खाद्य ऐन, २०२३

के तपाईँ खाद्य व्यवसायमा हुनुहुन्छ ? यदि तपाइँ खाद्य पदार्थ उत्पादन, बिक्रि, वितरण, निर्यात, वा आयात गर्नुहुन्छ भने खाद्य ऐनले तपाईँको भूमिका नियमन गर्दछ।   खाद्य पदार्थ भन्नाले के बुझिन्छ ? खाद्य पदार्थ भन्नाले मानिसले खाने पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थलाई बुझिन्छ। यसले खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसला, […]

के तपाईँ खाद्य व्यवसायमा हुनुहुन्छ ?

यदि तपाइँ खाद्य पदार्थ उत्पादन, बिक्रि, वितरण, निर्यात, वा आयात गर्नुहुन्छ भने खाद्य ऐनले तपाईँको भूमिका नियमन गर्दछ।

 

खाद्य पदार्थ भन्नाले के बुझिन्छ ?

खाद्य पदार्थ भन्नाले मानिसले खाने पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थलाई बुझिन्छ। यसले खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसला, खाद्य योगशील (फूड एडिटिभ) रंग वा सुगन्ध समेतलाई जनाउँछ।

 

यस ऐनको उद्येश्य

यस ऐनको उद्येश्य देहाय बमोजिमका कुरा नियमन र नियन्त्रण गर्न हुनेछ। 

  • गुणस्तर,
  • उत्पादन,
  • प्रशोधन,
  • भण्डारण र खाद्य उत्पादनको वितरण

 

खाद्य व्यवसायी सचेत हुन आवश्यक क्षेत्रहरु

  • यो ऐन जनतालाई सुरक्षित र स्वस्थकर खाद्यान्नको उपलब्धता सुनिश्चित गर्न र उपभोक्तालाई पिसावाट वा गुणस्तरहीन खाद्य पदार्थबाट जोगाउन लागु भएको हो।
  • यसले सरकारलाई खाद्य सुरक्षा व्यवस्था, लेबलिङ र प्याकेजिङ्गका लागि मापदण्ड र दिशानिर्देशहरु स्थापना गर्ने अधिकार प्रदान गर्दछ। साथै यसले इजाजतपत्र, निरीक्षण सम्बन्धी व्यवस्था र गैर-अनुपालको लागि दण्ड सजायहरु निर्धारण गर्दछ।

 

ध्यान दिनैपर्ने कुराहरु

  • इजाजतपत्र:  यदि तपाईँ खाद्य पदार्थहरु उत्पादन, बिक्रि, वितरण, भण्डारण वा प्रशोधन गर्न चाहनुहुन्छ भने आवश्यकता अनुसार इजाजतपत्र लिएको हुनुपर्छ। इजाजतपत्र व्यावसायको प्रकृति र मापनमा निर्भर हुन्छ।
  • सुरक्षा मापदण्डहरु:  मिसावट र कम गुणस्तरको लाद्य पदार्थहरु बिक्रि गर्न यस ऐनले निषेधित गरेको छ।
  • इमान्दारीता: कसैले पनि भ्रामक जानकारी प्रयोग गरी खाद्य पदार्थहरु बिक्रि वितरण गर्न हुँदैन, जस्तै नभएको गुणस्तर दावि गर्ने र झुट्ठा सामान देखाई अर्को सामान विक्रि गर्ने।
  • निरीक्षण: खाद्य निरीक्षकले व्यवसायको परिसर, भण्डारण सुविधा, उत्पादन प्रकृया र गुणस्तर नियन्त्रण उपायहरुका विषयमा निरीक्षण गर्न सक्छ।
  • दायित्व र दण्ड: ऐन बमोजिम तोकिएको विषयको अनुपालनमा जरिवाना आकर्षित हुन्छ र उल्लङ्घनको प्रकृति र गम्रभीरताको आधारमा व्यवसायीलाई उत्तरदायी ठहर्याइन्छ। संस्थाको हकमा प्रमुख कार्यकारी अधिकृतलाई उत्तरदायी ठहर्याइन्छ भने फर्मको हकमा सो दायित्व एकल व्यवसायी वा साझेदारको रहन्छ।