ट र ३५७ वटा ठूला प्लान्टहरू (सामुहिक र संस्थागत गरेर) सञ्चालनमा छन्।

– सरिमन शाक्य फारसाइट इम्प्याक्टमा अनुसन्धान सहायक हुन्।