सञ्चालन — परिचय

सञ्चालन भनेको तपाईँको व्यवसायको भित्री कार्यहरू प्रबन्ध गर्ने काम हो त्यसैले यो सकेसम्म कुशलतापूर्वक चल्ने गर्नुपर्दछ। चाहे तपाईँ उत्पादन गर्नुहोस्, उत्पादन बेच्नुहोस् वा सेवाहरू प्रदान गर्नुहोस्, प्रत्येक साना व्यवसायका मालिकले पर्दा पछाडि हुने हरेक कामको डिजाइन, सञ्चालन तथा व्यवस्थापनको निरीक्षण गर्नुपर्छ। एउटा सानो व्यवसायमा, तपाईँ एकल व्यक्तिलाई व्यवसायको सञ्चालन गर्ने भूमिकामा समर्पित गर्न चाहनुहुन्न। बरु, […]

सञ्चालन भनेको तपाईँको व्यवसायको भित्री कार्यहरू प्रबन्ध गर्ने काम हो त्यसैले यो सकेसम्म कुशलतापूर्वक चल्ने गर्नुपर्दछ। चाहे तपाईँ उत्पादन गर्नुहोस्, उत्पादन बेच्नुहोस् वा सेवाहरू प्रदान गर्नुहोस्, प्रत्येक साना व्यवसायका मालिकले पर्दा पछाडि हुने हरेक कामको डिजाइन, सञ्चालन तथा व्यवस्थापनको निरीक्षण गर्नुपर्छ। एउटा सानो व्यवसायमा, तपाईँ एकल व्यक्तिलाई व्यवसायको सञ्चालन गर्ने भूमिकामा समर्पित गर्न चाहनुहुन्न। बरु, कर्मचारी र मालिक दुवैले कसरी व्यवसायले काम गर्छ र कसरी विभिन्न प्रक्रियाहरूले दैनिक कार्यहरूमा प्रभाव पार्ने गर्दछन् भनेर बुझ्नुपर्ने हुन्छ।

सञ्चालन व्यवस्थापन भनेको कुनै संस्थामा दक्षता अभिवृद्धिका लागि प्रशासनसँग सम्बन्धित व्यवसायको एक क्षेत्र हो। यसमा आय र लागत सन्तुलन गर्न र उच्चतम् सम्भावित सञ्चालन नाफा प्राप्त गर्नका लागि संस्थाको प्रक्रियाहरूको योजना बनाउने, व्यवस्थित गर्ने र निरीक्षण गर्ने कुराहरु समावेश छन्। प्रभावकारी सञ्चालन व्यवस्थापनले सफलतापूर्वक वस्तु, श्रम, र टेक्नोलोजी जस्ता कुराहरूलाई प्रभावकारी रूपमा उपलब्धिमा रूपान्तरण गर्ने कुराको सुनिश्चितता गर्दछ ।

 

सञ्चालन व्यवस्थापनको स्तर

सञ्चालन व्यवस्थापनले मुख्यत: तीन तहहरू समावेश गर्दछ: रणनीतिक, योजनाबद्ध, र परिचालन। रणनीतिक स्तरले कम्पनीको लक्ष्यहरू परिभाषित गर्दछ, र योजनाबद्ध स्तरले त्यो रणनीतिलाई लागू गर्ने योजनालाई रूपरेखा दिन्छ र परिचालन स्तरले इच्छाइएको नतिजा हासिल गर्न आवश्यक दैनिक कार्यहरू समावेश गर्दछ।

 

सञ्चालन व्यवस्थापनमा जिम्मेवारीहरू

सञ्चालन व्यवस्थापनमा केही मुख्य कार्य र जिम्मेवारीहरू समावेश छन् र ती निम्नानुसार रहेका छन् :

उत्पादन डिजाइन/बनावट

उत्पादन डिजाइनले उत्पादनको सिर्जना वा निर्माणलाई समावेश गर्दछ जुन पछिल्ला उपभोक्ताहरुलाई बेचिनेछ। यसले नयाँ विचारहरू उत्पन्न गर्ने वा वर्तमान विचारहरूमा विस्तार गर्ने प्रक्रियामा ध्यान दिने गर्दछ जसले नयाँ उत्पादनहरूको उत्पादनमा नेतृत्व गर्दछ। सञ्चालन प्रबन्धकको जिम्मेवारी भनेको उपभोक्ताहरूलाई बेचेका उत्पादनहरूले उनीहरूको आवश्यकताहरू पूरा गर्ने सुनिश्चित गर्नु हो, साथै यो हालको बजार प्रवृत्तिसँग मेल खाने गर्दछ। उपभोक्ताहरू मात्रामा भन्दा पनि उत्पादनको गुणस्तरमा बढी चासो राख्दछन्, र संस्थाले उत्पादन गरेका वस्तुहरूले उपभोक्ताको आवश्यकताहरू पूरा गर्ने कुराको सुनिश्चित गर्ने प्रणालीहरू सिर्जना गर्नुपर्दछ।

 

पूर्वानुमान

पूर्वानुमान भनेको विगतका तथ्याङ्कको आधारमा भविष्यमा हुने घटनाहरूको भविष्यवाणी गर्नु हो । सञ्चालन व्यवस्थापकले भविष्यवाणी गर्न आवश्यक पर्ने घटनाहरू मध्ये एक भनेको कम्पनीद्धारा उत्पादित वस्तुहरुको लागि उपभोक्ता माग हो। व्यवस्थापकले उपभोगमा हुने भविष्यका प्रवृतिहरू निर्धारण गर्नका लागि कम्पनीका उत्पादनहरूको स्वीकार्यतामा विगत र वर्तमानका डेटामा विश्वास गर्दछ। पूर्वानुमानले कम्पनीलाई बजारको माग पूरा गर्न आवश्यक उत्पादनहरूको मात्रा थाहा पाउन मद्दत गर्दछ।

 

आपूर्ति श्रृङ्खला व्यवस्थापन

आपूर्ति श्रृंखला व्यवस्थापनमा कच्चा मालबाट तयार गरिएका उत्पादनमा त्यसको प्रक्रियाको व्यवस्थापन समावेश भएको हुन्छ। यसले उत्पादन, ढुवानी, वितरण, उत्पादनहरूको वितरणसमेत सबै कुराहरुलाई नियन्त्रण गर्दछ। सञ्चालन व्यवस्थापकले उचित मूल्यमा आवश्यक वस्तुहरूको आपूर्ति गर्न तथ्यांक व्यवस्थापन, उत्पादन प्रक्रिया, वितरण, बिक्री, र आपूर्तिकर्ताहरूको स्रोतको नियन्त्रण कायम गरेर आपूर्ति श्रृंखला प्रक्रियाको व्यवस्थापन गर्दछ। एक व्यवस्थित आपूर्ति श्रृंखला प्रक्रियाले कुशल उत्पादन प्रक्रिया, कम सञ्चालन लागत, र उपभोक्ताहरुलाई उत्पादनहरुको समयमा वितरण जस्ता कुराको परिणाम दिनेछ।

 

वितरण व्यवस्थापन

सञ्चालन व्यवस्थापक वितरण व्यवस्थापनको जिम्मेवारीमा रहेका हुन्छन्। उपभोक्तालाई समयमै सामानहरु वितरण गरिएको छ भनी व्यवस्थापकले सुनिश्चित गर्दछ । वितरण गरिएका सामानहरू उपभोक्ताहरूले अर्डर गरे अनुसारका हुन् र ति सामानहरुले उपभोक्ताहरुको आवश्यकता पूरा गर्छन् भनी सुनिश्चित गर्न व्यवस्थापकले उपभोक्ताहरूसँग अनुगमन गर्नुपर्छ। यदि ग्राहक उत्पादनसँग असन्तुष्ट छ वा उत्पादनका केही सुविधाहरूको बारेमा गुनासो गर्दैछ भने, सञ्चालन व्यवस्थापकले यस्ता प्रतिक्रियाहरु प्राप्त गर्दछ र यसलाई सम्बन्धित विभागहरूमा पठाउने कार्य गर्दछ।