वृद्धिका लागि नयाँ दृष्टिकोणको विकास

“नवप्रवर्तन उद्यमशीलताको विशेष साधन हो, जसले स्रोतलाई सम्पत्ति सिर्जना गर्ने क्षमता प्रदान गर्छ”
Innovation | Source: Image by Michal Jarmoluk from Pixabay

व्यवसायमा नवीनता भनेको तपाईंको व्यवसायमा नयाँ अवधारणा ल्याउनु हो — नयाँ उत्पादन, व्यापारिक नीति, सेवा, व्यवस्थापन शैली, वा सञ्चार विधि — जसले मूल्य प्रदान गर्दछ, प्रतिस्पर्धामा माथि राख्छ र तपाईंको व्यवसाय वृद्धि गर्न टेवा पुर्याऊँछ।

तपाईंले याद गर्नुभएको होला कसरि कपाल काट्ने रेजरले नाईको काम छरितो बनाऊँछ वा कसरी ड्रिलिंग उपकरणले सानो सिकर्मी व्यवसायलाई सहयोग गर्छ।

जस्तै, कोभिड-१९ महामारीको प्रकोपको बेला कसरि व्यवसायहरु आफुलाई डिजीटाईज गरि बाच्न सफल रहे

अर्को उदाहरण – धेरैजसो साना स्थानीय हस्तकला पसलहरू आफ्ना उत्पादनहरूमा नयाँ डिजाइन र शिल्पकला ल्याएर नवप्रवर्तनको माध्यमबाट बढ्छन्। तिनीहरूले स्थानीय कारीगर र डिजाइनरहरूसँग मिलेर ग्राहकहरूको रुचि अनुसारको अरुभन्दा भिन्न र आकर्षक हस्तकला वस्तुहरू बनाउने गर्छन्।

त्यसैगरी, एउटा प्रशोधन मेसिनले कुनै प्रशोधन फर्मलाई आफ्नो उत्पादन प्रक्रियामा नवीन हुन मद्दत गरेको हुन सक्छ।

माथि उल्लेखित सबै व्यवसायिक गतिविधिहरुबीच रहेको समानता-  नवीनता। 

याँ प्रविधिको निर्माण वा तपाइँको काममा रहिआएको प्रविधिलाई अनुकूलन गर्दै त्योसँग अभ्यस्त हुने पाटो होस्, IT उद्योगमा रिमोट वर्किङ्ग र त्येसले ल्याउने कार्यसमयमा लचकता जस्ता नयाँ कर्यपद्दती होस्, वा व्यापारहरुको डिजीटाईजेसन, यी सबै नवाप्रवार्तनका विभिन्न रूपहरू हुन्। र यो जान्नुहोस् कि तपाइँ समयभन्दा पछाडी रहनु हुन्न।

टूटल नेपालमा भित्रदा सार्वजनिक यातायात बाट धेरै सास्ती पाइरहेका यात्रुहरुलाई सवारी-साझेदारीको नयाँ सेवा प्रदान गरि काठमाडौँ को सार्वजनिक यातायातको क्षेत्रमा क्रान्ति ल्याएको थियो।

हाम्रो पात्रोको लाखौँ प्रयोगकर्तामध्ये सायद तपाईं पनि एक हुनुहुन्छ। यसमा नेपाली पात्रो, समाचार, विनिमय दर, मौसम पूर्वानुमानहरूजस्ता विभिन्न सेवाहरु तपाईंले एउटै एपमा पाउनुहुन्छ।

आधुनिक प्राविधिक युगमा मानिसहरूको जीवनलाई सरल, व्यावहारिक, रमाइलो र आरामदायी बनाउन आविष्कारले ठूलो फड्को मारेको छ। प्राविधिक विकास र नवीन विचारहरूले आधुनिक जीवनको लगभग हरेक पक्षमा प्रभाव पारेको छ र व्यवसायको क्षेत्र पनि यसबाट अछूत रहेको छैन।

विस्तार हुदैँ गएको स्टार्टअप संस्कृति/इकोसिस्टम र बढ्दो अर्थतन्त्रका कारण नेपालमा नयाँ विचार, अत्याधुनिक प्रविधि र अग्रगामी सोचका भएका व्यवसायहरुको संगम भएको देख्न सकिन्छ। प्रविधिको उपयोग देखि लिएर सामाजिक तथा वातावरणीय समस्याहरु समाधान गर्न नेपालका व्यवसायहरु वृद्धि र दिगो विकासको उत्प्रेरकको रुपमा नवप्रवर्तनलाई अँगालेका छन्। यसले बृद्धिको सम्भाव्यतालाई साकार गर्न, आफ्ना उत्पादन र सेवाहरूलाई नयाँ उचाइमा पुर्‍याउन, र तपाईंलाई विस्तार भइरहेको ग्राहकवर्गसँग जोड्ने बाटो खोल्छ।

एक व्यवसाय मालिक भएको हकमा यदि तपाइँ आफ्नो व्यवसाय विस्तार गर्न चाहनुहुन्छ भने तपाइँ आधुनिक प्रविधिहरू प्रयोग गर्न तयार हुनुपर्छ। तपाईंसँग हाल रहेका स्रोतको पुर्णापयोग गरि उत्पादनशीलता बढाउनको लागि अभिनव तरिकाहरू खोज्नु एक रचनात्मक व्यवसायको उत्तिकै लागि महत्त्वपूर्ण छ। त्येसैले सफल हुनु पछाडिको रहस्य नवाप्रवर्तन अंगाली यसको परिवर्तनकारी सम्भावना समाउन सक्नु हो।

नवप्रवर्तनले कसरि तपाईं आफ्नो व्यवासय बढाउन सक्नुहुन्छा हेरौँ

नवप्रवर्तनको संस्कृति अँगाल्नुहोस्

सृजनात्मकता, परिक्षण, र निरत्नर सुधारलाई बढावा दिने र प्रवर्धन गर्ने संस्कृति कुनै पनि नवप्रवर्तनमुखी व्यवसायको मूल भाग हो। यस्तो कामको वातावरण सिर्जना गर्नुहोस् जहाँ कर्मचारीहरू विचारहरू योगदान गर्न, रचनात्मक हुन, र असफलताहरूबाट सिक्न स्वतन्त्र महसूस गरुन्। अझ, आपसी सहयोगको भावनालाई बढावा दिँदा विचारहरु छलफल गर्ने र रचनात्मक सोचलाई सम्मान र पुरस्कृत हुने ठाउँ रहन्छ। नवप्रवर्तनमुखी संस्कृतिलाई बढावा दिँदा तपाईंको टोलीको सामुहिक बुद्धिमत्ता प्रकट हुने ठाउँ रहन्छ जसले समस्याहरुको रचनात्मक समाधान देखि लिएर दीर्घकालिन वृद्धिको बाटोमा व्यवसायलाई उन्मुख गराउँछ। नेपालको सन्दर्भमा, साना एनजीओहरूले नयाँ र फरक व्यापार वृद्धिका सोचाई प्रवर्दन गर्नु सँगसँगै  नवप्रवर्तन र उत्पादकता बढाउनका लागि विविध पृष्ठभूमिका व्यक्तिहरूलाई रोजगारी दिइरहेका छन्।

रणनीतिक साझेदारी प्रवर्द्धन

सहकार्यले नवाचारलाई गति दिन्छ। अन्य व्यवसायहरू, नयाँ स्टार्टअपहरू, वा उद्योग विशेषज्ञहरूसँग सहकार्यका अवसरहरू खोज्नुहोस्। स्रोत संयोजन, ज्ञान आदानप्रदान, र पूरक क्षमताहरूको लाभ उठाउँदा व्यावसायिक खेललाई पूर्ण रूपमा परिवर्तन गर्ने नवप्रवर्तन निम्तिन सक्छन। एक व्यवसाय मालिकको रूपमा तपाईंले संयुक्त रूपमा औद्योगिक चुनौतीहरू मुकाबला गर्न, नयाँ बजारहरूमा विस्तार गर्न, वा नयाँ उत्पादनहरू सह-सिर्जना गर्न रणनीतिक सहकार्य गर्ने विचार गर्नुपर्छ। विश्वसनीय सहयोगीहरूको संजाल निर्माण गरेर तपाईंले अवसर र विचारहरूको ठूलो पर्यावरणमा पुग्न सक्नुहुन्छ जसले व्यवसायको द्रुत बृद्धि र बजार विस्तार सहज बनाउँदै लैजान्छ।

उदाहरणका लागि, भारतीय ई-कमर्सका ठूला नाम फ्लिपकार्ट र मिन्त्राले सीमा आरपार व्यापारको सम्भावनाहरू देखेर नेपाली ई-कमर्स कम्पनि सस्तोडीलसँग सहकार्य सुरु गरेका छन्। यो नेपाली ग्राहक र बजारका लागि देशको इ-कमर्स र प्रविधि क्षेत्रको विकास र वृद्धि गर्ने उत्कृष्ट अवसर हो।

ग्राहक केन्द्रित नवप्रवर्तनलाई जोड दिनुस्

तपाईंको ग्राहकहरूको परिवर्तनशील माग र प्राथमिकताहरू बुझ्नु र त्येसलाई पूरा गर्नु व्यापार वृद्धिको लागि आवश्यक छ। ग्राहकहरूको आवश्यकता र मागहरुबारे जान्नका लागि उनीहरुलाई सक्रिय रूपमा छलफलमा संलग्न गराएर त्यसबाट आउने प्रतिक्रिया सङ्कलन गर्दै बजार अनुसन्धान गर्नुहोस्। अझ, तपाईंले यो डाटालाई उपयोग गरी ग्राहकहरूको अपेक्षाभन्दा माथि जाने नयाँ उत्पादन, सेवा पनि सिर्जना गर्न सक्नुहुन्छ। नवप्रवर्तनका निमित्त अवसरहरू खोज्न र समाधान विकास गर्न तपाईंको व्यवसायले डिजाइन सोच वा ग्राहक यात्रा म्यापिङ जस्ता प्रविधिहरू प्रयोगमा ल्याउन सक्छ जसेल तपाईंलाई आफ्नो लक्षित ग्रहकवर्गसँग जोड्ने काम गर्छ। तपाइँको ग्राहकहरुसँग जोडिनका लागी सबै भन्दा राम्रो माध्यम सामाजिक संजाल हो। जस्तै, तपाइँले इन्स्टाग्राम स्टोरीमा ग्राहकहरुलाई तपाइँको उत्पादन वा सेवाहरु मूल्याङ्कन गर्न एउटा पोल प्रश्न राख्न सक्नुहुन्छ। प्राप्त परिणामहरूको आधारमा तपाइँ गुणस्तरीय उत्पादन वा सेवाहरू प्रदान गर्न काम गर्न सक्नुहुन्छ।

चनाखो र परिवर्तनशील रहनुस्

लचिलोपन र नवप्रवर्तन हातमा हात मिलाई जाने कुरा हुन्। व्यवसायिक वातावरण निरन्तर परिवर्तन हुँदै जाने भएकाले सफलता आँफू पनि सोहि अनुरुप परिवर्तन हुनसक्ने क्षमतामा निर्भर गर्दछ। बदलिँदो बजार प्रवृति, उपभोक्ता अपेक्षा, र प्राविधिक प्रगतिहरूसँग अभ्यस्त रहनुस्। आवश्यक हुँदा दिशा परिवर्तन गर्न नडराउनुस्, वा नयाँ रणनीति प्रयोगमा ल्याउनुस्, र समय-समयमा आफ्नो व्यापार योजना समीक्षा गर्नुहोस्। बजार परिवर्तनहरूसँग द्रुत रूपमा प्रतिक्रिया दिन सक्ने परिवर्तनशील व्यवसायहरू नयाँ अवसरहरूको फाइदा लिन, प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्न र समयसँगै वृद्धिलाई निरन्तरता दिन सक्षम रहन्छन।

प्राविधिक प्रगतिको लाभ लिनुहोस्

प्रविधि र नवप्रवर्तन एउटै सिक्काका दुई पाटा हुन्। नयाँ प्रविधिहरू अपनाएर व्यवसाय सञ्चालन पद्दति परिवर्तन गर्न, प्रक्रियाहरू कम गर्न, र नयाँ अवसरका ढोका खोल्न सकिन्छ। उत्पादकता बढाउन स्वचालन, डाटा एनालिटिक्स, क्लाउड कम्प्युटिङ र अन्य उपयुक्त प्रविधिहरू प्रयोग गर्नुहोस्। आफ्नो क्षेत्रमा नयाँ प्रविधिको अन्वेषण गर्नुहोस् र अझ उत्तम उत्पादन वा सेवाहरू प्रदान गर्न यसलाई आफ्नो सञ्चालनमा समावेश गर्ने तरिकाहरू विचार गर्नुहोस्। जस्तै, ए.आइ को प्रयोग गरेर ग्राहक सेवा-सहयोग स्वचालित बनाउनाले प्रतिस्पर्धामा अघि रहन सकिन्छ जसले व्यापार वृद्धिमा पनि उल्लेखनीय रूपमा टेवा पुर्याऊँछ।

व्यापार मा डाटा खनन को उपयोग

धेरै जसो व्यवसायहरू प्राय: ठूलो डाटासँग काम गर्छन्। यो डाटा कम्पनीहरू र तिनीहरूका ग्राहकहरू बीचको विभिन्न अन्तरक्रिया र व्यावसायिक लेनदेनहरू, साथै आन्तरिक कम्पनी सञ्चालनका रेकर्डहरूबाट प्राप्त गरिन्छ। यो सबै जानकारी बुझ्न ठूलो समस्या हुन सक्छ, यद्यपि यो अन्ततः उपयोगी साबित हुन सक्छ। तपाईं डाटा माइनिङ मार्फत व्यवसायिक प्रक्रियाहरू राम्रोसँग हेर्न र बुझ्न सक्नुहुन्छ। काम सहज र छरितो बनाउनका लागि, तपाईंको व्यवसायलाई प्रक्रियाहरूको भूमिका र व्यावहारिक कार्य खननको ठोस बुझाइ हुन आवश्यक छ। त्यसकारण डाटा माइनिङले लागत घटाउँदै नयाँ बजारहरूमा प्रवेश गर्दा तपाईंको व्यवसाय बढाउन मद्दत गर्न सक्छ।

सृजनशील टोली गठन

तपाईको इनोभेसन टीम नवप्रवर्तनको सफलताको लागि अर्को महत्वपूर्ण घटक हो। द्रुत रूपमा थोरै वा बिना कुनै त्रुटिहरू काम गर्न सक्ने सदस्यहरू यस टोलीमा छनोट गर्नुहोस्। अझ, रचनात्मक समस्या समाधानकर्ताहरू छनौट गर्नुहोस्, विशेष गरी ती जसले विभिन्न कोणबाट चुनौतीहरू विचार गर्न समय छुट्याउँछन्।

प्रत्येक सम्भावना अन्वेषण गर्दै उनीहरुको सीप, अनुभव र पृष्ठभूमिहरू संयोजन गरि समस्याहरुको नौलो समाधान खोज्न प्रोत्साहन दिनुहोस्। मूल्याङ्कन, सूची, र व्यवस्थापन रणनीतिहरूको संयोजन गरेर तपाइँ केहि निश्चित विकास परियोजनाहरूको लागि उत्पादक र सहकारी टोलीहरू बनाउन सक्नुहुन्छ।

आजको प्रतिस्पर्धात्मक वातावरणमा नवाचार विलासिता नभई व्यापारीक विकास र अस्तित्वको लागि आवश्यकता नै हो। त्येसो भएपनि नवीन परिवर्तनहरू रातारात ल्याउन सकिन्न र यसका लागि तपाईंले निरन्तर काम गर्नुपर्छ। नवीन विचार र रणनीतिहरूले तपाईंको व्यवसाय विस्तार मात्र नगरेर भविष्य सुनिश्चित गर्छ र तपाईंको व्यापार उद्योगमा पनि महत्वपुर्ण प्रभाव पार्न मद्दत गर्दछ।