Nep
Eng
Nep
Eng

विष्णु भुवाजीको एकिकृत कृषि फार्म

१२ रोपनी जग्गामध्ये ६ रोपनी भाडामा लिएका उनले लहरेवाली, काउली, बन्दागोभी, र ब्रोकाउली जस्ता तरकारीहरूको खेती गर्छन् ।

यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो ।


 

अर्मादी, कुष्मा-८, पर्वतका निवासी विष्णु भुवाजी एक सफल तरकारी कृषक र व्यापारी हुन्। माछापुच्छ्रे कृषक समूहमा आवद्ध भुवाजीको आफ्नै ‘भुवाजी एकीकृत कृषि फार्म’ छ। 

विष्णु भुवाजीले वि.सं. २०५३ सालमा भारतको पट्नामा ६ महिना बिताए।  उनी भन्छन्, “कृषि पेशामा छुट्टै आनन्द छ, जुन अरूमा पाइँदैन। विदेशमा भन्दा आफ्नै देशमा बसेर केही गर्नु पर्छ।” उनका छोरा-छोरीहरू पनि कृषि पेशा अपनाउने विचारमा छन्।

विज्ञापनहरू

सिंचाइका लागि रु १० लाख लगानी गरेका भुवाजीले बाँकी खर्च आफ्नै उत्पादनबाट हुने आम्दानीबाट पुरा गर्छन्। १२ रोपनी जग्गामध्ये ६ रोपनी भाडामा लिएका उनले लहरेवाली, काउली, बन्दागोभी, र ब्रोकाउली जस्ता तरकारीहरूको खेती गर्छन्।  यी तरकारीहरूको मुख्य बजार कुष्मा र मुस्ताङ हुन्। भुवाजीको वार्षिक उत्पादन १२ देखि १३ लाख रुपैयाँको हुन्छ, जसबाट उनी ६ देखि ७ लाख रुपैयाँ नाफा कमाउँछन्।

वि.सं. २०५६ सालदेखि खेती सुरु गरेका विष्णु भुवाजी आफ्नै खेतमा विभिन्न प्रविधिहरूको खोज तथा अनुसन्धान गर्छन्। उनी भन्छन्, “खेती मात्र त्यस्तो पेशा हो, जसमा क्याल्कुलेटर थिचेर जति कमाउन चाह्यो, त्यति कमाउन सकिन्छ।” यो सुन्दा अचम्म लाग्न सक्छ, तर व्यवहारमा उनले आफ्नो मिहिनेतलाई मोहरमा परिणत गरेका छन्, जसमा उनी गर्व गर्छन्।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू