वित्त — परिचय

वित्त एक व्यापक शब्द हो जसले बैँकिङ, लिभरेज वा ऋण, पूँजी बजार, पैसा, र लगानीसँग सम्बन्धित गतिविधिहरू वर्णन गर्दछ। विशेष गरेर वित्तले पैसाको व्यवस्थापन र आवश्यक कोषहरु प्राप्त गर्ने प्रक्रियालाई प्रतिनिधित्व गर्दछ। त्यसैगरी यसले वित्तीय प्रणालीहरू निर्माण गर्ने पैसा, बैँकिङ, ऋण, लगानी, सम्पत्ति र दायित्वहरूको निरीक्षण, सिर्जना र अध्ययनलाई पनि समेट्ने गर्दछ। वित्तका प्रकारहरू वित्तलाई […]

वित्त एक व्यापक शब्द हो जसले बैँकिङ, लिभरेज वा ऋण, पूँजी बजार, पैसा, र लगानीसँग सम्बन्धित गतिविधिहरू वर्णन गर्दछ। विशेष गरेर वित्तले पैसाको व्यवस्थापन र आवश्यक कोषहरु प्राप्त गर्ने प्रक्रियालाई प्रतिनिधित्व गर्दछ। त्यसैगरी यसले वित्तीय प्रणालीहरू निर्माण गर्ने पैसा, बैँकिङ, ऋण, लगानी, सम्पत्ति र दायित्वहरूको निरीक्षण, सिर्जना र अध्ययनलाई पनि समेट्ने गर्दछ।

वित्तका प्रकारहरू

वित्तलाई मुख्य तीन प्रकारमा विभाजन गरिएको छ:

 

व्यक्तिगत वित्त

व्यक्तिगत वित्त कुनै व्यक्तिको आर्थिक स्थिति र गतिविधिको लागि विशिष्ट छ। त्यसकारण, सम्बन्धित वित्तीय रणनीतिहरू धेरै हदसम्म व्यक्तिको आय, जीवनयापन आवश्यकताहरू, लक्ष्यहरू र इच्छाहरूमा निर्भर हुन्छन्। वित्तीय योजनामा ​​वित्तीय सीमा भित्र रही भविष्यका आवश्यकताहरूका लागि रणनीतिहरू निर्माण गर्न व्यक्तिहरूको वर्तमान वित्तीय स्थितिको विश्लेषण समावेश रहेको हुन्छ । उदाहरणका लागि, व्यक्तिहरूले अवकाशको लागि बचत गर्नुपर्छ । यसको लागि उनीहरूको दीर्घकालीन योजनाको कोष निर्माण हेतु उनीहरूले आम्दानीको समयमा पर्याप्त पैसा बचत वा लगानी गर्न आवश्यक छ। यस प्रकारको वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय व्यक्तिगत वित्त अन्तर्गत पर्दछ।

व्यक्तिगत वित्तमा व्यक्तिहरूलाई प्रभाव पार्ने वित्तीय गतिविधिहरूको योजना, कार्यान्वयन र व्यवस्थापन जस्ता कुराहरु समावेश हुन्छन्। यी गतिविधिहरूमा आम्दानी, खर्च, बचत र लगानी तथा ऋण समावेश हुन सक्छ। व्यक्तिगत वित्तले क्रेडिट कार्ड, बीमा र विभिन्न प्रकारका लगानीहरू जस्ता वित्तीय उत्पादनहरू प्रयोग गर्ने वा खरिद गर्ने लगायतका गतिविधिहरूलाई समेट्ने गर्दछ।

बैँकिङलाई व्यक्तिगत वित्तको एक अंग पनि मानिन्छ किनभने व्यक्तिहरूले बैँकमा चालू र बचत खाताहरूका साथै अनलाइन वा मोबाइल भुक्तानी सेवाहरू प्रयोग गर्दछन्, जस्तै मोबाइल बैँकिङ, eSewa, Fonepay, आदी।

 

कर्पोरेट वित्त

कर्पोरेट वित्तले यसलाई चलाउन सम्बन्धित विभिन्न वित्तीय गतिविधिहरूलाई जनाउँछ। सामान्यतया ती वित्तीय गतिविधिहरूको निरीक्षण गर्नका लागि डिभिजन वा विभागहरु खडा गरिएका हुन्छन् । उदाहरणका लागि, कुनै ठूलो कम्पनीले ऋण वा स्टक प्रस्ताव (share offering) मार्फत कोष वृद्धि गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने हुन सक्छ।

संस्थापकहरूले स्वामित्वको प्रतिशतको बदलामा निजी लगानीकर्ताहरू (जस्तैकी एन्जल इन्वेस्टर (Angel Investor)) वा पूँजीपतिहरूबाट पूँजी प्राप्त गर्न सक्छन्। यदि कुनै कम्पनी फस्टाउँछ र सार्वजनिक रुपमा प्रस्तुत हुने निर्णय गर्छ भने, यसले लगानी उठाउन प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ (IPO)) मार्फत स्टक एक्सचेन्जमा शेयर जारी गर्नेछ। अन्य अवस्थामा, आफ्नो पूँजीलाई उचित र प्रभावकारी रूपमा बजेट गर्न, वृद्धी लक्ष्यहरू भएको कम्पनीले कुन परियोजनाहरूलाई वित्तपोषण गर्ने र कुनलाई नगर्ने भनेर निर्णय गर्नुपर्ने हुन सक्छ।

 

सार्वजनिक वित्त

सार्वजनिक वित्तमा कर, खर्च, बजेट, र ऋण जारी गर्ने नीतिहरू समावेश हुन्छन् । जसले सरकारले जनतालाई प्रदान गर्ने सेवाहरूको लागि कसरी भुक्तानी गर्छ भन्ने कुरालाई असर गर्छ। यो आर्थिक नीतिको एक भाग हो।

केन्द्र, प्रादेशिक र स्थानीय सरकारहरूले स्रोतको बाँडफाँड, आम्दानीको बाँडफाँड र आर्थिक स्थायित्वको निरीक्षण गरेर बजारलाई असफल (market failure) हुनबाट रोक्न मद्दत गर्छन्। नियमित कोष प्रायः कर संकलन मार्फत सुरक्षित गरिन्छ। बैँकहरू, बीमा कम्पनीहरू र अन्य राष्ट्रहरूबाट लिइने ऋणले पनि सरकारी खर्चलाई वित्तपोषण गर्न मद्दत गर्दछ।

दैनिक कार्यमा वित्तीय व्यवस्थापन गर्नुका साथै सरकारी निकायसँग सामाजिक र आर्थिक जिम्मेवारीहरू पनि हुन्छन्। सरकारले आफ्ना करदाता नागरिकहरुका लागि पर्याप्त सामाजिक कार्यक्रमहरू सुनिश्चित गर्ने अपेक्षा गरिएको हुन्छ। यसका लागि स्थिर अर्थतन्त्र कायम गर्नुपर्दछ ताकि मानिसहरूले बचत गर्न सकून् र उनीहरूको पैसा सुरक्षित हुनेछ भनी आश्वस्त हुन सकून्।

 

वित्तीय व्यवस्थापनको महत्व

निसन्देह, वित्त व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो। ठूलो कोषको साथ, दैनिक नगद प्रवाह र निरन्तर कारोबार गरी माथिका सबै आवश्यकताहरूको व्यवस्थापन र निगरानी आवश्यक छ। वास्तवमा, निर्णय गर्ने कुरामा वित्त व्यवस्थापन अत्यन्तै प्रभावकारी हुन्छ। उदाहरणका लागि, यदि संस्थासँग ठूलो कोष छ भने, एक भाग लगानी उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ र त्यस्तै यदि संस्थासँग थ्रेसहोल्ड (threshold) मूल्य भन्दा कम रकम छ भने अनावश्यक खर्च कम गर्न वा रोक्न महत्त्वपूर्ण हुन्छ।

संस्थालाई विशिष्ट हुनको लागि वित्तीय व्यवस्थापनले केमा खर्च गर्ने, कहाँ खर्च गर्ने र कहिले खर्च गर्ने भनेर निर्धारण गर्न मद्दत गर्दछ। यसले संस्थाको वित्तीय स्थितिका बारेमा राम्रो दृष्टिकोण बनाउन मद्दत गर्नुका साथै त्यसको वित्तीय प्रशोधनलाई थप रूपरेखा प्रदान गर्दछ।

वित्तीय व्यवस्थापन व्यवसायहरूको लागि महत्त्वपूर्ण हुनुका केही मुख्य कारणहरू निम्न छन्:

पैसाको उत्पादन

व्यापार सुरु गर्न पैसा चाहिन्छ। यो स्पष्ट छ कि पहिलो चरण बनाउन र आफ्नो व्यवसाय सुरु गर्नका लागि पूँजीको लगानी आवश्यक छ। यसबाहेक तपाईं व्यवसायको समयरेखामा अगाडी बढ्दै गर्दा, सामग्रीहरू प्राप्त गर्दा, व्यवसायिक व्यक्तिको भर्ती, मार्केटिङ र परीक्षण जस्ता प्रत्येक कदममा वित्तीय व्यवस्थापन आवश्यक हुनेछ।

 

सञ्चालन व्यवस्थापन

व्यवसायहरूले हरेक दिन ठूलो मात्रामा पैसा कमाउँछन्। यो पैसा बिल तिर्न, कोष प्रत्यायोजन गर्न, विविध कार्यहरूमा लगानी गर्न र सबैको अनुगमन गर्न प्रयोग गर्नुपर्दछ। तपाईंको संस्थाभित्र पैसाको प्रवाहलाइ प्रबन्ध र व्यवस्थापन गर्नु अत्यन्त महत्त्वपूर्ण छ। माथिका कुुराहरु असफल भएमा कुशलतापूर्वक र प्रभावकारी रूपमा कोष विनियोजन गर्न गाह्रो हुन्छ। पैसाको अनियमित प्रवाहले व्यवसायलाई बर्बाद बनाउन सक्छ भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ।

 

नगद प्रवाह व्यवस्थापन

कोष धेरै हुनु भनेको पनि कम हुनु जस्तै घातक हुन्छ। कुनै पनि संस्थाको लागि तिनीहरूको दैनिक कारोबार तथा नगद प्रवाहको व्यवस्थापन गर्न अनिवार्य हुन्छ। यदि तपाईंसँग ठूलो कोष छ र तपाईंले यसलाई आवश्यकता अनुसार प्रयोग गरिरहनुभएको छैन भने यसले स्रोतहरू खेर गइरहेको छ भन्ने कुरा जनाउँछ। अतिरिक्त नगद भएको उद्यमको लागि स्रोतहरूलाई प्रयोग गर्दा र महत्त्वपूर्ण विषयमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुन्छ र तिनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत गर्दछ।

 

कोषको रणनीति बनाउनु

वास्तवमा तपाईँ कोषको बाँडफाँड गर्न चाहनुहुन्छ र यसलाई खर्चहरूको रेखांकनमा प्रयोग गर्नुहुन्छ भने यसलाई नियमित गर्नुहोस्। यद्यपि, उचित योजना बिना कुनै पनि नगद खर्च गर्नु बुद्धिमानी होइन। तपाईंले खर्चको हिसाबकिताब राख्न आवश्यक छ, यसको आवृत्ति निगरानी गर्ने र त्यसपछि कसरी र कति खर्च गर्ने भनी निर्णय गर्नुहोस्। कहिलेकाहीँ यो अतिरिक्त लागत कटौती र खर्च कम गर्न महत्त्वपूर्ण हुन्छ, र यो तब मात्र गर्न सकिन्छ जब तपाईँ आफ्नो वित्तीय कुराहरुको प्रभावकारी रूपमा व्यवस्थापन गर्नुहुन्छ। यो भनिएको छ कि कम्पनीहरुसँग मौद्रिक संकटको अवस्था सामना गर्न पर्याप्त कोष हुनुपर्दछ।

 

दीर्घकालीन लक्ष्यहरूको रूपरेखा

संस्थाहरूले आफ्नो व्यवसाय बढाउने योजनासहित मापन गरेर काम गर्ने गर्दछन्। त्यसो गर्नको लागि भविष्यका लक्ष्यहरू हुनु महत्त्वपूर्ण छ जुन लक्ष्यहरुलाई संस्थाले पाँच वा दश वर्षको अवधिमा पूरा गर्ने लक्ष्य राखेको छ। वित्तीय व्यवस्थापनले संस्थालाई अचुक रुपमा आफ्नो लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ। तपाईंले आफ्नो संस्थालाई तीनवटा नयाँ शहरहरूमा विस्तार गर्ने योजना बनाउनुभएको छ भनी कल्पना गर्नुहोस् र वास्तवमा योजना कार्यान्वयन गर्दा तपाईंसँग पैसा सकियो रे। जसले गर्दा तपाईँको व्यवसाय सफल हुन सकेन तर यदि तपाईंले आफ्नो संस्थाको वित्त व्यवस्थापन गरी कार्यान्वयन गर्नुभएको भए यस्तो हुने थिएन। पूर्व योजना बनाई संस्थामा उपलब्ध नगदको प्रयोग गरी काम गर्नाले तपाईँलाई आफ्ना लक्ष्यहरु प्राप्त गर्न र भविष्यका सम्भावित संकटहरुलाई हटाउन मद्दत गर्दछ।

 

आर्थिक मन्दीलाई व्यवस्थित गर्न

यदि तपाईंले कुनै पनि संस्थाको वृद्धी नक्सा (ग्राफ (graph)) हेर्नुभयो भने कहिल्यै पनि सीधा उठेको वा कुनै झुकाव बिनाको फेला पार्नुहुनेछैन । व्यापारिक संस्थाको व्यापार चक्र (business cycle) भनेको उच्च र निम्न अवस्थाहरुको मिश्रण हो जुन पक्कै पनि विभिन्न कारणले हुन सक्छ। आर्थिक मन्दी, सफलता वा असफलता सबै व्यापारको पतन सँग जोडिएको हुन्छ। पर्याप्त वित्त र महत्वपूर्ण वित्तीय व्यवस्थापनले संस्थाको व्यापार चक्रलाई हिड्न सजिलो हुन्छ। परिस्थिति जतिसुकै नराम्रो किन नहोस्, संस्थाहरु बन्द हुने डरमा नपरिकन समस्याको सामना गर्न र परिणाम भोग्न सधैँ तयार हुन्छन् । अचुक वित्तीय व्यवस्थापन योजनाहरूले संस्थालाई प्रतिकूल आर्थिक अवस्थामा फस्टाउन समेत मद्दत गर्दछ।