बीमा मार्फत आफ्नो व्यवसाय सुरक्षित गर्नुहोस्

"तपाईंलाई बीमा पट्क्‍कै मन नपर्न सक्छ, तर बीमाले नै तपाईंको व्यवसायलाई सुरक्षित राख्छ"
Photo by Tom Fisk | Pexels

तपाईंले बाढी र पहिरोले सम्पूर्ण व्यापारिक सम्पत्तिहरू बगाएको सुन्नु भएको होला। तपाईंले आगलागी र चोरीको बारेमा सुन्नु भएको होला। तपाईंले बढ्दो सवारी दुर्घटनाको बारेमा सुन्नु भएको होला। तपाईंलाई यो पनि थाहा छ कि मेसिनहरू जुनसुकै बेला बिग्रन सक्छन्। तपाईंलाई थाहा छ कि व्यवसायहरू यी सबै जोखिम र चुनौतीहरूका कारणले जहिले पनि संवेदनशील अवस्था मै हुन्छन्।

अहिलेको द्रुत-गतिमा हिडिरहेको र अप्रत्याशित व्यापार वातावरणमा, तपाईंले आफ्नो व्यवसायलाई सम्भावित जोखिम र अनिश्चितताहरूबाट जोगाउनु पर्छ। यसका लागि सबैभन्दा प्रभावकारी तरिका भनेको फराकिलो बीमा कभरेज हुनु नै हो।

तपाईंको व्यवसायको विशेष आवश्यकता, जोखिम मूल्याङ्कन र कम्पनीको आकारको आधारमा विभिन्न बीमा योजनाहरूले संकट वा अन्य अप्रत्याशित परिस्थितिहरूका बेला तपाईंको व्यवसायलाई वित्तीय नोक्सानबाट सुरक्षित गर्दछन्।

नेपालमा बिमा उद्योग द्रुत रूपमा विस्तार हुँदै गएको यो अवस्थामा, अब तपाईंसगँ तपाईंको व्यवसायका आवश्यकताहरू पूरा गर्न अनुकूलित गरिएका विभिन्न कभरेज विकल्पहरू छ्न्।

सम्पत्ति बीमा, सवारीसाधन बीमा, प्लान्ट र मेसिनरी बीमा, चोरी बीमा एमएसएमईहरूको लागी उपलब्ध बीमा विकल्पहरु मध्ये केहि हुन्।

यद्यपि, एमएसएमईहरूका लागि र त्यसमा पनि मुख्यतया लघु र साना व्यवसायहरूका लागि, केहि मानकीकृत बीमा सेवाहरू उपलब्ध छन्। तर बीमाकर्ताहरूले तिनीहरूलाई व्यावसायिक रूपमा बिमाको लागि अयोग्य देख्न सक्छन्। यसो भए पनि, सम्भव भएसम्म सबै कुराको बीमा गर्नुहोस् भन्ने नै सिफारिस गरिन्छ।

 

तपाईंको व्यवसायको लागि बीमा किन गर्ने?

विशेष गरी नेपालको अस्थिर र जटिल आर्थिक परिदृश्यमा, जहाँ सबै पक्षबाट चुनौतीहरू देखा पर्न सक्छन्, व्यवसाय सञ्चालन गर्न त्यति सजिलो छैन। तर सही बीमा कभरेजको साथमा भने, तपाईंका व्यवसायिक प्रयास र सम्पत्तिहरू अप्रत्याशित परिस्थिति र प्रकोपहरूबाट सुरक्षित छन् भनी ढुक्क हुन सक्नुहुन्छ।

चाहे त्यो आगलागि होस्, प्राकृतिक प्रकोप होस्, चोरी होस्, मेसिन बिग्रिएको अवस्था होस् वा ती कष्टप्रद कानुनी दाबीहरू नै किन नहोस्,— बीमा नै तपाईंको आड भरोसा बन्दछ।

बिमाको सहयोगले तपाईंले व्यवसायको घाटा र क्षतिको पूर्ति गर्नको लागि वित्तीय स्रोतहरू प्राप्त गर्न सक्नु हुन्छ र व्यवसायको जोखिमलाई करारीय सम्बन्धबाटै बीमा कम्पनीमा स्थानान्तरण गरेर व्यवसाय सञ्चालन गर्न सक्नु हुन्छ। तपाईंको व्यवसायले खराब परिस्थितिहरू सामना गर्न सक्ने र प्रतिकूल परिस्थितिहरूबाट सहज तरिकाले फिर्न सक्ने ग्यारेन्टी दिदै बीमाले सुरक्षा प्रदान गर्दछ।

यस ब्लगले केही महत्त्वपूर्ण बीमा नीतिहरूमा प्रकाश पारेको छ जसले लामो समयसम्म तपाईंको एमएसएमईलाई सुरक्षा प्रदान गर्न सक्छ्न्।

सम्पत्ति बीमा

एउटा व्यवसाय गर्नको लागि – चाहे त्यो होटल, रेस्टुरेन्ट, रिसोर्ट वा व्यवसायको अन्य कुनै पनि रूपहरू होस – तपाईंले तपाईंको व्यवसायलाई सहयोग गर्ने अस्थायी वा स्थायी संरचनाहरू निर्माण गर्नु नै हुन्छ।

नेपाल सम्पत्ति बीमा शुल्क २०७६ का आधारमा नेपालमा सम्पत्ति बीमा सञ्चालन गरिन्छ। एउटा सम्पत्ति बीमा नीतिले बिभिन्न प्राकृतिक प्रकोपहरू जस्तै आगलागि, चट्याङ जोखिम, हुरी जोखिम, पानी सम्बन्धी जोखिम, भूमि सम्बन्धी जोखिम, डुबान सम्बन्धी जोखिम, तथा विस्फोट, दंगा, हडताल, र आतंकवाद सम्बन्धी जोखिमहरू विरुद्ध सम्पत्तिहरूको विस्तृत दायरालाई समेट्छ।

तपाईंलाई चाँडै आफ्नो खुट्टामा उभ्याउदै सम्पत्ति बीमाले पुनर्निर्माण, प्रतिस्थापन र मर्मतको लागि भुक्तान गर्दछ। केही सम्पत्ति बीमाहरूले भवनहरू जस्ता अचल सम्पत्तिहरू भन्दा बढी पनि कभर गर्दछन्। यि बिमाहरुले भवन भित्र भएका बस्तुहरु जस्तै कि तपाईंको महँगो उपकरणहरू, स्टेशनरी, फर्निचर र इन्भेन्टरि तथा कलाका ती बहुमूल्य कार्यहरू पनि समावेश गर्दछन्।

सम्पत्ति खण्ड अन्तर्गत, तीन फरक प्रकारका नीतिहरू जारी गर्न सकिन्छ:

  • पुनर्स्थापना मूल्य नीति (Reinstatement Value Policy) जुन अचल सम्पत्तिहरूको लागि मात्र उपलब्ध छ
  • स्टक घोषणा नीतिहरू (Stock Declaration Policies) जुन एक निश्चित स्थानमा समयसँगै उतार-चढ़ाव भइरहने इक्विटीहरूका लागि उपलब्ध छन् 
  • बिभिन्न स्थानहरूमा राखिएको स्टक जुन फ्लोटिंग नीतिको (Floating Policy) अधीनमा छ

प्लान्ट र मेसिनरी बीमा

यदि तपाइँको मेसिनरी अनजानमा खराब भयो वा बिग्रियो भने के हुन्छ? हो, यहि समयमा मेसिनरी ब्रेकडाउन बीमा उद्धारको लागि आउँदछ! एमएसएमईहरूले अप्रत्याशित घाटाको चिन्ता नगरी आफ्नो कार्य सञ्चालन कायम राख्न यो बीमामा भर पर्न सक्छन्।

निर्माण स्थलहरूमा डम्पर, एक्सकाभेटर, रोलर, ड्रिलिङ मेसिन र अन्य उपकरणहरू प्रयोग गर्ने ठेकेदारहरूका लागि ठेकेदार बीमा योजना वा इन्जिनियरिङ बीमा योजनाहरू पनि छन्। माथि उल्लिखित मेसिनरीहरूले ठेकेदारको लगानीको महत्त्वपूर्ण भागलाई प्रतिनिधित्व गर्दछन्, त्यसैले यस्ता बीमा योजनाले कम्पनीलाई ठेकेदारहरूले कार्य सञ्चालन गर्दा परिचालन गर्ने प्लान्ट र मेसिनरीमा हुने कुनै पनि सम्भावित क्षतिबाट जोगाउँछ।

तपाईंको उपकरणहरू कभर गर्ने बीमा योजनाहरू पनि छन्। उदाहरणका लागि, तपाईंले फोटोग्राफिक स्टुडियो सन्चालन गर्नुहुन्छ र कसैले अनायासै तपाईंको महँगो क्यामेरा उपकरणमा ठोकिएर हानि पुर्याईदिन्छ्न्। यदि तपाईंसगँ बिमा योजना छ भने त्यो अमूल्य उपकरण प्रतिस्थापनको लागत बीमाले कभर गर्नेछ।

मोटर बीमा

सवारीसाधन केहिसगँ जुधेर भएको क्षति वा सवारीसाधन माथि गलत मृत्यु दावीको परिणामका कारण गुम्न पुगेको सवारीसाधनको क्षति कभर गर्नको लागी मोटर बीमा प्रस्ताव गरिन्छ। मोटर बीमा अन्तर्गत तीन फरक बीमा नीतिहरू प्रस्ताव गरिन्छ: मोटरसाइकल, व्यक्तिगत सवारीसाधन र व्यावसायिक सवारीसाधन।

मानौं, तपाईं नेपालमा अटोमोबाइल, भ्यान वा ट्रक प्रयोग गर्ने सानो व्यवसायको मालिक हुनुहुन्छ, तेसो हो भने मोटर बीमा तपाईंको व्यवसायको लागि मूल्यवान साबित हुन सक्छ। मोटर बीमाले मर्मत, कुल हानि र क्षतिको लागि भुक्तान गर्दछ। तसर्थ, मोटर बीमाले वस्तुहरू ढुवानी गर्दा वा कामको लागि यात्रा गर्दा तपाईंले भने आफ्नो साधनको पाङ्ग्राको चिन्ता लिएर बसिराख्नु नपर्ने कुरा सुनिश्चित गर्दछ।

कृषि र पशुधन बीमा

कृषि बीमाले किसानको लगानीलाई सुरक्षित गर्न र कीरा, रोग, असिना र आँधी लगायत प्राकृतिक कारणबाट हुने सम्भावित बाली नोक्सानलाई रोक्न कभरेज प्रदान गर्दछ। त्यसैगरी, पशुधन बीमाले विभिन्न रोग वा दुर्घटनाका कारण पशुधनको मृत्यु वा पशुधन गुमाउने सम्भावनालाई रोकि व्यावसायिक वा व्यक्तिगत रुपमा गरिएको किसानको लगानीलाई सुरक्षित गर्छ ।

कृषि बीमालाई बाली बीमा पनि भनिन्छ। यस्ले कृषि उद्योगमा प्रवेश गरेका एमएसएमईहरूलाई एक सुरक्षा जाल प्रदान गर्दछ र तिनीहरूलाई अप्रत्याशित परिस्थितिहरूबाट फर्किन र वित्तीय स्थिरता कायम राख्न सक्षम बनाउँछ।

व्यापार अवरोध बीमा

यदि तपाईं सटीक वित्तीय रेकर्डहरू कायम राख्नुहुन्छ र उद्योगका उत्कृष्ट अभ्यासहरू पालना गर्नुहुन्छ भने पनि केही अप्रत्याशित परिस्थितिहरूले तपाईंको व्यवसायमा विनाशकारी वित्तीय प्रभाव पार्न सक्छन्।

यदि तपाईंले यस्ता अप्रत्याशित परिस्थितिहरूको कारणले आफ्नो व्यवसाय बन्द गर्नु परेको अवस्थामा, व्यवसाय अवरोध बीमाले तपाईंको कम्पनीको वित्तीय सुरक्षा गर्न मद्दत गर्न सक्छ।

उदाहरणका लागि, यदि भूकम्पले तपाईंको व्यापार कार्यस्थलमा क्षति पुर्‍याउँछ भने, तपाईं मर्मत नभएसम्म व्यापार बन्द गर्न बाध्य हुनुहुन्छ। व्यापार अवरोध बीमाले त्यस अवस्थामा मद्दत गर्न सक्छ। यो बीमाले तपाईंका गतिविधिहरूमा लागेको अवरोधहरू कभर गर्दछ र आम्दानी हानि, चलिरहेको लागत र थप खर्चहरूको लागि समेत भुक्तान गर्दछ।

यस्तो व्यापार अवरोध बीमाको सहयोग ले तपाईं आफ्नो खुट्टामा फेरि सहजै उभिन सक्नुहुन्छ !

प्रोफेसनल इन्डेमनिटि/व्यवसाय सुरक्षा बीमा

प्रोफेसनल इन्डेमनिटि बीमा एक ढाल जस्तै हो जसले तपाईंलाई व्यावसायिक गल्ती वा लापरवाहीको आर्थिक परिणामहरूबाट जोगाउँछ। यस बीमाको मुख्य उद्देश्य सेवामा आधारित व्यवसायहरूको संरक्षण गर्नु हो।

मानौं कि तपाइँ एक सल्लाहकारको रूपमा काम गर्नुहुन्छ र तपाईंको एक ग्राहकले तपाईंलाई तपाईंले नराम्रो सल्लाह दिनुभएको कारण पैसा गुमाएको दाबी गर्दछ। व्यवसाय सुरक्षा बीमा बिना, तपाईं आफ्नै गोजिको पैसाबाट अदालत शुल्क, आर्थिक सेटलमेन्ट र नोक्सान तिर्न बाध्य हुनुहुनेछ।

यसबाहेक, यो बिमाले तपाईंको व्यवसायलाई घाटाबाट मात्र बचाउँदैन तपाईंको ब्रान्ड प्रतिष्ठालाई पनि जोगाउँछ। आधारहीन दावी वा आरोपले राम्रोसँग स्थापित भएको तपाईंको व्यावसायिक प्रतिष्ठालाई हानि पुऱ्याउन सक्छ। यस बीमा कभरेजको साथमा, तपाईंसँग समस्या समाधान गर्ने र तपाईंको ब्रान्ड नामको सुरक्षा गर्ने स्रोतहरू भएकाले तपाईं तेस्ता दावीहरूको निश्चिन्तताका साथ साथ जवाफ दिन सक्नुहुन्छ।

यसको बारेमा यहाँ पढ्नुहोस्।

तपाईं एकचोटि बिभिन्न प्रकारका व्यवसाय बीमा बारे सचेत हुनुभएपछि आफ्नो व्यवसायको लागि उपयुक्त हुने बीमा एजेन्सी छानेर सजिलै सहयोग लिन सक्नुहुन्छ। कुन विशेष योजनाले कस्तो कभरेज प्रदान गर्दछ र तिनीहरूको प्रिमियम दरहरू बुझ्न नबिर्सनु होला।

त्यसोभए तपाईं केको लागि पर्खिरहनु भएको छ त? तुरुन्तै एक बीमा एजेन्टलाई डायल गर्नुहोस् र आफ्नो व्यवसाय सुरक्षित गर्ने तरिकाहरू बारे थप जानकारी प्राप्त गर्नुहोस्।