‘नेपाल इन बिजिनेस’ को मिल्दो योगदानमा आधारित अनुदान लगानीको घोषणा

छनौट गरिएका उद्यमहरूले १००,००० बेलायती पाउण्ड सम्मको मिल्दो योगदानमा आधारित लगानी प्राप्त गर्न सक्नेछन्।

संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय बिकास (युके इन्टरनेशनल डेभलपमेन्ट) अन्तर्गतको पहलमा ‘नेपाल इन बिजनेस’ (एनआईबी) पहलले मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा रहेका लघु, साना तथा तथा मझौला उद्यमहरूलाई मिल्दो योगदानमा आधारित अनुदान योजनाकोलागि आवेदनहरू आमन्त्रित गरेको छ।

यस पहलले सक्षम उद्यमहरूलाई १००,००० बेलायती पाउण्डसम्मको अनुदान प्रदान गर्नेछ भने चयन गरिएका उद्यमहरूले पनि मिल्दो योगदान लगानी गर्नु पर्नेछ। यो पहल प्रमुख औद्योगिक क्षेत्रहरूमा संलग्न उद्यमहरूमा केन्द्रित छ, जस्तै:

  • कृषि-प्रशोधन [औषधीय तथा सुगन्धित बोटबिरुवाहरू (MAPs), आवश्यक तेल, मसला, आदि]
  • हल्का उत्पादन (प्राकृतिक फाइबर)
  • सूचना प्रविधि (आईटी उत्पादन र सेवा)
  • पर्यटन (कल्याण र आध्यात्मिक पर्यटन)

 

यसबाहेक, कोष पहल मुख्यतया मधेश, कर्णाली र लुम्बिनी प्रदेशको धनगढी-अतरिया, पोखरा-भैरहवा र इटहरी-विराटनगर जस्ता औद्योगिक करिडोरहरूमा रहेका उद्यमहरूमा केन्द्रित हुनेछ।

एनआईबी कार्यक्रमले योग्यताको लागि निम्न मापदण्डहरू तोकेको छ:

  • आधिकारिक रूपमा दर्ता भएका ५०-२५० कर्मचारीहरू रोजगारी (विकास क्षमता भएका साना उद्यमहरू लगायत )
  • इजाजतपत्र प्राप्त लेखा परीक्षकबाट कम्तिमा २ वर्षको लेखा परीक्षण गरिएको खाता
  • कर स्वीकृति, इजाजतपत्र नवीकरण, कहिल्यै कालोसूचीमा नपरेको र अन्य कानुनी आवश्यकताहरू पुरा गरेको
  • व्यापार लक्ष्यहरू सामाजिक विकास, रोजगारी सिर्जना र दिगोपनसँग जोडिएको हुनुपर्छ।

 

मापदण्ड पूरा गर्ने उद्यमहरूले ४ जेष्ठ २०८२ सम्म आवेदन पेश गर्न सक्छन्।

यो कार्यक्रम डीएआई ग्लोबल युकेले संचालन गर्दै छ र यसको उद्देश्य नेपालका रोजगारीमूलक उद्यमहरुलाई अवसरहरूलाई आवश्यक पूँजी, ज्ञान र संजालसँग पहुँचमा टेवा दिनु रहेको छ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी