Nep
Eng
Nep
Eng

This post is also available in: English

मुस्ताङको स्याउ उत्पादन रु ९१.८ करोड बराबर

९०% उत्पादन देशका प्रमुख सहरी बजारमा निर्यात भएको छ भने त्यसबाट ८२ करोड ६८ लाख रुपैयाँ आर्जन गरिएको अनुमान छ ।

मुस्ताङ जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ रु ९१ करोड ८० लाख बराबरको स्याउ उत्पादन भएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको तथ्याङ्कले सो देखाउँछ । 

८३० हेक्टर जमिनमा ६,०७८.८४ मेट्रिक टन स्थानीय जात, र ६० हेक्टरमा १२५० मेट्रिक टन हाइब्रिड जातका स्याउ गरी जम्मा उत्पादन ७,३२८.८४ मेट्रिक टन भएको हो । यस परिमाणको उत्पादनले नयाँ कीर्तिमान स्थापित गरेको छ । प्रारम्भिक अनुमान अनुसार, स्थानीय प्रजातिका स्याउको निर्यातबाट रु ६० करोड १८ लाख भने हाइब्रिड प्रजातिका स्याउको निर्यातबाट थप रु २२ करोड ५० लाख गरी कुल रु ८२ करोड ६८ लाख आम्दानी भएको छ ।

गत आर्थिक वर्ष मुस्ताङमा ४ हजार ९७६ दशमलव ४७ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य जिल्लामा कुल ५४ करोड ७२ लाख रुपैयाँ निकासी भएको प्रतिवेदनमा उल्लेख छ ।
विज्ञापनहरू

कुल स्थानीय प्रजातिको उत्पादन मध्ये रेड डेलिसियसको हिस्सा ३०%, रोयल डेलिसियस ३०%, गोल्डेन डेलिसियस २५%, रिचा रेड डेलिसियस १०% र फुजी ५% रहेको छ ।

उत्पादन भएको स्याउमध्ये १०% मात्रै जिल्लाभित्र भण्डारण र खपत भएको छ भने बाँकी ९०% बागलुङ, म्याग्दी र पर्वत जिल्ला हुँदै पोखरा, नारायणगढ र काठमाडौंलगायत ठूला सहरमा निर्यात गरिएको हो ।

मुस्ताङको हालको भण्डारण क्षमता ३०७ मेट्रिक टन रहेको छ । 

स्थानीय स्याउ र हाइब्रिड स्याउको प्रति किलोग्राम विक्रीबाट किसानले क्रमशः ११० रुपैयाँ र २०० रुपैयाँ आर्जन गरेको पाईन्छ ।

मुस्ताङ स्याउ उत्पादनको लागि एक प्रसिद्ध क्षेत्र हो । यहाँको स्याउ खेती, विशेष गरी मार्फा क्षेत्रको स्याउ, प्रख्यात छ । यहाँ मार्फा ब्रान्डी नामक फलबाट बनेको ब्रान्डी पनि उत्पादन हुन्छ ।

मुस्ताङको स्याउ वाइन, साइडर, जाम र सुकेको स्याउ उत्पादनमा पनि गर्न प्रयोग गरिन्छ । बिग मास्टर नामक स्थानीय वाइन उत्पादकले आफ्नो ह्वाईटवाइन उत्पादन गर्न मुस्ताङ स्याउ नै प्रयोग गरेको पाईन्छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू