Nep
Eng
Nep
Eng

This post is also available in: English

लघु, घरेलु तथा साना उद्योग विकास कोष संचालन कार्यविधि, २०६९ 

लघु, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रबर्द्धनका लागि लघु घरपरिवारको विकास गर्नका लागि उपयुक्त प्रविधिको प्रयोग गरि साना उद्योग संचालन गर्ने | सार्वजनिक र निजि क्षेत्रको साझेरीमा औद्योगिक पूर्वाधारको विकास, उद्योगहरुमा उपयुक्त प्रविधिको प्रयोग र उत्पादकत्व तथा गुणस्तर अभिवृद्धि गराई यस्ता उद्योगलाई प्रतिस्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पहुँचको विकास गर्न सहयोग पुर्याउनु कोषको उदेश्य रहनेछ

लघु, घरेलु तथा साना उद्योगद्वारा नियमित, केहि विशेस र विशिष्ट कोषको अभावमा यस संयन्त्रको कोषको स्थापना गर्न आवश्यक छ | यसले यी उद्योगहरूले खेलेको महत्वपूर्ण भूमिकालाई नेपाल सरकारले गरेको मान्यतालाई जनाउँछ | घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गरी देशको औद्योगिक विकासमा योगदान पु¥याउने, प्राकृतिक स्रोत र स्थानीय दक्ष सेवाहरूमा आधारित उद्योगहरू स्थापना गर्नु यस कोषको लक्ष्य रहेको छ |

लघु, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रबर्द्धनका लागि लघु घरपरिवारको विकास गर्नका लागि उपयुक्त प्रविधिको प्रयोग गरि साना उद्योग संचालन गर्ने | सार्वजनिक र निजि क्षेत्रको साझेरीमा औद्योगिक पूर्वाधारको विकास, उद्योगहरुमा उपयुक्त प्रविधिको प्रयोग र उत्पादकत्व तथा गुणस्तर अभिवृद्धि गराई यस्ता उद्योगलाई प्रतिस्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पहुँचको विकास गर्न सहयोग पुर्याउनु कोषको उदेश्य रहनेछ |

कोषको रणनीति:-

विज्ञापनहरू
  • निर्वाहमुखी परम्परागत कृषिलाई औद्योगिक तथा व्यावसायिक कृषिमा रुपान्तरण गर्दै स्वरोजगार तथा व्यापक रोजगारीको अवसर सृजना गर्ने खालको लघु, घरेलु तथा साना उद्योगको स्थापना र प्रबर्द्धनमा सहयोग पुर्याउने |
  • वन पैदावार, खानिज लगायतका तुलनात्मक लाभका अन्य प्राकृतिक सम्पदामा आधारित स्वरोजगार तथा व्यापक रोजगारीको अवसर सृजना गर्ने खालका लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन र विकासमा सहयोग पुर्याउने |
  • हस्तकला लगायत प्राकृतिक सम्पदमा आधारित निर्यातजन्य लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धनमा सहयोग पुर्याउने |
  • आयात प्रतिस्थापन गर्ने खालका स्थानीय कच्चा पदार्थ र सीपमा आधारित उत्पादन तथा सेवामुलक लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धनमा सहयोग पुर्याउने |
  • लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सम्बन्धित अन्य सरकारी निकायहरु मन्त्रालय, विभाग, दात्री निकाय र अन्तराष्ट्रिय गैर सरकारी संथाहरुसंग उद्यमशीलता विकास, औद्योगिक पूर्वाधार विकास एवं बजार पहुँच विस्तारका लागि समन्वय गरि कार्यक्रम संचालन गर्न सहयोग पुर्याउने |

 

कोषले सान्दर्भिक प्रविधिहरू र त्यसको प्रयोगको बारेमा जानकारी दिनेछ, उद्योगको उत्पादकता बढाउन प्रशिक्षण प्रदान गर्नेछ र प्रविधि प्रयोगमा योगदान गर्नेछ | यसको प्राथमिक फोकस यी उद्योगहरूलाई उत्पादन वृद्धि र गुणस्तर सुधार गर्दै समर्थन र प्रवर्द्धन गर्ने |

कोषको कार्यक्षेत्र देहायअनुसार हुनेछ :-

  • प्रविधि विकास 
  • उद्यमशीलता तथा औद्योगिक सिप विकास 
  • बजार पहुँच सहजीकरण र संजाल विकास 
  • औद्योगिक पूर्वाधार विकास 
  • औद्योगिक अध्ययन र अनुसन्धान तथा संजाल विकास 

 

ऋण कार्यक्रम:-

– रुग्ण उद्योगहरुको लागि ऋण सहयोग 

– नयाँ प्रविधिको मेसिन औजार खरिद गर्न सहयोग

– यस मार्फत कार्यविधिमा उल्लिखित अन्य बिभिन्न क्षेत्रमा कोष     संचालन गरिनेछ |  

 

बौद्धिक सम्पत्ति संचालन र प्रयोग 

  1. लघु, घरेलु परम्परागत हस्तकला तथा साना उद्योगहरुबाट उत्पादित वस्तु तथा सेवा सोसँग सम्बन्धित उद्यमीहरुको सृजना लगायतका विषयको बौदिक सम्पत्ति संरक्षणको सम्बर्द्धन, प्रबर्द्धन, उपभोग, विकास र सामुहिक बारेमा कार्यक्रम संचालन गर्ने | यस्ता कार्यक्रमहरु घरेलु तथा साना उद्योग विभागवाट वार्षिक कार्य योजना बनाई योजना बनाई समितिबाट स्वीकृत गरि केन्द्र तथा जिल्लाहरुमा संचालन गरिने |
  2. औद्योगिक बौदिक सम्पत्ति सम्बन्धमा उद्यमीहरुलाई विद्यमान नीतिगत कानूनी, प्रक्रियागत,विषय WIPO तथा Trips Agreement सम्बन्धमा सचेतना र जनाकारी गराउने |
  3. बौदिक सम्पत्तिको रुपमा आफ्नो उत्पादन दर्ता गरेकोमा सो दर्ता गर्दाका बखत लागेको राजस्व सम्बन्धित व्यक्तिलाई फिर्ता दिने |

 

कोषमार्फत संचालन हुने कार्यक्रमहरुको प्राथमिकता निम्नानुसार हुनेछ:-

  1. प्रविधि विकास……. १० प्रतिशत 
  2. उद्यमशीलता तथा औद्योगिक सिप विकास……. ३० प्रतिशत 
  3. बजार पहुँचमा सहजीकरण र संयन्त्र निर्माण…….. १५ प्रतिशत 
  4. औद्योगिक पूर्वाधार विकास…….१० प्रतिशत 
  5. औद्योगिक अध्ययन, अनुसन्धान तथा संजाल विकास…… ५ प्रतिशत  
  6. विशेष कार्यक्रम……….. ५ प्रतिशत 
  7. अनुगमन र मुल्यांकन….. ७ प्रतिशत 
  8. ऋण कार्यक्रम ……..७ प्रतिशत 
  9. बौदिक सम्पत्ति उपयोग र क्षमता विकास सचेतना……. ६ प्रतिशत 
  10. कोषको सचिवालयको प्रशासनिक व्यावास्थापान…….. ५ प्रतिशत 

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू