सानीमालाई व्यापार वित्त सुधार गर्न १.५ करोड डलरको ऋण सुविधा प्राप्त

सानीमा बैंकले बीआईआईबाट १.५ करोड डलरको ॠण प्राप्त गरेको छ जुन नेपालका नवीकरणीय ऊर्जा, जलविद्युत् तथा उत्पादन, खाद्य र कृषि क्षेत्रका पूंजीगत सामानको निर्यातकोलागि आवश्यक व्यापार वित्त सुविधामा केन्द्रित हुनेछ।
तस्वीर : बी.आई.आई

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) ले सानीमा बैंकसँग केहि हप्ता अघि १.५ करोड डलरको व्यापार ॠण सम्झौता गरेको छ। बीआईआई संयुक्त अधिराज्यको विकास सम्बन्धि वित्त संस्थान हो। 

यो ॠण सुविधा सानीमा बैंकको व्यापार वित्त क्षमता सुधारमा प्रयोग हुनेछ, जसले मुख्यत: नवीकरणीय ऊर्जा योजनाहरूकोलागि पूंजीगत सामानको आयात, विशेष गरी जलविद्युत् तथा उत्पादन, खाद्य र कृषि क्षेत्रका पूंजीगत सामानको निर्यातमा केन्द्रित हुनेछ।

यो वित्त नवीकरणीय ऊर्जा संयन्त्रहरूको निर्माण, जलयांत्रिक र विद्युत् यांत्रिक उपकरणहरूको आयात, सौर्य ऊर्जा घटकहरूको आयात र उत्पादन तथा कृषि उत्पादनकोलागि आवश्यक कच्चा मालको आपूर्तिमा प्रयोग हुनेछ।

सानीमा बैंकका उप-मुख्य कार्यकारी अधिकारी श्री पवन कुमार आचार्यका अनुसार , “यो साझेदारी नेपालको दिगो ऊर्जा स्रोतमा रुपान्तरणलाई तीव्र बनाउनको लागि महत्त्वपूर्ण कदम हो र यसले देशको बढ्दो ऊर्जा आवश्यकताहरूलाई सम्बोधन गर्छ। यो प्रयास जीवाश्म इन्धनमा निर्भरता घटाउन र जलवायु परिवर्तनको सामना गर्नको लागि विश्वव्यापी प्रयाससँग मेल खान्छ। सानीमा बैंकले दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने, आर्थिक वृद्धिलाई प्रवर्धन गर्ने र स्थानीय समुदायहरूकालागि न्यून-कार्बन ऊर्जा परियोजनाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।”

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी