आर्थिक वर्ष २०७९/८० मा नेपाललाई कफी निर्यातबाट हुने आम्दानीमा केहि बृद्धि भई कुल आम्दानि रु १३ करोड ४४ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु १ करोड ३३ लाखले (११.४०%) अधिक हो। नेपालले गत आर्थिक वर्ष ७७.८६ टन कफी निर्यात गरेको थियो। अर्कोतर्फ भने कफी आयात १५५% ले बढेर रु १२ करोड ७५ लाख ९० हजार रुपैयाँबाट ३२ करोड ५८ लाख ६० हजार पुगेको छ । नेपालले गत आर्थिक वर्ष ४५०.२९ टन कफी आयात गरेको थियो । कफीको आयात र निर्यातको यो परिदृश्यलाई क्रमशः आन्तरिक मागमा भएको भारि वृद्धि र घरेलु उत्पादनको मात्रामा भएको थोरै वृद्धिका परिणामका रुपमा बुझ्न सकिन्छ।
कफी-आधारित उद्यममा रहेको अवसरहरूको बारेमा यहाँ पढ्नुहोस् |
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार उच्च गुणस्तर र सुगन्धका कारण आयातित कफी भन्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी दुई देखि तीन गुणा बढी मुल्यमा प्रति किलो १६ अमेरिकी डलरमा बिक्री हुने गरेको छ। नेपाल व्यापार एकीकरण रणनीति २०२३ ले कफीलाई निर्यातजन्य वस्तुको सूचीमा राखेको छ। यो रणनीति यसै वर्ष कार्यान्वयनमा आएको हो। यस रणनीतिले युवा पुस्तालाई कफी खेतीतर्फ आकर्षित गर्नुका साथै उत्पादन बढाउन र नेपाली कफीको बढ्दो विश्वव्यापी मागलाई पूरा गर्न कफीको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ। यसैदौरन, नोभेम्बर २४ बाट लागू हुने गरी बोर्डले ताजा चेरी कफी, पार्चमेन्ट कफी र सुकाईएको चेरी कफी बीन्सको न्यूनतम समर्थन मूल्य (कृषकहरूका लागि सरकारले तोकेको न्युनतम मूल्य) निम्नानुसार परिमार्जन गरेको छ:
कफी |
ग्रेड |
नयाँ मूल्यदर प्रति केजी (रू मा) |
पुरानो मूल्यदर प्रति केजी (रू मा) |
ताजा चेरी कफी |
ए
|
१००
|
९५
|
बि
|
९०
|
८५
|
|
पार्चमेन्ट कफी |
ए
|
५००
|
४७५
|
बि
|
४५०
|
४२०
|
|
ड्राई चेरी कफी |
ए
|
२००
|
१७०
|
बि
|
१५०
|
११५
|