पर्वतको जहरे पोल्ट्री तथा कृषि फार्म

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।   वर्ष २८, आई.ए. सम्मको अध्ययन गरेका गंगटे, पकुवा, कुष्मा-१४, पर्वतका गणेश पौडेल वि.सं. २०६९ पुस १३ गते देखि वि.सं. २०७१ फागुन २८ गते सम्म कामदारको रुपमा कतार गएको थिए । कुखुरा पालन व्यवसायमा लागेका पौडेलले आफ्नो ऋण तिर्नको लागि विदेशिनु परेको थियो […]

Photo by Egor Myznik on Unsplash

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

वर्ष २८, आई.ए. सम्मको अध्ययन गरेका गंगटे, पकुवा, कुष्मा-१४, पर्वतका गणेश पौडेल वि.सं. २०६९ पुस १३ गते देखि वि.सं. २०७१ फागुन २८ गते सम्म कामदारको रुपमा कतार गएको थिए । कुखुरा पालन व्यवसायमा लागेका पौडेलले आफ्नो ऋण तिर्नको लागि विदेशिनु परेको थियो ।

उनले तरकारी, १८ महिने भेटेरिनरी जे.टि.ए. तालिम, कुखुरा पालन तालिम तथा बेमौसमी तरकारी खेती तालिम लिएका छन् जस अनुरुप आफ्नै ८ रोपनी जग्गामा जहरे पोल्ट्री तथा कृषि फार्म संचालन गरिरहेका छन् ।

वि.सं. २०६८ भदौ २९ गते दर्ता गरि शुरु गरिएको उक्त फार्ममा हाल उनले कुखुरा पालनसँगसँगै गोलभेडा, काक्रा, करेला, लहरेवाली, खुर्सानी तथा भान्टा खेती गरिरहेका छन् । आफ्नो कृषि उपजले कुष्मामै बजार पाईरहको तर धेरैले खेती शुरु गरेकोले बजार अन्यत्र खोज्नु पर्ने अवस्था आउन सक्ने पनि उनी बताउँछन् ।

उनले जिल्ला लघु उद्यमी संघमा सामाजिक परिचालकको रुपमा कार्यरत हुँदा कुखुरा पालन व्यवसाय शुरु गरेका थिए । परिस्थितिले विदेशिनु परेको र नेपालमा छँदा ११०० रियालको सम्झौता गरेर गए पनि त्यहाँ पुगेपछि ६०० रियाल मात्र दिदा निकै पिडा भयो र परिवार धान्न पनि गार्हो भयो उनलाई जसकारण पछि नेपालमै आएर केहि गरौँ भन्ने भावन झन तिब्र बन्दै गयो ।

टनेलमा टप भेन्टिलेशन र साईड नेट भएको प्राङ्गारिक खेती गर्नको लागि हाल उनी सँग ६×२० वर्ग मिटरको ४ वटा, तथा ६×१० वर्ग मिटरको साना संरचनाहरु छन् । हाल उनले गोलभेडा, काक्रो तथा सिमी बोडी लगाईरहेका छन् । यी साना नमुना मोडेल फार्महरुको स्थापना गर्नको लागि ९.७ लाखको कार्य गर्नु पर्ने जसको लागि ५०% सरकारी अनुदान पाउने व्यवस्था रहेको छ । यूवा स्वरोजगार कार्यक्रमबाट गत साल उनले रु.४०,००० को अनुदान पनि पाएका थिए। उनि भन्छन्, रु.३,७५० को लगानीबाट सुरुवात गरेको व्यवसाय हाल आएर रु. ३५ लाखको भईसकेको छ ।

यस व्यवसायमा उनको परिवार साथै आवश्यकता अनुसार ३ जना सिजनल कामदारले पनि रोजगारी पाईरहेका छन्। निकट भविष्यमै बाली बीमा पनि गर्ने योजना बनाएका पौडेल भन्छन्, हाल सबै खर्च कटाएर वार्षिक रु. ६ लाखको नाफा हुने गरेको छ ।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०७