औद्योगिक व्यवसाय ऐन, २०२० (२०७६)

व्यवसाय र दर्ता सम्बन्धी मार्गदर्शन/गाइड नेपालमा उद्योगहरूको दर्ता प्रक्रिया/चरणहरू, लागू हुने दर्ता निकाय र व्यवसाय सञ्चालन गर्नु पूर्व र पछिका अनुपालनालाई व्यवस्थित गर्ने कानून औद्योगिक व्यवसाय ऐन, २०२० हो। व्यवसाय सञ्चालनका लागि उद्यमीले सम्बन्धित सरकारी निकायमा आफ्नो व्यवसायलाई उद्योगको रूपमा दर्ता गर्नुपर्नेछ।     औद्योगिक व्यवसाय ऐन, २०२० ले उद्योगहरूलाई ५ वर्गमा वर्गीकरण गरेको छ […]

व्यवसाय र दर्ता सम्बन्धी मार्गदर्शन/गाइड

नेपालमा उद्योगहरूको दर्ता प्रक्रिया/चरणहरू, लागू हुने दर्ता निकाय र व्यवसाय सञ्चालन गर्नु पूर्व र पछिका अनुपालनालाई व्यवस्थित गर्ने कानून औद्योगिक व्यवसाय ऐन, २०२० हो। व्यवसाय सञ्चालनका लागि उद्यमीले सम्बन्धित सरकारी निकायमा आफ्नो व्यवसायलाई उद्योगको रूपमा दर्ता गर्नुपर्नेछ।

 

Industrial Enterprises Act 2020

 

औद्योगिक व्यवसाय ऐन, २०२० ले उद्योगहरूलाई ५ वर्गमा वर्गीकरण गरेको छ :

  1. लघु उद्योग
  2. घरेलु उद्योग
  3. साना उद्योग
  4. मध्यम उद्योग
  5. ठूला उद्योग

उद्योगको सामान्य वर्गीकरण निम्न कुराहरुमा आधारित छ : (क) पूँजी लगानीको आकार, (ख) व्यवसायको प्रकृति/क्षेत्र र (ग) कर्मचारीहरूको संख्या उद्योगको वर्गीकरण लगायत विस्तृत विवरण हेर्नको लागि यहाँ संग्लग्न गरिएको औद्योगिक व्यवसाय ऐन, २०७६ हेर्नुहोला ।