कफी उद्योगमा सम्भावना

बढ्दो कफी आयातले कफी खपत प्रचलनमा छ, र यसले बलियो घरेलु बजार राख्छ भन्ने पुष्टि गर्छ।
स्थानीय किसानहरूबाट संकलन गरिएको कफी चेरी सुकाईंदै | तस्बिर: लुम्ले कफी इस्टेट

चिटिक्क परेका स्वतन्त्र क्याफेहरू। तिनीहरूको परिसरमा रोस्टरहरू र खुला पुस्तकालयहरू। लोभलाग्दा सजावटका साथ फैंसी क्याफेहरू देखि साना क्याफेहरु। साझा कार्यस्थानहरू। साना र ठूला डिजिटल फर्महरू देखि लिएर परम्परागत व्यवसायहरू।

कफी आज नेपालका सहरहरूमा जताततै पाईन्छ, र कफी पिउनेहरू आफ्नो मनपर्ने कपहरूका साथ घर र कार्यस्थल बाहिर भेला हुन्छन्, कफी संस्कृति र बानीलाई अघि बढाउँदै।

बढ्दो कफी आयातले कफी खपत प्रचलनमा रहेको, र यसले आशाजनक घरेलु बजार राखेको छ भन्ने पुष्टि गर्छ।

आर्थिक वर्ष २०२२/२३ मा नेपालमा ४४४.१ टन कफी आयात भएको थियो, जुन अघिल्लो आर्थिक वर्षको आयातको तुलनामा ५८.७ प्रतिशतको वृद्धि थियो। नेपाल चिया तथा कफी विकास बोर्ड (एन.टि.सि.बी.डि) का अनुसार राष्ट्रिय उत्पादनको ७० प्रतिशतभन्दा बढी स्वदेशी बजार खपत हुने गरेको छ।

यसको माग ४४ जिल्लामा विस्तार भएको ३१ हजार ३ सय ४० साना किसानहरुको खेतीबाट पूरा हुन्छ। तीमध्ये काभ्रेपलाञ्चोक, गुल्मी, नुवाकोट, सिन्धुपाल्चोक, कास्की, पाल्पा, इलाम, ललितपुर, स्याङ्जा र पर्वत आर्थिक वर्ष २०२०/२१ को राष्ट्रिय उत्पादनमा झण्डै दुई-तिहाई योगदान पुर्याएका प्रमुख दश उत्पादक थिए।

त्येसैगरी अन्य जिल्लाहरुको उत्पादन क्षमता विस्तार गरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पीएमएएमपी) अन्तर्गत अर्घाखाँची, गुल्मी, स्याङ्गा, पाल्पा र प्यूठानलाई ‘कफी सुपरजोन’ मा सूचीकृत गरिएको छ।

यसैबीच, स्वदेशी र विदेशी बजारमा नेपाली हाईल्याण्ड कफी बीन्स सेवा गर्ने सोच स्थापित र नयाँ उद्यमीहरूबाट राम्रो प्रतिक्रिया पाएको छ। यसले गर्दा नेपाली कफी ब्रान्ड, क्याफे र आपूर्तिकर्ताहरूमा वृद्धि भएको छ।

कफीका लागि नेपाल क्षेत्र निर्यात रणनीतिका (२०१७) अनुसार उत्तरी अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व र पूर्वी एसियाका स्पेसलटि व्यापारी र रोस्टरहरूमा नेपाली स्पेसलटि कफीको बढ्दो आकर्षण छ।

आर्थिक वर्ष २०२०/२१ मा जर्मनी, जापान, स्विट्जरल्याण्ड, नेदरल्याण्ड र अष्ट्रेलिया नेपालको कफीको प्रमुख निर्यात बजार थिए – जसले कुल कफी निर्यात आम्दानीको करिब ९० प्रतिशत योगदान पुर्याएका थिए।

 


 

यो the_farsight मा प्रकाशित “नेपालको कफी अर्थतन्त्र” लेखको अंश हो। यसमा हामीले आर्थिक वर्ष २०२१/२२ सम्मको आयात–निर्यातको तथ्यांक अपडेट गरेका छौं ।