बौद्धिक सम्पत्ति भनेको के हो र एमएसएमईहरूको लागि यसले किन अर्थ राख्छ ?

"यदि तपाईंसँग एक अद्वितीय आउटपुट छ – त्यो एक एक उत्पादन हुन सक्छ, एक प्रक्रिया, एक औद्योगिक डिजाइन वा ब्रान्ड नाम र डिजाइन हुन सक्छ – भने तपाईंसँग बौद्धिक सम्पत्ति अधिकार र मूल्यबारे पर्याप्त बुझाइ हुनु लाभदायक हुन्छ"
Intellectual property | Source: Image by rawpixel.com on Freepik

आजको कडा प्रतिस्पर्धात्मक व्यापारिक परिदृश्यमा, नवप्रवर्तनले  बहुमूल्य बौद्धिक सम्पत्तिको सिर्जनाको लागि मार्ग प्रशस्त गर्दै सफल व्यवसायहरूको आधारशिलाको रूपमा कार्य गर्दै आइरहेको छ। तपाईं आफ्नो बौद्धिक सम्पत्तिहरु कायम गरि सो सम्पत्तिहरु प्रयोग गरेर आफ्नो नविनतम व्यापारिक सोचहरु सुरक्षित गर्न सक्नुहुन्छ र प्रतिस्पर्धाबाट आफूलाई अलग राख्न सक्नुहुन्छ।

बौद्धिक सम्पत्ति भन्नाले मानवीय प्रतिभा, सृजनशीलता र नवप्रवर्तनबाट निस्कने अमूर्त सम्पत्तिलाई जनाउँछ। यसमा पेटेन्ट, ट्रेडमार्क, प्रतिलिपि अधिकार र व्यपारिक गोप्यता लगायत अमुर्त सम्पत्तिका विभिन्न रूपहरू समेटिएका हुन्छन्।

विश्व बौद्धिक सम्पदा संगठन (विपो) का अनुसार, बौद्धिक सम्पत्तिलाई “आविष्कार; साहित्यिक र कलात्मक कार्य; डिजाइन जस्ता मनका सृजनाहरु; र औद्योगिक क्षेत्रमा प्रयोग गरिने प्रतीक, नाम र छविहरू” का रुपमा परिभषित गरिएको छ।

बौद्धिक सम्पत्ति अधिकारहरू परम्परागत रूपमा दुई मुख्य भागमा विभाजित छन्:

  1. प्रतिलिपि अधिकार
  2. औद्योगिक सम्पत्ति
  • ट्रेडमार्क
  • पेटेन्ट (आविष्कारको सुरक्षा)
  • औद्योगिक डिजाइन
  • व्यपारिक गोप्यता

 

एमएसएमईहरु नेपालको पेटेन्ट, डिजाइन र ट्रेड मार्क ऐन, २०२२ (१९६५) अन्तर्गत आईपी अधिकारहरूका लागि योग्य भए तापनि धेरै व्यवसायी र कानुनी विज्ञहरूले नेपालको आईपी कानून र कार्यान्वयन एजेन्सीहरू अझै पनि अविकसित छन् भनी तर्क गर्छन्। तर विचलित नहुनुहोस् र तपाईंको कार्य सुरक्षित छ भनी सुनिश्चित गर्न कानूनी परामर्श सहितका अतिरिक्त उपायहरू लिनुहोस्।

आईपी समाधानहरू लागू गर्दा, व्यवसायले सफलता बिन्दुहरू फेला पार्न र बिक्री बढाउन पहल गर्नुपर्छ। बौद्धिक सम्पत्ति (आईपी) सम्बन्धि निश्चित तथा रणनीतिक लक्ष्यहरू स्थपित गर्नाले व्यापार उद्देश्यहरू प्राप्त गर्न मद्दत पुग्न सक्छ। तपाईंको व्यवसाय बढेर आय उत्पन्न हुदै जाँदा, तपाईंको आईपी रणनीतिले तपाईंको सम्पत्तिका विशिष्ट तत्वहरूको सुरक्षा गर्ने र नयाँ बजारहरूमा प्रवेश गर्न नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्य समावेश गर्नुपर्छ। यो प्रयोग गर्न पाउने लिखित सम्झौता (अनुमतिपत्र) र संयुक्त उद्यम गठन जस्ता धेरै रणनीतिहरू मार्फत हासिल गर्न सकिन्छ। यी सम्पत्तिहरूको सुरक्षाले तपाईंका प्रतिस्पर्धीहरूलाई ति सम्पत्तिहरु अनुचित रूपमा प्रयोग गर्न वा प्रतिलिपि गर्नबाट मात्र रोक्दैन, यसले उद्योगको अगुवाको रूपमा तपाईंको स्थितिलाई पनि बलियो बनाउँछ।

बौद्धिक सम्पत्ति मार्फत आफ्नो व्यवसायलाई कसरी बढाउने ?

आईपी सम्पत्तिहरूको लाभ उठाउन र तपाईंको व्यवसायलाई अगाडि बढाउन बौद्धिक सम्पत्तिहरुका यी प्रकारहरुको अर्थ र कारबाही योग्य रणनीतिहरू केके  हुन सक्छन् अध्ययन गरौं।

पेटेन्ट

पेटेन्टले उपयोगी आविष्कारको लागि दिइएको विशेष अधिकारलाई जनाउँछ। यसमा कुनै नविन उपाय, तरिका, उत्पादन प्रक्रिया समावेश हुन सक्छ। थप रूपमा, यसले  स्रोतहरूको बौद्धिक सम्पत्ति उपयोग वा मिश्रण समावेश गर्न सक्छ।

नेपालमा पेटेन्ट अधिकार सुरुमा ७ वर्षको लागि दिइन्छ र यसलाई अर्को ७ वर्षको लागि दुई पटक नवीकरण गर्न सकिन्छ। यसरी, यो अधिकार अधिकतम २१ वर्षसम्म विस्तार गर्न सकिन्छ। उक्त समयसम्म, तपाईंको अनुमति बिना अरू कसैले तपाईंको आविष्कार प्रयोग गर्न सक्दैन।

पेटेन्ट सुरक्षित गरेर तपाईं आफ्नु सिर्जनाको रक्षा गर्नको लागी एक कानूनी कवच सिर्जना गर्नुहुन्छ र आफुलाई आफ्नु नवप्रवर्तनबाट नाफा कमाउने स्वतन्त्रता दिनुहुन्छ। तपाईंले अनुमतिपत्र मार्फत रोयल्टी वा अन्य अनुमति लागतको बदलामा आफ्नो सुरक्षित प्रविधिको अरूद्वारा प्रयोगलाई अधिकृत गर्न सक्नुहुन्छ। थप रूपमा, पेटेन्ट पोर्टफोलियोले तपाईंको व्यवसायको मूल्य बढाउन र नयाँ साझेदार वा लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ।

ट्रेडमार्क

“ट्रेडमार्क एक प्रतीक, वाक्यांश वा चिन्ह हो जुन पहिचान योग्य छ, जसले एक उत्पादनको प्रतिनिधित्व गर्दछ र जसले कानूनी रूपमा सो उत्पादनलाई अन्य उत्पादनहरुबाट अलग गर्दछ”।

तपाईंले आफ्नो व्यवसायको नाम, लोगो वा उत्पादन जस्ता तत्वहरूको लागि ट्रेडमार्क दर्ता गरेर आफ्नो ब्रान्ड बनाउने सम्पत्तिहरूलाई कानुनी रूपमा सुरक्षित गर्न सक्नुहुन्छ। जब तपाईं ट्रेडमार्क दर्ता गर्नुहुन्छ, तपाईंको उत्पादन वा सेवाहरुको सम्बन्धमा त्यो विशेष चिन्हको उपयोग तपाईंको एकलौटी अधिकार हुन्छ।

एक प्रसिद्ध र सुरक्षित ट्रेडमार्कले तपाईंको व्यवसायको बजार स्थितिलाई बलियो बनाउँछ र तपाईंलाई प्रतिस्पर्धी बजारमा अरुभन्दा माथि खडा हुन सक्षम बनाउँछ। यसले तपाईंको व्यवसायको अद्वितीय मूल्य प्रस्तावलाई प्रभावकारी रूपमा सञ्चार गर्न सक्छ र व्यवसायलाई अन्य प्रतिस्पर्धीहरूबाट फरक देखाउन सक्छ। थप रूपमा, ट्रेडमार्कले नयाँ बजारहरूमा प्रवेश गर्न र अनुमतिपत्र वा फ्रेंचाइजी अवसरहरू सिर्जना गर्ने आधारको रूपमा काम गर्दछ। समग्रमा, ट्रेडमार्कले व्यवसायहरूलाई एक अद्वितीय ब्रान्ड पहिचान बनाउन, ग्राहकको विश्वास प्राप्त गर्न र उच्च प्रतिस्पर्धात्मक व्यापारिक वातावरणमा वृद्धिका अवसरहरू कब्जा गर्ने क्षमता प्रदान गर्दछ।

दर्ता गरिएको ट्रेड मार्क वा प्रयोग गर्न मिल्ने ट्रेड मार्क हुनु एक बौद्धिक सम्पत्ति अधिकार हो जुन सबै एमएसएमईहरू सिर्जना गर्न, संरक्षण गर्न र लागू गर्न सक्षम छन्। प्रत्येक व्यवसायको ट्रेडमार्क वा लोगो वा कुनै चिन्ह  हुन्छ जसले तिनीहरूलाई तिनीहरूका ग्राहकहरू बीचमा आफ्ना समकालीन हरुबाट फरक देखाउछ र सो ट्रेडमार्क दर्ता गर्नाले व्यापार वा उद्योगमा अरू कसैले पनि तिनीहरूको त्यो चिन्ह प्रयोग गर्न सक्षम छैन भनी सुनिश्चित गर्न सक्छ।  यो विशेष अधिकारले एमएसएमईहरूलाई कम लागतमा गुणस्तरीय उत्पादन/सेवाको सद्भावना सो चिन्हसँग जोड्न सहयोग गर्छ ।

प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकारहरूले लेखक र अन्य मौलिक सामग्री सिर्जनाकर्ताहरूलाई उनीहरूको काम प्रयोग गर्न, प्रतिलिपि गर्न वा नक्कल गर्ने एकलौटी अधिकार प्रदान गर्दछ। संगीतकार, लेखक, फोटोग्राफर, डिजिटल सिर्जनाकर्ता र सेवा प्रदायक, चलचित्र निर्माता, प्रकाशक र विज्ञापन निर्माताहरू आफ्ना सिर्जनाहरूका लागि प्रतिलिपि अधिकार सुरक्षा गर्न योग्य छन् – जसले उनिहरुलाई उनीहरूको रचनात्मक कार्यको लागि श्रेय दिन्छ। सृजनात्मक क्षेत्रमा तपाईंको विश्वसनीयता स्थापित गर्न, अवसरहरू प्राप्त गर्न र प्रोफाइल बढाउनको लागि यो पहिचान र मान्यता महत्त्वपूर्ण  हुन्छ।

नेपालमा एउटा यस्तो उद्योग छ जहाँ व्यवसाय वृद्धि र रचनात्मक कम्पनीहरूको दिगोपनका लागि प्रतिलिपि अधिकार महत्त्वपूर्ण छ भने त्यो हो संगीत उद्योग। प्रतिलिपि अधिकार संरक्षणले ब्रान्ड निर्माण र जनचेतना जगाउन मद्दत गर्दछ। कम्पनीले निरन्तर उच्च गुणस्तरको संगीत सिर्जना गर्दा मौलिकता र रचनात्मक उत्कृष्टताको लागि प्रतिष्ठा प्राप्त गर्दछ। यो प्रतिष्ठाले वफादार प्रशंसकहरुलाई आकर्षित गर्छ र प्रत्यक्ष प्रदर्शन, कन्सर्ट र कलात्मक साझेदारीको लागि ढोका खोल्छ। कम्पनी विस्तार हुँदै जाँदा यसले नयाँ बजारमा पुग्न, नयाँ ग्राहकहरूलाई आकर्षित गर्न र अन्तत नेपाली संगीत बजारमा मै महत्वपूर्ण शक्ति बन्न सहयोग गर्छ।

औद्योगिक डिजाइन

औद्योगिक डिजाइनले उत्पादन वा वस्तुको सौन्दर्य र दृश्य गुणहरूको सुरक्षा गर्दछ। यसले बस्तुको अन्तिम छाँट रुप, आकार, ढाँचा र रेखाहरू वा रंगहरूको संयोजनको सजावटी वा सौन्दर्यात्मक आकर्षणको पक्षहरूलाई समेट्छ। औद्योगिक डिजाइन उत्पादनको सौन्दर्यात्मक आकर्षणको नक्कल रोक्नको लागि बनाइन्छ।

औद्योगिक डिजाइनले  तपाईंको व्यवसायलाई उच्च मूल्यहरू सेट गर्न अनुमति दिदै तपाईंको उत्पादनको मूल्य बढाउन सक्छ। जब  ग्राहकहरू  कुनै उत्पादन राम्रोसँग डिजाइन गरिएको छ   भन्ने विश्वास गर्छन् तब उनीहरु स्वतः उत्पादनको गुणस्तर र विशिष्टताको लागि बढी तिर्न इच्छुक हुन्छन्। जब ग्राहकहरूलाई तपाईंको उत्पादन प्रयोग पश्चात सकारात्मक अनुभव हुन्छ, उनीहरु तपाईंको वफादार ग्राहक बन्ने र अरूलाई समेत उत्पादन सिफारिस गर्ने सम्भावना बढी हुन्छ। यसले तपाईंको व्यवसायलाई नयाँ ग्राहक आधार आकर्षित गर्न, दोहोरिने व्यापार बढाउन र प्रयोगकर्ताको सन्तुष्टिलाई पहिलो स्थानमा राखेर ब्रान्ड वफादारी प्रवर्द्धन गर्न मद्दत गर्न सक्छ।

व्यापारिक गोप्यता

व्यापारिक गोप्यता बौद्धिक सम्पत्तिको अर्को महत्वपूर्ण प्रकार हो जसले उल्लेखनीय रूपमा व्यापार व्यवसाय बढाउन मद्दत गर्दछ। व्यापारिक गोप्यताले, प्रतिस्पर्धीहरू माथी फाइदा लिन सहज बनाउने सामान्य जनतालाई थाहा नभएका आफ्नो स्वामित्वमा रहेका, गोप्य व्यवसायीक डाटा समावेश गर्दछ। सूत्रहरू, व्यञ्जनहरू, उत्पादन प्रक्रियाहरू, ग्राहक सूचीहरू, मार्केटिङ योजनाहरू र अन्य विवरणहरू यस डाटा अन्तर्गत समावेश गर्न सकिन्छ।

संवेदनशील जानकारीको वितरण र चुहावट रोक्नको लागि तपाईंको व्यवसायमा तपाईंले कडा आन्तरिक प्रक्रियाहरू लागू गर्नुपर्छ। यस अन्तर्गत डाटा इन्क्रिप्शन विधिहरूको प्रयोग, भौतिक कागजातहरूको सुरक्षा र पासवर्ड-सुरक्षा फाइलहरूको प्रयोग गर्न सकिन्छ। त्यसैगरी तपाईंले कर्मचारी प्रशिक्षण तथा जागरुकता अभियानहरू सञ्चालन गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ जुन गोपनीयता कायम राख्नका लागि र अनैच्छिक  चुहावट कम गर्नमा थप महत्त्वपूर्ण छ। गोप्य जानकारीहरुको खुलासा गर्दा गैर-खुलासा सम्झौताहरू व्यापारिक गोप्यताको सुरक्षाको लागि महत्त्वपूर्ण मानिन्छन। गैर खुलासा सम्झौताहरूले तपाईंलेको व्यवसायमा व्यापारिक गोप्यताको उल्लङ्घन वा अनाधिकृत खुलासाको अवस्था आएको खण्डमा कानुनी सहारा प्रदान गर्दछन्।

आजको समयमा नवीन बौद्धिक सम्पत्ति प्राप्त गर्नुलाई कम्पनीको वित्तीय स्थितिलाई बढावा दिने अति नै आवश्यक र बुद्धिमानि चालको रूपमा हेरिन्छ। यसै अनुरुप प्रत्येक कम्पनीले उत्पादनको विकास, मार्केटिङ र बौद्धिक सम्पत्ति अनुसन्धानमा लगानी गर्ने वातावरण तयार गरी यसमा विचार गर्नु आवश्यक छ।

एमएसएमईको रूपमा बौद्धिक सम्पत्ति अधिकार (आइपिआर) बारे तपाईंलाई किन थाहा हुनुपर्छ?

एमएसएमईहरुका निम्ति बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्नु निम्न दिइएका विभिन्न कारणहरूले गर्दा महत्त्वपूर्ण छ:

आविष्कारहरूको संरक्षण: एउटा एमएसएमईको रूपमा तपाईंले नयाँ उत्पादन, प्रक्रिया र प्रविधिहरू सिर्जना गर्नका लागि अनुसन्धान र विकासमा आफ्नो समय, स्रोत, र प्रयासहरू लगानी गर्नुहुन्छ। बौद्धिक सम्पत्तिको सुरक्षाले तपाईंलाई आफ्नो आविष्कारलाई अरूको अनधिकृत प्रयोग वा शोषणबाट जोगाउन र बजारमा प्रतिस्पर्धात्मक लाभ लिन सहयोग गर्छ।

परिष्कृत बजार स्थिति: बौद्धिक सम्पत्ति सम्बन्धि अधिकारले एमएसएमईहरुलाई बजारमा आफ्नो एक अद्वितीय पहिचान स्थापित गर्न, ब्रान्ड पहिचान निर्माण गर्न र प्रतिस्पर्धीहरूबाट आफ्ना प्रस्तावहरूलाई फरक रुपमा उभ्याउन सक्षम बनाउँछ। यसले अझ थप रुपमा बिक्री र ग्राहकको वफादारी बढाउन समेत सहयोग गर्छ। 

लगानीमा आकर्षण: बलियो बौद्धिक सम्पत्ति पोर्टफोलियो भएका एमएसएमईहरूलाई लगानीकर्ता र वित्तीयकर्ता/फाइनान्सरहरूबाट समर्थन प्राप्त गर्ने सम्भावना बढी हुन्छ। एक बलियो आइपि रुपरेखाले   सरोकारवालाहरूमा विश्वास जगाउँछ र आफ्ना विचार, उत्पादन र ब्रान्डहरूको सुरक्षा गर्नमा कम्पनीको प्रतिबद्धतालाई समेत सङ्केत गर्छ।

प्रविधि स्थानान्तरणको सुविधा: राम्रोसँग स्थापित भएको आईपी प्रणालीले ठूला फर्महरू र एमएसएमईहरू बीचको प्रविधि र ज्ञानको स्थानान्तरणलाई प्रोत्साहन दिन्छ। यसले सहकार्यलाई बढावा दिँदै नवाचार इकोसिस्टमलाई बलियो बनाउँछ।